Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

दाङ बस दुर्घटना : २२ घाइते डिस्चार्ज, चालक नियन्त्रणमा

खबरडबली संवाददाता

दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–१ कौडियापुल नजिक भएको बस दुर्घटनामा घाइते भएका २२ जना उपचारपछि डिस्चार्ज भएका छन्। डडेल्धुराबाट काठमाडौँ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस मंगलबार दुर्घटनामा परेको थियो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रनाउ चक्रबहादुर शाहका अनुसार सबै घाइतेहरूको अवस्था सामान्य छ।

दुर्घटनामा संलग्न बस चालक राजेन्द्र कैनी (३६) लाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

डिस्चार्ज भएका घाइते 

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार दुर्घटनामा घाइतेहरुको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्  । डिस्चार्ज हुने घाइतेहरुमा डडेल्धुरा नवदुर्गा गाउँपालिका निवासी २१ वर्षीय रिक्से धामी, अजयमेरु गाउँपालिका–१, डडेल्धुरा निवासी, २७ वर्षीय नरेश ताम्राकार, अमरगढी नगरपालिका–७, हाल पोखरा निवासी ३२ वर्षीय शिवराज भट्टराई, नवदुर्गा गाउँपालिका–२, बेतपानी निवासी २८ वर्षीय खगेन्द्र बिके र २७ वर्षीया सञ्जा महरा रहेका छन्  ।

त्यसैगरी, परशुराम नगरपालिका–५, डडेल्धुरा निवासी २२ वर्षीय नरेन्द्रप्रसाद भट्टराई, कैलाली, गोदावरी नगरपालिका–१०, अत्तरिया निवासी ३७ वर्षीय महेन्द्र ओड, बैतडी मेलैरी नगरपालिका–३ निवासी ३८ वर्षीय धुब चन्द, डडेल्धुरा भागेश्वर गाउँपालिका–४ निवासी २२ वर्षीय विक्रम धामी, नवदुर्गा गाउँपालिका–४, डडेल्धुरा निवासी ४७ वर्षीया पार्वती बिष्ट, कैलाली महोलिया गाउँपालिका–१ निवासी १ वर्षीय टेकबहादुर थापा, नवदुर्गा गाउँपालिका–२, डडेल्धुरा निवासी १९ वर्षीय धनबहादुर ऐर, बैतडी सिँगास गाउँपालिका–३ निवासी ३५ वर्षीया यशोधा धामी, उहाँकी एक वर्षीय छोरी रिषिका बोहोरा, नवदुर्गा गाउँपालिका–१, डडेल्धुरा निवासी ४२ वर्षीय जितेन्द्र बुढा ऐर रहेका छन्  ।  

त्यसैगरी, अमरगढी नगरपालिका–९ निवासी ३१ वर्षीया देवी साकी, प्युठान झिमुरुक गाउँपालिका–१ निवासी २७ वर्षीया कमला गिरी, अमरगढी नगरपालिका–९ निवासी ३९ वर्षीय मोहनसिंह साकी, सोही ठाउँ निवासी ५ वर्षीय योगेश साकी, अमरगढीकै ६ निवासी १७ वर्षीय साजन कैनी, नवदुर्गा गाउँपालिका–१ निवासी २२ वर्षीया जुना बुढा र ५२ वर्षीया भुनुदेवी साउद रहनुभएको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिएका  छन ।

उहाँका अनुसार सबै घाइतेको अवस्था सामान्य रहेको र बस चालक डडेल्धुरा अम्मरगढी नगरपालिका–७ निवासी ३६ वर्षीय राजेन्द्र कैनीलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताए । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

कांग्रेसले कैलाली–५ बाट चार उम्मेदवार सिफारिस, आरजु राणा देउवा अग्रस्थानमा

धनगढी। नेपाली कांग्रेसले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा दे...

भिमाद नगरपालिकाद्वारा दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान

तनहुँ। भिमाद नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरूप प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। नगरपालिकाले दूध मूल्य पनि तो...

हायात रिजेन्सी बन्द अवधिमा पनि कर्मचारीलाई न्यूनतम तलब दिने सहमति

काठमाडौँ। बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने सहमति भएको छ। २४ भदौमा जेनजी आन्दोलनक...

काठमाडौंमा चिसो बढ्यो, तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्‍यो

काठमाडौँ। चिसो बढ्दै गर्दा काठमाडौंको न्यूनतम तापक्रम बिहीबार बिहान ५.४ डिग्री सेल्सियस मापन गरिएको छ। यो यस वर्ष काठमाडौँको अहिलेसम्मकै न्यूनतम तापक्...

कांग्रेसले उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्र गर्न मातहतलाई निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस परिपत्रअनुसार मात्रै गर्न मातहतका पार्टी निकायलाई निर्देशन...

नदीजन्य पदार्थ ओसारपसार गर्ने १३ वटा ट्याक्टर नियन्त्रणमा

मकवानपुर  । मकवानपुरमा पछिल्लो समय अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने क्रम बढ्दो छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा नदीजन्य प...

पूर्वमुख्यमन्त्रीका सहोदर भाइ महावीर चौधरी हत्या आरोपमा पक्राउ

धनगढी। दाङको तुलसीपुर उपमहानगर–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending