काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू प्रमुख रहेको नीति तथा अनुसन्धान प्रतिष्ठानबाट महाधिवेशन प्रतिनिधि चयन नगरिएकोमा कडा आपत्ति जनाएका छन्।
आज शुक्रबार गुन्डु पुगेका पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै प्रतिष्ठानबाट प्रतिनिधि नआउनु अन्यायपूर्ण र पार्टीको स्थापित प्रक्रियाविपरीत भएको बताएका छन्।
पोखरेलले ओलीसँग भने, “प्रतिनिधि चयनको मापदण्ड एउटै हुनु पर्ने हो। नेशनल भोलियन्टर फोर्सको नाममा प्रतिनिधि आएको सुनेँ, तर पार्टीको आधिकारिक निर्णयबाट स्थापना भएको प्रतिष्ठानबाट प्रतिनिधि नआउने सर्कुलर किन?”
फोर्सबाट प्रतिनिधि, प्रतिष्ठानबाट होइन– पोखरेलको आक्रोश
एमालेले विभाग र समितिहरूबाट प्रतिनिधि पठाउने व्यवस्था गरेको छ। केन्द्रीय कार्यालयबाट समेत छुट्टै प्रतिनिधि आएका छन्। तर २०७९ साउनमा ओलीकै पहलमा स्थापना भएको प्रतिष्ठानबाट प्रतिनिधि नआउने निर्णयलाइ पोखरेलले ‘असंगत’ र ‘पार्टीभित्रै दोहोरो मापदण्ड’ को संज्ञा दिएका छन्।
उनको अडान थियो “पार्टीले निर्णय नै नगरेको फोर्सबाट प्रतिनिधि आउनु हुँदैन। जरुरी लागे मनोनीतबाट ल्याऔं तर संस्थागत संरचना कटौती गरेर बाहिरी संरचनालाई प्राथमिकता दिन मिल्दैन।”
ओलीको जवाफ– “प्रतिष्ठान अध्ययन–अनुसन्धानको ठाउँ हो”
जवाफमा अध्यक्ष ओलीले प्रतिष्ठानलाई राजनीतिक सहभागिताभन्दा बौद्धिक र अध्ययनमुखी संरचना भएको बताए। “त्यो त पढ्ने–लेख्ने क्षेत्रका लागि बनाइएको हो नि,” ओलीले भनेका थिए। तर पोखरेलले भने प्रतिष्ठान औपचारिक रूपमा स्थापित संस्थान भएकाले महाधिवेशन प्रतिनिधि हुनु नै पर्ने अडान दोहोर्याएका छन् ।
अरु नेताहरू पनि असन्तुष्ट
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराई पनि पोखरेलसँगै गुन्डु पुगेका थिए। ती नेताहरूले पनि प्रतिष्ठान, विवादित जिल्लाहरू र प्रतिनिधि छनोटका असमान प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेको स्रोतले जानकारी दियो।
ओखलढुँगा र धनकुटामा पुनः प्रतिनिधि चयन गर्ने निर्णय भए पनि अन्य विवादित जिल्लाबारे छलफल नगरेको भन्दै उनीहरूले ओलीको ध्यानाकर्षण गराएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: