काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन लागेको बन्दसत्र निर्धारित समयभन्दा केही ढिलो हुने भएको छ ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केही प्राविधिक तयारी पूरा गर्न बाँकी रहेकाले बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्रमा सामान्य ढिलाइ हुन लागेको हो । उनका अनुसार केन्द्रीय समिति बैठक बस्नुपर्ने भएकाले बन्दसत्रको औपचारिक सुरुआत केही समय पछि मात्र हुनेछ ।
बन्दसत्रस्थलको सुरक्षाका लागि नेपाल प्रहरीले २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । त्यसका साथै एमालेले स्वयंसेवक दस्तासमेत परिचालन गरेको छ । सुरक्षालाई ध्यानमा राख्दै भृकुटीमण्डप चौरको चारै दिशाबाट सर्वसाधारणको आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ ।
महाधिवेशनमा सहभागी प्रतिनिधि तथा सम्बन्धित व्यक्ति बाहेक अन्यलाई भृकुटीमण्डप परिसरभित्र प्रवेश गर्न कडाइका साथ रोक लगाइएको छ ।
महाधिवेशनका कारण सार्वजनिक सडक भने अवरुद्ध नहुने जनाइएको छ । उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीका अनुसार भृकुटीमण्डपभित्र प्रवेश गर्ने सवारीबाहेक अन्य कुनै सडकमा अवरोध छैन । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका सवारीसाधन पार्किङका लागि टुँडिखेलमा व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
महाधिवेशनको बन्दसत्रमार्फत एमालेले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ११:३०
काठमाडौँ । केन्द्रीय चलचित्र जाँचपास समिति (फिल्म सेन्सर बोर्ड)ले नयाँ कार्यविधि ‘चलचित्र जाँच तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ लागु गरेको छ । से...
माघ ३ गते, २०८२ - ११:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षको आधिकारिकता दाबीमाथि निर्वाचन आयोगले अध्ययन सुर...
माघ ३ गते, २०८२ - ११:२४
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...
माघ ३ गते, २०८२ - ११:२१
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । खड्काले नेता शेखर कोइरालासहित आज...
माघ ३ गते, २०८२ - ११:२०
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले आफूहरू नै आधिकारिक पार्टी भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन दिएको छ । कार...
माघ ३ गते, २०८२ - ११:१९
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको हो...
माघ ३ गते, २०८२ - १०:५९
काठमाडौँ । झापा, नवलपरासी र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । झापाको बिर्ताम...
माघ ३ गते, २०८२ - १०:५६
पाेखरा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने भएको छ । कास्कीका सहायक प्रमुख जि...
माघ ३ गते, २०८२ - १०:५५
काठमाडाैं । इरानमा हालै भएका विरोध प्रदर्शनका क्रममा मारिएका व्यक्तिहरूका शव परिवारलाई फिर्ता दिन सरकारी सुरक्षा निकायले ठुलो रकम मागिरहेको खुलासा भएक...
माघ ३ गते, २०८२ - १०:५३
काठमाडौँ । निर्वाचन आयोग परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवाद र सोही सन्दर्भमा नेता–कार्यकर्ताहरू...




प्रतिकृया लेख्नुहोस्: