काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ सालमा भएको एकताले जन्मिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई वर्षपछि सर्वोच्च अदालतको फैसलाले २०७७ फागुन २३ मा अलग भएपछि पनि धेरै माओवादी पृष्ठभूमिका नेताहरू एमालेमै बसे । उनीहरूका लागि अब हुने एमालेको ११औँ महाधिवेशन दोस्रो महाधिवेशनका रूपमा हुनेछ।
१०औँ महाधिवेशनमा रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट र टोपबहादुर रायमाझी जस्ता पूर्वमाओवादी नेताहरू क्रमशः उपाध्यक्ष र सचिव बनेका थिए। तर रायमाझी भुटानी शरणार्थी ठगी प्रकरणमा जेलमा परेपछि उनी महाधिवेशन प्रक्रियाबाट बाहिर छन् भने थापा र भट्ट पदाधिकारीमै छन्।
प्रतिनिधि चयनमा माओवादी पृष्ठभूमिका नेताको जोडदार उपस्थिति
देशका अधिकांश प्रदेशबाट पूर्वमाओवादी पृष्ठभूमिका नेताहरू महाधिवेशन प्रतिनिधि बनेका छन्। कञ्चनपुर–१ बाट पूर्वमाओवादी वीरबहादुर थापा सबैभन्दा बढी मतसहित विजयी भएका छन्।
यसैगरी दार्चुलाबाट लालबहादुर विक र धर्मानन्द सिंह मन्याल विजयी भएका छन् भने अर्घाखाँची, दाङ, गण्डकी, मधेश, बागमती, झापा र मोरङसहित धेरै जिल्लाबाट पूर्वमाओवादीहरूको उपस्थिति रहेकाे छ ।
यस्तै कर्णालीबाट टेकबहादुर बोगटी, ब्यासी तिरुवा, जलशा बुढा, तीर्थराज बोहोरा र गणेशमान सिंह चयन भएका छन् । धेरै माओवादी पृष्ठभूमिका नेताहरू संस्थापन पक्षतिर खुलेका छन् भने केही मात्र संस्थापनइतर समूहमा देखिएका छन्।
थापा–भट्ट फेरि पदाधिकारी ?
पार्टीभित्र थापालाई पुनः उपाध्यक्ष र भट्टलाई सचिव बनाउन अध्यक्ष ओलीको मनसाय रहेको बताइन्छ। भट्टले आफू पदको दाबी नगर्ने तर पार्टी जे राख्छ त्यही मान्ने बताएका छन् ।
‘अध्यक्ष ओली नै चाहिन्छ’ – पूर्वमाओवादी नेताहरू
पोलिटब्युरो सदस्य ज्वाला साहले पूर्वमाओवादी भन्नुपर्ने आवश्यकता नभए पनि अध्यक्षमा ओलीलाई नै निरन्तरता दिनुपर्ने बताइन्। कञ्चनपुरका थापा, दार्चुलाका मन्याल, सिराहाका रामप्रित राम, कोशीका टंक आङबुहाङ र धर्मराज रेग्मीसमेतले यसपटक केन्द्रीय सदस्यमा दाबी गर्ने तयारी गरेका छन्।
नेतृत्व प्रतिस्पर्धा भयो भने कसको भविष्य?
१० औँ महाधिवेशन सर्वसम्मतिबाट भएको थियो तर ११औँ महाधिवेशनमा प्रत्यक्ष प्रतिस्पर्धा हुने संकेत बढेको छ। यदि निर्वाचनमार्फत नेतृत्व चयन भयो भने माओवादी पृष्ठभूमिका नेताहरूले आफ्नो संरचनागत आधार गुमाउने आशंकाले पार्टीभित्र चासो र तरंग बढाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: