रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने दाबी गरेका छन् । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ र जनार्दन शर्मा ‘प्रभाकर’ले अन्तिम घडीमा ओलीलाई साथ दिने आरोप लगाउँदै उनीहरूलाई कम्युनिष्ट एकताबाट बाहिर रहेको समूहको संज्ञा दिए ।
रुपन्देहीको तिलोत्तमामा आयोजित एकता सभामा बोल्दै खनालले विप्लवलाई “कस्मेटिक प्रचारमा सीमित नेता”, प्रभाकरलाई “अराजक प्रवृत्तिको प्रतिनिधि” र घनश्याम भुसाललाई “कर्मकाण्डी” भन्दै ती समूहका कार्यकर्ता ढिलो–छिटो एकता अभियानमै फर्किने दाबी गरे ।
“विप्लवले जनमत छ भने वडा जितेर देखाए हुन्छ । अन्तिममा चुनाव आउँदा ओलीलाई नै साथ दिन्छन्,” खनालले भने, “प्रभाकरलाई मैले पहिल्यैदेखि अराजक देखेको हुँ । उनी पनि अन्तिममा केपीकै लाइनमा उभिन्छन् । घनश्याम भुसाल मार्क्सवादका पुस्तक पल्टाएर भाषण गर्ने कर्मकाण्डी हुन्, उहाँसँग खासै अपेक्षा छैन ।”
उनले देशको कम्युनिष्ट आन्दोलनको नेतृत्व अब केपी ओली र प्रचण्डबाहेक अरू कसैले गर्न नसक्ने तर्क गरे । “विप्लव, प्रभाकर र घनश्यामको सानो घेराले ओलीलाई साथ देला, बाँकी सम्पूर्ण कम्युनिष्ट शक्तिहरू हामीतिर आउनेछन्,” उनले भने, “त्यसैले अब कम्युनिष्ट राजनीतिमा प्रतिस्पर्धा एमाले र नेकपाकै बीच हुनेछ ।”
खनालले आगामी निर्वाचनलाई कम्युनिष्ट एकताको सन्देश दिने अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । संगठन सुदृढीकरण गर्दै वडा तहसम्म एकता मजबुत बनाउनु नै अहिलेको मुख्य कार्यभार भएको उनको भनाइ छ ।
“कम्युनिष्ट आन्दोलन समाप्त भयो भन्नेहरूलाई चुनावी परिणामले जवाफ दिनुपर्छ,” उनले भने, “जहाँ–जहाँ कम्युनिष्ट फुटे, त्यहाँ शासन गर्न पाएनन् । आन्दोलन जोगाउने काम प्रचण्ड–नेपाल पक्षले गरेको हो ।”
उनका अनुसार अबको निर्वाचनमा कुनै गठबन्धन होइन, आफ्नै एजेन्डा लिएर जाने नीति रहनेछ । “नयाँ शक्तिलाई समर्थन गर्छौँ, तर गठबन्धन हुँदैन,” उनले स्पष्ट पारे ।
सभामा नेता सोमप्रसाद पाण्डेले पनि निर्वाचन अपरिहार्य भएको भन्दै एकताको सन्देश चुनावी परिणामबाटै देखाउनुपर्ने बताए । उनले कार्यकर्तालाई अतीतको गुट होइन, वर्तमान जिम्मेवारीका आधारमा अघि बढ्न आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: