Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ?’

खबरडबली संवाददाता

काठमाडौं । आफूलाई बिहान शनिश्चरे अस्पताल पुर्याएसँगै फर्किएर खाना खाएर जागिरमा हिँडेको छोरो साँझ मृत अवस्थामा देख्दा पत्याउनै मुस्किल थियो। जेनजी आन्दोलनका सहिद ज्ञानिन्द्र (गोपाल) सेढाईंका पिता धनपति सेढाईंलाई त्यो दिनको घटना सम्झँदा मन भारी हुन्छ। बोलाउने नाम गोपाल रहेका ज्ञानिन्द्र सेढार्इं एक साहस, सरलता र मित्रताका समर्पण भावका युवाका रुपमा स्थानीय रुपमा लोकप्रिय हुनुहुन्थ्यो।

मुटुको टुक्राजस्तो छोरो गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा मारिएपछि पिता धनपति र ७७ वर्षीया आमा गुनमाया सेढाईंका आँखा रसाउन थालिहाल्छ। पुत्र शोकले आमा गुनमायाका आँखा ओभाएका छैनन्। झापाको अर्जुनधारा नगरपालिका–११, विर्तामोडका सहिद गोपाल सेढाइँका आमा गुनमाया छोराको फोटो छातीमा राखेर बिलौना गरिन्, “मेरो गोपाल कहिले फर्कन्छ ?” सहिद गोपाललाई आन्दोलनका क्रममा बिर्तामोडमा गोली लागेको थियो। गोली लागेपछि नजिकैको बिएण्ड सी मेडिकल कलेजमा उपचारार्थ लगिएको थियो। अन्य घाइतेसँगै उपचार भइरहेका बेला गम्भीर घाइते गोपालको दुःखद् निधन भएको थियो।

गत भदौ २४ गते बिहान रक्तदान गरेका गोपाल सेढाइले दिउँसो घर फर्किएर बुबालाई औषधि लिन शनिश्चरे अस्पताल पुर्याउनुभएको थियो। बुबासँगै घर फर्किएर आमा र बुबासँगै बसेर खाना खाएर गोपाल बाहिर निस्किएका थिए। त्यसदिन गोपाल जागिरमा नगएर साथीहरूसँग बिर्तामोड बजारमा निस्किएका थिए। त्यही क्रममा उहाँको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।

करिब २:३० बजे गोली लागेको थियो भने ४ः०० बजे अस्पतालले गोपाललाई मृत्यु घोषणा गरेको थियो। छातीमा गोली लागेका कारण गोपालको मृत्यु घटनास्थलमै भएको उहाँका साथी रामचन्द्र भण्डारीको भनाइ छ। अहिले पनि गोपालको गाउँ शोकमा छ। गाउँका सबै युवा शोकमा छन्, गोपालको परिवारमा छाएको शोकले बुबाआमाका आँखाबाट आँसुहरू अझै पनि रोकिएका छैनन्।

योग गुरु गोपालका आमा गुनमाया मात्रै होइन, परिवारका सदस्य र स्थानीयवासी पनि शोकमा परे। विर्तामोडको एक साधारण परिवारलाई यस्तो कहिल्यै नसोचेको दुःख पर्यो भनेर छरछिमेकले पनि दुःख व्यक्त गर्न छाडेका छैनन्। गोपालको निधनले अर्जुनधारा नगरको सामाजिक उत्तरदायित्व, युवाको मनोबल, राजनीतिप्रतिको दृष्टिकोण र स्थानीय नेतृत्वको भूमिकालाई झक्झक्याइदिएको छ। गाउँ–सहरका चोकमा उठ्ने प्रश्नहरू, आमाबुबाको आक्रोश, दिदीको पीडा र साथीहरूको मौनता–सबै मिसिएर शोकमा चुर्लुम्म डुबेको थियो।

नेपालभर असुरक्षा, भय र पश्चाताप फैलिएको त्यो समयमा अर्जुनधारा–११ को यो बस्ती भने शोकमा डुबेको थियो। दुःखद् घटनाको दिन सम्झँदै आमा गुनमाया भक्कानिँदै भन्टिन्, “ऊ बिहानै चिया खाएर निस्कन्थ्यो, गाईलाई घाँस हाल्थ्यो। आफ्ना घरायसी काम सकेर घर नजिकैको आयुर्वेदिक अस्पतालमा जागिरमा जान्थ्यो। बेलुका फर्किन्थ्यो। मलाई आमा के खानुभयो भनेर सोध्यो। अब यसरी मलाई सोध्ने गोपाल नफर्कने भयो…। बुढेसकालको हाम्रो सहारा सधैँका लागि अन्त्य भयो।”

आमाको कुरा सुन्दा गोपालले बोक्ने सामाजिक चेतना, न्यायप्रतिको आकाङ्क्षा र युवाको भूमिकामा उहाँले दिएको महत्व स्पष्ट झल्किन्छ। अहिले आमा गुनमायाको मनमा पनि सहिदको चाहनाबमोजिम अब राजनीतिक नेतृत्वले मुलुकको निकासमा काम गरोस् भन्ने गहिरो अपेक्षा रहेको छ। नेपाल सरकारले जेनजी आन्दोलनमा मारिएका झापाका ज्ञानिन्द्रसहित ४५ जनालाई सहिद घोषणा गरेको छ।

गोपालका ८३ वर्षीय बुबा धनपति सेढाईंको भने “मेरो छोरा दोषी नहुँदा उनलाई गोली किन हानियो ?” भन्ने प्रश्नको जवाफ खोजिरहनुभएको छ। गोपालका बुबा धनपतिले पुरानो घर देखाउँदै भने, “ऊ सेन्टी बेराको घरमा बसेर पढ्यो। यही घरबाट कलेज गयो अनि काठमाडौँमा पढाइसकेर घर फर्कियो र आफू बस्नको लागि चार वर्षअघि पक्की घरमा बस्ने रहर पालेर दाजुलाई सहयोग माग्यो र घर बनायो। हामी बुढेसकालका साहारा भएर उसकै आश्रयमा बसेका थियौँ। अब यही घरबाट उसको मङ्सिरमा बिहे गर्ने तयारी हुँदै थियो। सबै चकनाचुर भयो।”

गोली लागेर छोरो कहिले नफर्कने गरी आफूहरुलाई छाडेर गएपछि धनपतिको सबै सपना सपनामै सीमित भएको छ। छोराको नाम लिनासाथ स्वर भारी हुने उल्लेख गर्दै उनले भने, “उ त भीडको बीच नारा लगाउँदै हिँडेको रहेछ। प्रहरीले हानेको गोलीले छातीमा लागेर पुर्लुक्कै ढल्यो रे। सँगै भएका साथीहरुले बिएनसी अस्पताल पुर्याएछन् तर गोपाल फर्किएन…।”

यो आन्दोलनले राजनीतिक दलहरूलाई भन्दा बढी सर्वसाधारण युवालाई जोखिममा पारेको उनको बुझाइ रहेको छ। “हामीले राज्यलाई कर तिरेका छौँ, सुरक्षा मागेका छौँ, गोलीकै सामना गर्न होइन।” बुबाको यो पीडा केबल व्यक्तिगत भावनामा मात्रै सीमित छैन, यसले स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मका संयन्त्र–प्रशासन र सुरक्षा निकायहरूलाई नै सुशासनको प्रश्नमा ध्यान दिन प्रेरित गरेको छ।

गोपालकी दिदी तुलसा उनलाई भाइभन्दा बढी साथीका रुपमा सम्झिन्छिन्। “म रिसाउँदा हाँसेर सम्झाउँथे। म भन्थेँ, समाज बदल्नुपर्छ। संसार यस्तै हो भन्ने गर्थे। आज उनी समाज बदल्ने हिम्मत गरेर सदाका लागि हामीबाट टाढा भएका छन्।” अर्जुनधाराका नगर प्रमुख बलदेव गोमदेन पनि प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिने धेरै उपाय हुँदाहुँदै सुरक्षाकर्मीले यसरी गोली चलाउँदा गोपालजस्ता निर्दोष युवाको ज्यान गएकामा असन्तोष जनाउछन्। उनले भने, “गोपाल जस्तो शान्त स्वभावको युवकको ज्यान जानु केबल एक शोक मात्र होइन, हाम्रो पालिकाको विश्वास र सुरक्षाको विषय हो। हामी झापालीले दिनेश राजवंशी र गोपाललाई गुमाएका छौँ, हामीले समाजलाई फेरि सुरक्षित महसुस गराउने वातावरण बनाउनैपर्छ।”

सहिद गोपालका साथी सुजन सेवाकोटी गोपाल नहुँदा आफूहरुको समूह नै भत्किएको बताउछन्। गोपालका सबैभन्दा नजिकका साथी शिवाकोटी आफ्नो अति मिल्ने साथी गुमाउँदा स्तब्ध भएको बताउछन्।

सुजनका अनुसार गोपाल इमान्दार, सरल र मिलनसार थिए। आफ्नो धारणा स्पष्ट राख्ने र साथीहरूलाई देशको पछिल्लो अवस्थाबारे सम्झाउने उहाँको आदत थियो। अर्का साथी माधव झा गोपालको मृत्युले युवापुस्तालाई डर होइन अझ दृढ भएर लाग्न प्रेरणा मिलेको बताउछन्।

माधवका अनुसार गोपालको मृत्युले झापाका युवाबीच एक किसिमको राजनीतिक चेतना बढाएको छ। अधिकारका लागि जिम्मेवार भएर उठ्नुपर्छ भन्ने चेतना वृद्धि भएको छ। अर्जुनधारा–११ का वडाध्यक्ष खगेन्द्र इङनाम यो घटना केबल एक परिवारको दुःख होइन, आफ्नो सिङ्गो वडाको दुःख भएको बताउछन्। पहाड आठराइदेखि नै पारिवारिक सम्बन्धमा भएको यो सेढाईं परिवार झापा आजदेखि पनि आफूहरूकै आत्मीय सम्बन्धमा सहकार्य गर्दै अघि बढेको र यो घटनाले आफूलाई स्तब्ध बनाएको उनको भनाइ छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending