Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

दाङ बस दुर्घटना : २२ घाइते डिस्चार्ज, चालक नियन्त्रणमा

खबरडबली संवाददाता

दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुल नजिक भएको बस दुर्घटनामा घाइते भएका २२ जना उपचारपछि डिस्चार्ज भएका छन्। डडेल्धुराबाट काठमाडौँ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस मंगलबार दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रनाउ चक्रबहादुर शाहका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य छ।

दुर्घटनामा संलग्न बस चालक राजेन्द्र कैनी (३६) लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

डिस्चार्ज भएका घाइते 

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार दुर्घटनामा घाइतेहरुको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्  । डिस्चार्ज हुने घाइतेहरुमा डडेल्धुरा नवदुर्गा गाउँपालिका निवासी २१ वर्षीय रिक्से धामी, अजयमेरु गाउँपालिका–१, डडेल्धुरा निवासी, २७ वर्षीय नरेश ताम्राकार, अमरगढी नगरपालिका–७, हाल पोखरा निवासी ३२ वर्षीय शिवराज भट्टराई, नवदुर्गा गाउँपालिका–२, बेतपानी निवासी २८ वर्षीय खगेन्द्र बिके र २७ वर्षीया सञ्जा महरा रहेका छन्  ।

त्यसैगरी, परशुराम नगरपालिका–५, डडेल्धुरा निवासी २२ वर्षीय नरेन्द्रप्रसाद भट्टराई, कैलाली, गोदावरी नगरपालिका–१०, अत्तरिया निवासी ३७ वर्षीय महेन्द्र ओड, बैतडी मेलैरी नगरपालिका–३ निवासी ३८ वर्षीय धुब चन्द, डडेल्धुरा भागेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय विक्रम धामी, नवदुर्गा गाउँपालिका–४, डडेल्धुरा निवासी ४७ वर्षीया पार्वती बिष्ट, कैलाली महोलिया गाउँपालिका–१ निवासी १ वर्षीय टेकबहादुर थापा, नवदुर्गा गाउँपालिका–२, डडेल्धुरा निवासी १९ वर्षीय धनबहादुर ऐर, बैतडी सिँगास गाउँपालिका–३ निवासी ३५ वर्षीया यशोधा धामी, उहाँकी एक वर्षीय छोरी रिषिका बोहोरा, नवदुर्गा गाउँपालिका–१, डडेल्धुरा निवासी ४२ वर्षीय जितेन्द्र बुढा ऐर रहेका छन्  ।  

त्यसैगरी, अमरगढी नगरपालिका–९ निवासी ३१ वर्षीया देवी साकी, प्युठान झिमुरुक गाउँपालिका–१ निवासी २७ वर्षीया कमला गिरी, अमरगढी नगरपालिका–९ निवासी ३९ वर्षीय मोहनसिंह साकी, सोही ठाउँ निवासी ५ वर्षीय योगेश साकी, अमरगढीकै ६ निवासी १७ वर्षीय साजन कैनी, नवदुर्गा गाउँपालिका–१ निवासी २२ वर्षीया जुना बुढा र ५२ वर्षीया भुनुदेवी साउद रहनुभएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिएका  छन ।

उहाँका अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको र बस चालक डडेल्धुरा अम्मरगढी नगरपालिका–७ निवासी ३६ वर्षीय राजेन्द्र कैनीलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending