२४ दिनको कार्यकालमै एमाले नेतृत्वका मुख्यमन्त्री सरोज यादवले ‘मधेस रत्न’, किसान सहायता, बेरोजगार भत्ता, दलित–मुस्लिम छात्रवृत्तिसहित दर्जनौँ निर्णय गरे। तर सर्वोच्च अदालतले ‘ठोस निर्णय नगर्न’ भनेको आदेशकै बीच गरेको ती निर्णय अर्थ मन्त्रालयसम्म नपुगेका कारण कार्यान्वयन अनिश्चित बनेका छन्।
यसअघि जनमत पार्टी नेतृत्वको सरकारले ‘मधेस आईटी पार्क’देखि ‘एक निर्वाचन क्षेत्र–एक रोजगार केन्द्र’सम्म हजारौँ योजनाहरू घोषणा गर्यो। तर सरकार टिकाउनै व्यस्त भएकाले अधिकांश कार्यक्रम कागजमै सीमित भए। जसपा नेतृत्वको सरकारले ल्याएका नमुना विद्यालय, किसान कार्ड, कृषि विद्युतीकरणजस्ता योजना पनि कार्यान्वयन नभई अलपत्र परे।
पहिलो कार्यकालमा चर्चित ‘बेटी पढाऊ, बेटी बचाऊ’, मुख्यमन्त्री स्वच्छता अभियानजस्ता कार्यक्रमहरू समेत अहिले बजेटविहीन भएर हराएका छन्।
राजनीतिक अस्थिरता तीव्र बन्दै जाँदा मधेसमा चार वर्षमा पाँचौँ मुख्यमन्त्रीको खोजी हुँदैछ। चालु आर्थिक वर्षको साढे चार महिनामा प्रदेशको पुँजीगत खर्च एक प्रतिशतमात्रै पुगेको छ, जसले विकासमा कडा प्रहार भएको देखिन्छ।
विशेषज्ञहरूको भनाइमा, “सत्ता बदलिँदा नीतिसमेत बदलिने” प्रवृत्तिले मधेसको विकास थुनिएको छ। प्रदेशमा फेरि नयाँ गठबन्धन र नयाँ योजनाको होड सुरु भइसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: