काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा आफ्नै प्रस्तावबाहेक अन्य दस्तावेजमा छलफल नहुने संकेत दिइरहेका बेला अध्यक्ष पदका उम्मेदवार तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अलग्गै राजनीतिक प्रस्ताव तयार पारेका छन् ।
पोखरेलले तयार पारेको उक्त प्रस्ताव महाधिवेशनमा छलफलका लागि प्रस्तुत गर्ने तयारी गरेका छन् । त्यसअघि उनले अध्यक्ष ओलीसँग प्रत्यक्ष भेटेर प्रस्तावबारे छलफल गर्ने योजना बनाएका हुन् । पोखरेल निकट नेताहरूका अनुसार राजनीतिक प्रस्तावका रूपमा पूर्ण रूपले तयार भइसकेको दस्तावेज अध्यक्षलाई देखाएर महाधिवेशनमा लैजाने विषयमा आन्तरिक संवाद भइरहेको छ ।
पोखरेलको प्रस्तावमा जेनजी आन्दोलनअघि र पछिको राष्ट्रिय राजनीतिक अवस्था, त्यसले पार्टीमा पारेको प्रभाव, संगठन पुनर्गठन र पार्टीभित्र लोकतान्त्रीकरणको आवश्यकता समेटिएको छ । साथै वर्तमान राजनीतिक परिस्थितिमा एमालेले लिनुपर्ने नीति, देशलाई दिनुपर्ने वैकल्पिक निकास, युवा पुस्ताको मनोभावना र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका चुनौतीसमेत प्रस्तावमा समावेश गरिएको बताइएको छ ।
पोखरेल समूहले पार्टीभित्र भदौ २३ र त्यसपछि विकसित घटनाक्रमको गम्भीर समीक्षा आवश्यक रहेको भन्दै आएको छ । उनीहरू एमालेले बदलिँदो परिस्थितिअनुसार नयाँ कार्यदिशा तय गर्नुपर्ने पक्षमा रहे पनि अध्यक्ष ओली त्यसमा सहज देखिएका छैनन् ।
यसअघि भदौ २० देखि २२ गते सम्पन्न एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी दस्तावेज पारित गरेको थियो । तर ती प्रतिवेदनहरू अपर्याप्त रहेको र थप छलफल तथा सुधार आवश्यक भएको पोखरेल पक्षको दाबी छ ।
महाधिवेशन नजिकिँदै गर्दा फरक प्रस्तावको तयारीले एमालेभित्र अध्यक्ष पदको प्रतिस्पर्धा मात्र होइन, आगामी राजनीतिक लाइनबारे पनि बहस थप चर्किने संकेत देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: