मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रमा भइरहेको राजमार्ग विस्तारका कारण प्रभावित भएका घरधनी तथा व्यवसायीलाई लक्षित गर्दै ९ बुँदे विशेष निर्णय सार्वजनिक गरेको छ। आइतबार बसेको उपमहानगरपालिकाको ७६औँ कार्यपालिका बैठकले सडक विस्तारका कारण विस्थापित व्यवसायीदेखि घरधनीसम्मलाई समेट्ने गरी सहुलियत तथा सहजीकरणका व्यवस्था गर्ने निर्णय गरेको हो।
उपमहानगरका प्रवक्ता सविन न्यौपानेका अनुसार उपमहानगरले प्रभावित नागरिकका समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्दै तत्काल लागू गर्न सकिने तथा केन्द्र सरकारसँग समन्वय आवश्यक पर्ने गरी विभिन्न उपाय तय गरेको छ।
सहुलियत ऋण र कर छुटका व्यवस्था
सडक विस्तारका क्रममा घर भत्किएका घरधनीलाई पुन: घर निर्माणका लागि आवश्यक रकम सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
त्यस्तै, विस्तारका कारण व्यवसाय सञ्चालन गर्न नसकेका विस्थापित व्यवसायीको लगत सङ्कलन गरी पुन: व्यवसाय सुरु नगरेसम्म व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेस गरिने भएको छ।
नक्सा पास दस्तुर छुट र छिटो सेवा
प्रभावित क्षेत्रमा पुन: निर्माण गरिने घरका लागि २००० वर्गफिटसम्म नक्सा पास दस्तुर छुट दिने प्रस्ताव प्रस्तुत गरिनेछ।
भवन निर्माण प्रक्रिया सहज बनाउन ‘फास्ट–ट्रयाक’ विधि अपनाइने र प्राविधिक सहयोगसहित नक्सा पासका सेवाहरू द्रुतगतिमा उपलब्ध गराइने उपमहानगरले जनाएको छ।
त्यस्तै, निर्माण सामग्री सुलभ मूल्यमा उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरिनेछ।
घरवारविहीनको पहिचान र आवास सहजीकरण
सडक विस्तारका कारण जग्गाको अंश नरही अन्यत्र पनि घर–जग्गा नभएकाहरू ९पूर्ण रूपमा घरवारविहीन० को विवरण वडा कार्यालयमार्फत सङ्कलन गरिनेछ।
मालपोत कार्यालयसँग विवरण जाँच गरी वास्तविक घरवारविहीनलाई आयोजनामार्फत आवास व्यवस्था गर्न उपमहानगरले सहजीकरण गर्ने निर्णय गरेको छ।
नमूना घर मोडल र पर्यटकीय राजमार्गको पहल
सडक विस्तारपछि बन्ने संरचनाहरूलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यले हेटौंडाको पहिचान झल्किने ‘नमूना घर मोडल’ तयार गरिनेछ। सोही मोडल अनुसार घर निर्माण गर्न उपमहानगरले सहजीकरण गर्ने बताएको छ।
यसबाहेक, हेटौंडा उपमहानगर हुँदै जाने त्रिभुवन राजपथलाई ‘पर्यटकीय राजमार्ग’ का रूपमा सञ्चालन गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ।
सहयोगी पक्षप्रति धन्यवाद
उपमहानगरले सडक विस्तार कार्यमा सहयोग गरेको भन्दै घरधनी, व्यवसायी तथा आम नागरिकलाई धन्यवाद व्यक्त गरेको छ। साथै, मकवानपुर उद्योग वाणिज्य संघलगायत सरोकारवालासँग समन्वय गरी बजार व्यवस्थापन तथा व्यवसाय निरन्तरताका लागि आवश्यक पहल गर्ने उपमहानगरले स्पष्ट गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - १५:१३
धरान। धरान उपमहानगरपालिकामा गाडी पल्टिँदा एकको मृत्यु भएको छ भने एघार जना घाइते भएका छन् । भेडेटारबाट धरान आउँदै गरेको प्र.१ ०२ ००२ च ३८२६ नम्बरको ...
मंसिर २२ गते, २०८२ - १४:४८
काठमाडौँ। गृह मन्त्रायलले बर्दियाको बढैयाताल –४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटनाबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्र...
मंसिर २२ गते, २०८२ - १४:२७
काठमाडौं। प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएको छिन् । नेपाल ल क्याम्पस, महिला, कानुन र विकास ...
मंसिर २२ गते, २०८२ - १४:०२
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको क्रममा क्षतिग्रस्तरखंडहर बनेको सिंहदरबार परिसरको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। ...
मंसिर २२ गते, २०८२ - १३:४४
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले लोकतन्त्रलाई संस्थागत बनाउन निर्वाचन अपरिहार्य रहेको बताएका छन्। आइतबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज...
मंसिर २२ गते, २०८२ - १३:२७
काठमाडौं । मलेखु–मुग्लिङ सडकखण्ड अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको तिङ्ग्राङखानीमा आज दिउँसो करिब सवा १२ बजेतिर दुईवटा बस आपसमा ठोक्किएका छन्। घा...
मंसिर २२ गते, २०८२ - १३:१४
मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइट क्लबमा लागेको भीषण आगलागीमा २५ जनाको मृत्यु भएको राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले आ...
मंसिर २२ गते, २०८२ - १२:५६
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण यादवले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै तीन नवनियुक्त मन्त्रीलाई समावेश गरेका छन्। नेपाली कां...
मंसिर २२ गते, २०८२ - १२:४२
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पन्ध्र शय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरेको छ । प्रमुख प्रशासकीय अधिकृत श्रीप्र...
मंसिर २२ गते, २०८२ - १२:२९
काठमाडौँ । भक्तपुरको नलिन्चोकमा निर्माण भएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक इन्जिनियर प्रद...




प्रतिकृया लेख्नुहोस्: