सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका कमजोरीबाट शिक्षा लिँदै एकीकृत र सशक्त पार्टी निर्माणतर्फ आफूहरू अग्रसर भएको बताएका छन् ।
शुक्रबार वीरेन्द्रनगरमा आयोजित एकता सभालाई सम्बोधन गर्दै संयोजक दाहालले नेता–कार्यकर्ताको उत्साहजनक सहभागितासहित नेकपालाई देशकै एक नम्बर पार्टी बनाउने लक्ष्यका साथ अघि बढ्नुपर्ने बताए । कर्णालीले देखाएको माया, समर्थन र सहभागिताले आफूलाई थप उत्साहित बनाएको उनको भनाइ थियो ।
संयोजक दाहालले १४ भन्दा बढी दल एकतामा आबद्ध हुँदै विगतका कमजोरी सच्याएर अघि बढ्ने संकल्प गरिएको उल्लेख गरे । देशका विभिन्न स्थानमा सम्पन्न एकता सभाहरूमा देखिएको व्यापक सहभागिताले एकता अभियानलाई नयाँ उचाइमा पुर्याउने विश्वास जागेको उनले बताए ।
उनले विसं २०४१/४२ सालदेखि नै पार्टी एकताका विषयमा माधवकुमार नेपालसँग छलफल सुरु भएको स्मरण गर्दै सशस्त्र द्वन्द्वका समयमा पनि निरन्तर संवाद कायम रहेको उल्लेख गरे ।
दाहालले भने, “हामी सुरुदेखि नै एकताका पक्षमा थियौँ । सशस्त्र संघर्ष सुरु भएको दुई वर्षपछि नै देशको विकास र नेपाललाई कसरी उचाइमा पुर्याउन सकिन्छ भन्ने विषयमा हामीबीच छलफल हुँदै आएको थियो । एमाले र माओवादीबीच सहमति भएपछि मात्र १२ बुँदे समझदारी सम्भव भएको हो । करिब ४० वर्षदेखि एकताका प्रयासहरू भइरहेका थिए ।”
कर्णाली क्षेत्र नेपाली सभ्यताको जननी भएको उल्लेख गर्दै संयोजक दाहालले यहाँ जडीबुटी, जलस्रोत र सम्भावनाको विशाल भण्डार रहेको बताए । कर्णालीको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता व्यक्त गर्दै उनले विदेशिएका युवालाई स्वदेश फर्कने वातावरण सिर्जना गर्न पार्टी क्रियाशील रहेको जानकारी दिए ।
एकता सभामा पार्टीका सहसंयोजक माधवकुमार नेपालले अलग–अलग पार्टीलाई एक ठाउँमा ल्याएर राजनीतिमा ऐतिहासिक र महत्त्वपूर्ण काम गरिएको बताए । यसले नेता–कार्यकर्तामात्र होइन, आम जनतामा समेत नयाँ उत्साह थपिएको उनको भनाइ थियो ।
सहसंयोजक नेपालले जनता र देशको हितका पक्षमा काम गर्ने जिम्मेवार राजनीतिक शक्तिका रूपमा नेकपालाई स्थापित गरिने बताए ।
उनले भने, “देशका हरेक महत्त्वपूर्ण मोडमा हामी सही ठाउँमा उभिँदै आएका छौँ । जनतालाई देशको मालिक बनाउने उद्देश्यका साथ लोकतन्त्र र गणतन्त्र स्थापना गरिएको हो । त्यसैले देशको स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्ने देशभक्त पार्टीका रूपमा नेकपालाई स्थापित गर्न हामी दृढताका साथ लागिरहेका छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: