एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र विभिन्न धाराहरू सक्रिय बन्दै गएका छन्। यसैक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूहले शुक्रबार विशेष भेला आयोजना गर्दै छन्।
शुक्रबार बिहान साढे ११ बजेदेखि काठमाडौंको बैंक्वेट हलमा हुने भनिएको सो भेलामा पोखरेल पक्षका युवाहरू ठूलो संख्यामा सहभागी हुनेछन्। महाधिवेशनको समीपता बढ्दै जाँदा आन्तरिक तयारी, शक्ति परिचालन र निर्वाचन प्रक्रियामा भूमिका कस्तो हुने भन्ने विषयमा उनीहरूबीच चिन्तन–मनन प्रारम्भ भएको बताइएको छ।
भेलामा विशेषगरी महाधिवेशनमा नेता तथा प्रतिनिधिहरूको सुरक्षाका विषय, सुरक्षा रणनीति निर्माण, सम्भावित चुनौती पहिचान तथा व्यवस्थापनको कार्ययोजना तयार पार्नेछ। नेतृत्व पक्षधर युवामाथि संयम, शिस्त र व्यवस्थापन क्षमता प्रदर्शन गर्ने गरी दायित्व आउने भएकाले यस सम्बन्धमा विस्तृत छलफल हुने स्रोतले बताएको छ।
युवा समूहका एक सदस्यका अनुसार, पार्टीभित्रको अन्तरिक वातावरण, महाधिवेशनतिर उन्मुख शक्ति समायोजन र भावी नेतृत्व चयनमा सम्भावित प्रभावबारे पनि छलफल हुने अपेक्षा गरिएको छ। साथै, पोखरेलका नजिक रहेका युवा कार्यकर्ताबीच संगठन सुदृढीकरण, मतदाता परिचालन र प्रतिनिधिसँग समन्वय गर्ने कार्यगत विषयमा पनि ध्यान केन्द्रित हुनेछ।
एमालेको महाधिवेशन नजिकिँदै गर्दा विभिन्न पक्षका समूहहरू सक्रिय देखिनु पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा चर्किँदै गएको संकेतका रूपमा पनि हेरिएको छ। पोखरेल पक्षधर युवाहरूको यो भेला महाधिवेशन पूर्वको संगठित शक्ति प्रदर्शनका रूपमा पनि व्याख्या गरिँदै छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: