Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

खबरडबली संवाददाता

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने दाबी गरेका छन् । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ र जनार्दन शर्मा ‘प्रभाकर’ले अन्तिम घडीमा ओलीलाई साथ दिने आरोप लगाउँदै उनीहरूलाई कम्युनिष्ट एकताबाट बाहिर रहेको समूहको संज्ञा दिए ।

रुपन्देहीको तिलोत्तमामा आयोजित एकता सभामा बोल्दै खनालले विप्लवलाई “कस्मेटिक प्रचारमा सीमित नेता”, प्रभाकरलाई “अराजक प्रवृत्तिको प्रतिनिधि” र घनश्याम भुसाललाई “कर्मकाण्डी” भन्दै ती समूहका कार्यकर्ता ढिलो–छिटो एकता अभियानमै फर्किने दाबी गरे ।

“विप्लवले जनमत छ भने वडा जितेर देखाए हुन्छ । अन्तिममा चुनाव आउँदा ओलीलाई नै साथ दिन्छन्,” खनालले भने, “प्रभाकरलाई मैले पहिल्यैदेखि अराजक देखेको हुँ । उनी पनि अन्तिममा केपीकै लाइनमा उभिन्छन् । घनश्याम भुसाल मार्क्सवादका पुस्तक पल्टाएर भाषण गर्ने कर्मकाण्डी हुन्, उहाँसँग खासै अपेक्षा छैन ।”

उनले देशको कम्युनिष्ट आन्दोलनको नेतृत्व अब केपी ओली र प्रचण्डबाहेक अरू कसैले गर्न नसक्ने तर्क गरे । “विप्लव, प्रभाकर र घनश्यामको सानो घेराले ओलीलाई साथ देला, बाँकी सम्पूर्ण कम्युनिष्ट शक्तिहरू हामीतिर आउनेछन्,” उनले भने, “त्यसैले अब कम्युनिष्ट राजनीतिमा प्रतिस्पर्धा एमाले र नेकपाकै बीच हुनेछ ।”

खनालले आगामी निर्वाचनलाई कम्युनिष्ट एकताको सन्देश दिने अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए । संगठन सुदृढीकरण गर्दै वडा तहसम्म एकता मजबुत बनाउनु नै अहिलेको मुख्य कार्यभार भएको उनको भनाइ छ ।

“कम्युनिष्ट आन्दोलन समाप्त भयो भन्नेहरूलाई चुनावी परिणामले जवाफ दिनुपर्छ,” उनले भने, “जहाँ–जहाँ कम्युनिष्ट फुटे, त्यहाँ शासन गर्न पाएनन् । आन्दोलन जोगाउने काम प्रचण्ड–नेपाल पक्षले गरेको हो ।”

उनका अनुसार अबको निर्वाचनमा कुनै गठबन्धन होइन, आफ्नै एजेन्डा लिएर जाने नीति रहनेछ । “नयाँ शक्तिलाई समर्थन गर्छौँ, तर गठबन्धन हुँदैन,” उनले स्पष्ट पारे ।

सभामा नेता सोमप्रसाद पाण्डेले पनि निर्वाचन अपरिहार्य भएको भन्दै एकताको सन्देश चुनावी परिणामबाटै देखाउनुपर्ने बताए । उनले कार्यकर्तालाई अतीतको गुट होइन, वर्तमान जिम्मेवारीका आधारमा अघि बढ्न आग्रह गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending