काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवार सूचीमा कम्तिमा ५० प्रतिशत महिला अनिवार्य रूपमा समावेश गर्नुपर्ने कानुनी प्रावधान कार्यान्वयनमा आउने भएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ अनुसार राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची तयार गर्दा कूल संख्याको आधाभन्दा कम महिला मनोनयन गर्न नपाइने व्यवस्था छ। संविधानले अंगीकार गरेको समानुपातिक तथा समावेशी सिद्धान्तलाई अझ स्पष्ट रूपमा लागू गर्न यो प्रावधान जोडिएको हो।
यसअघि पहिलो संविधान सभाका पूर्वसदस्यहरू– रेणु चन्द, बिन्दा पाण्डे, अमृता थापामगर र सुनीलबाबु पन्तलगायतको टोलीले निर्वाचन आयोगसँग भेट गर्दै समानुपातिक सूचीमा ५० प्रतिशत महिलाको सुनिश्चितताका लागि पहल गर्न आग्रह गरेका थिए।
मंसिर २१ देखि सुरु हुँदै समानुपातिकतर्फको निर्वाचन कार्यक्रम
समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्नेछन्। आयोगले मंसिर २६ गतेसम्म निवेदन स्वीकृत गर्नेछ।
उम्मेदवारको बन्दसूची तयार गर्दा— समग्र जनसंख्याको आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम लगायतको प्रतिनिधित्व अनिवार्य, भौगोलिक तथा प्रादेशिक सन्तुलन कायम, पछाडिएको क्षेत्र तथा अपांगता भएका व्यक्तिको सहभागिता सुनिश्चित, प्रत्येक समावेशी कोटाका उम्मेदवार स्पष्ट रूपमा छुट्टिने गरी सूची तयार गर्ने जस्ता प्रावधान कानुनले तोकिएको छ।
दलहरूले तयार पारेको बन्दसूची पुस १३ र १४ गते निर्वाचन आयोगमा बुझाउनु पर्नेछ। सूची बुझाइएसँगै मनोनयन मानिनेछ।
यदि बन्दसूची कानुनअनुसार तयार नभएको भेटिएमा आयोगले सात दिनभित्र सच्याउन निर्देशन दिन सक्छ। उम्मेदवारको मृत्युजस्ता विशेष अवस्थामा संबंधित समावेशी वर्गमै नयाँ उम्मेदवार प्रतिस्थापन गर्नुपर्नेछ।
दाबी–विरोध र सूची प्रकाशन
कानुन बमोजिम आयोगले प्राप्त बन्दसूचीको जाँचबुझ गरी प्रकाशन गर्नेछ। प्रकाशित सूचीमा नाम परेका उम्मेदवारको योग्यता नपुगेको भनी कुनै मतदाताले सात दिनभित्र दाबी–विरोध पेश गर्न सक्ने व्यवस्था ऐनमा छ।
आयोगले दाबी–विरोध छानबिन गरी योग्यता नपुगेका उम्मेदवारलाई सूचीबाट हटाउन सक्छ।
निर्वाचन कार्यक्रमअनुसार माघ ४ गते : समानुपातिकतर्फको प्रारम्भिक सूची प्रकाशन, माघ २० गते : दाबी–विरोध छानबिनपछि अन्तिम बन्दसूची प्रकाशन, प्रतिनिधिसभामा दुई प्रकारको निर्वाचन, विद्यमान कानुनअनुसार प्रतिनिधिसभाका २७५ सदस्य मध्ये १६५ : प्रत्यक्ष प्रणाली, ११० : समानुपातिक प्रतिनिधित्व प्रणालीबाट चयन हुनेछन्। प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन माघ ६ गते हुने कार्यक्रम छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: