काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
सल्लाघारी चउरमा शनिबार भेला भएका एमाले कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति बाक्लो रहे पनि त्यसभन्दा निकै बढी जनसहभागिता देखिने फोटो प्रचार गरिएको पाइएको छ । उक्त फोटो वास्तविक नभई एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिबाट निर्माण गरिएको देखिन्छ ।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले ‘महाधिवेशनको उद्घाटन समारोह, भक्तपुर सल्लाघारीमा जनसागर उर्लिएको अनुशासित तथा भव्य विशाल सभा’ भन्दै फेसबुकमा सेयर गरेका तस्बिरहरूमध्ये एक फेक फोटो पनि परेको छ । त्यस्तै, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले समेत उक्त फोटो सेयर गरेका थिए, तर पछि हटाएका छन् ।
सल्लाघारीमा शनिबार बिहानैदेखि एमाले कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो । मध्याह्न १२ बजेपछि विभिन्न स्थानबाट जुलुस आउने क्रम सुरु भएसँगै चउरको आधाभन्दा बढी भाग सहभागीले भरिएको थियो ।
दिउँसो २ बजेपछि जुलुस आउने क्रम सकिँदा मञ्चतर्फको क्षेत्र खचाखच देखिनुका साथै पछिल्लो भागमा पनि उल्लेख्य सहभागिता देखिएको थियो ।
त्यस क्रममा केही सञ्चारकर्मीले ड्रोनमार्फत खिचेका तस्बिर र भिडिओमा वास्तविक जनसहभागिता स्पष्ट देखिन्छ, जुन उद्घाटन स्थलको भन्दै प्रचार गरिएको फेक फोटोसँग मेल खाँदैन ।
फेक फोटोमा सल्लाघारीको भौगोलिक संरचनासँग नमिल्ने दृश्य र वास्तविकभन्दा अत्यधिक मानिसको उपस्थिति देखाइएकाले त्यो एआईबाट निर्माण गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
यद्यपि, जनसहभागिता बढाएर देखाउन फेक फोटो प्रयोग गरिएको भए पनि एमालेले विगतमा काठमाडौं उपत्यकामा आयोजना गरेका सभाहरूको तुलनामा शनिबारको महाधिवेशन उद्घाटनमा सहभागिता उल्लेख्य नै रहेको देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १९:००
जनलहर देखाउने होडमा एमाले कार्यकर्ताले फैलाए फेक तस्बिर
मंसिर २८ गते, २०८२ - १८:५६
काठमाडौं । भक्तपुरको सल्लाघारीमा शनिबार आयोजित नेकपा एमालेको ११औँ महाधिवेशन उद्घाटन समारोहको स्थलको भन्दै एउटा ‘फेक’ फोटो सामाजिक सञ्जालमा भाइरल भइरहे...
मंसिर २८ गते, २०८२ - १८:५३
दोलखा । भीमेश्वर नगरपालिका–२ स्थित सामुदायिक तिखातल प्राथमिक विद्यालयमा अध्ययनरत विपन्न तथा सीमान्तकृत थामी समुदायका बालबालिकालाई न्यानो कपडा (ट्रयाक ...
मंसिर २८ गते, २०८२ - १८:५०
काठमाडौं। नेपालको वाम राजनीतिमा फेरि एकपटक एकताको झण्डा फहराउँदै नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको छ। पार्टीका शीर्ष नेताहरूले यसलाई देशक...
मंसिर २८ गते, २०८२ - १८:२१
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी निर्माणतर्फ अघि बढेका हाैं
मंसिर २८ गते, २०८२ - ११:११
काठमाडौँ। आज यो लेख लेख्दा हात काँपिरहेको छ। कलम चलिरहे पनि मन भारी छ। हृदय भित्र एउटा अनकहिँदो पीडा बसी रहेको छ, जुन शब्दमा उतार्न सजिलो छैन। नेपा...
मंसिर २८ गते, २०८२ - १०:५१
काठमाडौँ । नेकपा (एमाले) ले काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । एमालेले व...
मंसिर २८ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हु...
मंसिर २८ गते, २०८२ - १०:४०
काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...
मंसिर २८ गते, २०८२ - १०:४०
भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...




प्रतिकृया लेख्नुहोस्: