Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सर्वाेच्चलाई आरजु राणाको जवाफ: मेरो घरमा नगद जलेको भन्ने हल्ला पूर्णतया अपवाह

खबरडबली संवाददाता

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा। आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आगजनीका क्रममा आफ्नो घरमा नगद जलेको भन्ने हल्ला पूर्णत: मिथ्या भएको दाबी गरेकी छन्।

उनीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमा राणाले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएको यो दाबी तथ्यहीन भएको स्पष्ट पारेकी छन्। “म तथा मेरो पति, नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्रीको निवासमा रकम जलेको भनी सार्वजनिक गरिएको कुरा गलत हो,” उनले उल्लेख गरेकी छन्।

राष्ट्रिय सुरक्षा परिषद्का सदस्यसमेत रहेकी देउवा लगायतले बेलैमा सुरक्षा बैठक नडाकेपछि सेना परिचालन हुन नसक्दा जनधनको क्षति भएको भन्दै कारबाहीको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो।

त्यसको प्रतिवाद गर्दै राणाले आफू बसेको निजी निवासमा उच्छृङ्खल समूह प्रवेश गरी भौतिक आक्रमण गरेको र घरमा आगजनी हुँदा उनीहरू घाइते समेत भएको उल्लेख गरेकी छन्। यस्तो विषम परिस्थितिमा तत्काल सुरक्षा परिषद्को बैठक बोलाउन नसकिएको उनको जिकिर छ।

आशंकामा आधारित, पूर्वाग्रही तथा आरोपयुक्त रिट निवेदन खारेज गरिदिन राणाले माग गरेकी छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

ईश्वर पोखरेललाई ओलीको जवाफ: बयान दिन जाने–नजाने मेरो कुरा हो, उपाध्यक्षज्यूलाई किन सञ्चो भएन ?

काठमाडौँ । भदौ २३ र २४ का घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा आफू बयान नदिने एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट गरेका छन् । वरिष्ठ उपाध्यक्ष ...

तत्कालिन सीडीओ छवि रिजालको जवाफ: उच्च पदस्थ पदाधिकारीहरूसँग समन्वय गरेरै गोली हान्ने आदेश दिएको हुँ

काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा ‘उच्च पदस्थ पदाधिकारीहरू’सँग समन्वय गरेरै ब...

रवि लामिछाने र छविलाल जोशीको मुद्दा आज पनि ‘हेर्न नमिल्ने’ मा

बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छव...

सर्वाेच्चलाई आरजु राणाको जवाफ: मेरो घरमा नगद जलेको भन्ने हल्ला पूर्णतया अपवाह

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेस नेतृ डा। आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा भएको आगजनीका क्रममा आफ्नो घरमा नग...

सर्वोच्चलाई पूर्वगृहमन्त्री लेखकको जवाफ: जेनजी आन्दोलनमा मेरो कुनै भूमिका छैन

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेनजी आन्दोलनका दौरान गोली चल्नु विषम परिस्थितिको परिणाम भएको दाबी गरेका छन्। उनले प्रदर्शनकारीको मृ...

म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु

म्यान्मा। म्यानमाको अस्पतालमा भएको सैन्य हवाई आक्रमणमा ३० जना भन्दा बढीको ज्यान गएको एक जना सहायता कार्यकर्तालाई उदृत गर्दै एएफपीले जनाएको छ ।  म्य...

धरानमा स्कुल बसको ठक्करले अटो चालकको मृत्यु, एक जना घाइते

धरान। धरान उपमहानगरपालिकामा स्कुल बस र अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा अटोमा सवार एक जना घाइते भएका छन्  ।  बुधबार धरान–१९...

अमेरिकाले जनवरीदेखि ८५ हजारको भिसा रद्द गर्दे

वासिङ्टन डीसी। अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाई गरेपछि सन् २०२५ जनवरीदेखि ८५ हजार भिसा रद्द गरेको घोषणा गरेको छ । सामाजिक सञ्...

आयोगको बोलावटलाई अवज्ञा गर्नु उचित हुँदैन, ओलीले बयान दिनैपर्छ: ईश्वर पोखरेल

काठमाडौं। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाँचबुझ आयोगले बोलाएपछि अध्यक्ष केपी शर्मा ओलीले अनिवार्य रूपमा बयान दिन जानुपर्ने बताएका छन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending