काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार सूचीमा कम्तिमा ५० प्रतिशत महिला अनिवार्य रूपमा समावेश गर्नुपर्ने कानुनी प्रावधान कार्यान्वयनमा आउने भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ अनुसार राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची तयार गर्दा कूल संख्याको आधाभन्दा कम महिला मनोनयन गर्न नपाइने व्यवस्था छ। संविधानले अंगीकार गरेको समानुपातिक तथा समावेशी सिद्धान्तलाई अझ स्पष्ट रूपमा लागू गर्न यो प्रावधान जोडिएको हो।
यसअघि पहिलो संविधान सभाका पूर्वसदस्यहरू– रेणु चन्द, बिन्दा पाण्डे, अमृता थापामगर र सुनीलबाबु पन्तलगायतको टोलीले निर्वाचन आयोगसँग भेट गर्दै समानुपातिक सूचीमा ५० प्रतिशत महिलाको सुनिश्चितताका लागि पहल गर्न आग्रह गरेका थिए।
मंसिर २१ देखि सुरु हुँदै समानुपातिकतर्फको निर्वाचन कार्यक्रम
समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्नेछन्। आयोगले मंसिर २६ गतेसम्म निवेदन स्वीकृत गर्नेछ।
उम्मेदवारको बन्दसूची तयार गर्दा— समग्र जनसंख्याको आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम लगायतको प्रतिनिधित्व अनिवार्य, भौगोलिक तथा प्रादेशिक सन्तुलन कायम, पछाडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको सहभागिता सुनिश्चित, प्रत्येक समावेशी कोटाका उम्मेदवार स्पष्ट रूपमा छुट्टिने गरी सूची तयार गर्ने जस्ता प्रावधान कानुनले तोकिएको छ।
दलहरूले तयार पारेको बन्दसूची पुस १३ र १४ गते निर्वाचन आयोगमा बुझाउनु पर्नेछ। सूची बुझाइएसँगै मनोनयन मानिनेछ।
यदि बन्दसूची कानुनअनुसार तयार नभएको भेटिएमा आयोगले सात दिनभित्र सच्याउन निर्देशन दिन सक्छ। उम्मेदवारको मृत्युजस्ता विशेष अवस्थामा संबंधित समावेशी वर्गमै नयाँ उम्मेदवार प्रतिस्थापन गर्नुपर्नेछ।
दाबी–विरोध र सूची प्रकाशन
कानुन बमोजिम आयोगले प्राप्त बन्दसूचीको जाँचबुझ गरी प्रकाशन गर्नेछ। प्रकाशित सूचीमा नाम परेका उम्मेदवारको योग्यता नपुगेको भनी कुनै मतदाताले सात दिनभित्र दाबी–विरोध पेश गर्न सक्ने व्यवस्था ऐनमा छ।
आयोगले दाबी–विरोध छानबिन गरी योग्यता नपुगेका उम्मेदवारलाई सूचीबाट हटाउन सक्छ।
निर्वाचन कार्यक्रमअनुसार माघ ४ गते : समानुपातिकतर्फको प्रारम्भिक सूची प्रकाशन, माघ २० गते : दाबी–विरोध छानबिनपछि अन्तिम बन्दसूची प्रकाशन, प्रतिनिधिसभामा दुई प्रकारको निर्वाचन, विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका २७५ सदस्य मध्ये १६५ : प्रत्यक्ष प्रणाली, ११० : समानुपातिक प्रतिनिधित्व प्रणालीबाट चयन हुनेछन्। प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन माघ ६ गते हुने कार्यक्रम छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: