काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू प्रमुख रहेको नीति तथा अनुसन्धान प्रतिष्ठानबाट महाधिवेशन प्रतिनिधि चयन नगरिएकोमा कडा आपत्ति जनाएका छन्।
आज शुक्रबार गुन्डु पुगेका पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्दै प्रतिष्ठानबाट प्रतिनिधि नआउनु अन्यायपूर्ण र पार्टीको स्थापित प्रक्रियाविपरीत भएको बताएका छन्।
पोखरेलले ओलीसँग भने, “प्रतिनिधि चयनको मापदण्ड एउटै हुनु पर्ने हो। नेशनल भोलियन्टर फोर्सको नाममा प्रतिनिधि आएको सुनेँ, तर पार्टीको आधिकारिक निर्णयबाट स्थापना भएको प्रतिष्ठानबाट प्रतिनिधि नआउने सर्कुलर किन?”
फोर्सबाट प्रतिनिधि, प्रतिष्ठानबाट होइन– पोखरेलको आक्रोश
एमालेले विभाग र समितिहरूबाट प्रतिनिधि पठाउने व्यवस्था गरेको छ। केन्द्रीय कार्यालयबाट समेत छुट्टै प्रतिनिधि आएका छन्। तर २०७९ साउनमा ओलीकै पहलमा स्थापना भएको प्रतिष्ठानबाट प्रतिनिधि नआउने निर्णयलाइ पोखरेलले ‘असंगत’ र ‘पार्टीभित्रै दोहोरो मापदण्ड’ को संज्ञा दिएका छन्।
उनको अडान थियो “पार्टीले निर्णय नै नगरेको फोर्सबाट प्रतिनिधि आउनु हुँदैन। जरुरी लागे मनोनीतबाट ल्याऔं तर संस्थागत संरचना कटौती गरेर बाहिरी संरचनालाई प्राथमिकता दिन मिल्दैन।”
ओलीको जवाफ– “प्रतिष्ठान अध्ययन–अनुसन्धानको ठाउँ हो”
जवाफमा अध्यक्ष ओलीले प्रतिष्ठानलाई राजनीतिक सहभागिताभन्दा बौद्धिक र अध्ययनमुखी संरचना भएको बताए। “त्यो त पढ्ने–लेख्ने क्षेत्रका लागि बनाइएको हो नि,” ओलीले भनेका थिए। तर पोखरेलले भने प्रतिष्ठान औपचारिक रूपमा स्थापित संस्थान भएकाले महाधिवेशन प्रतिनिधि हुनु नै पर्ने अडान दोहोर्याएका छन् ।
अरु नेताहरू पनि असन्तुष्ट
उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराई पनि पोखरेलसँगै गुन्डु पुगेका थिए। ती नेताहरूले पनि प्रतिष्ठान, विवादित जिल्लाहरू र प्रतिनिधि छनोटका असमान प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेको स्रोतले जानकारी दियो।
ओखलढुँगा र धनकुटामा पुनः प्रतिनिधि चयन गर्ने निर्णय भए पनि अन्य विवादित जिल्लाबारे छलफल नगरेको भन्दै उनीहरूले ओलीको ध्यानाकर्षण गराएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: