काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दलका शीर्ष नेताहरू चुनावी तयारीमा जुटिरहेका छन्।
तर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पटक–पटक सांसद तथा मन्त्री बनेका केही नेताहरूले आगामी निर्वाचन नलड्ने स्वघोषणा गरेका छन्। नेपाली कांग्रेसका नेता बद्री पाण्डे, रामनाथ अधिकारी र राजन केसीले चुनाव नलड्ने घोषणा गरेका हुन् । जेनजी आन्दोलनका बेला पाण्डे पर्यटन मन्त्रालय र अधिकारी कृषि मन्त्रालयको जिम्मेवारीमा रहेका थिए केसी भने पूर्वमन्त्री भए पनि आन्दोलनका बेला सांसदको भूमिकामै रहेका थिए ।
नेकपा (एमाले) उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पनि पार्टी पदाधिकारी र आगामी निर्वाचन दुवै नलड्ने घोषणा गर्नुभएको पार्टी नेता महेश बस्नेतले जानकारी दिए । शाक्य २०५६ र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित हुनुका साथै दुई पटक मन्त्री र २०७४ सालमा बागमती प्रदेशकी पहिलो मुख्यमन्त्री बनेका थिए । उपाध्यक्ष ज्ञवाली २०५४ सालमा राष्ट्रिय सभा सदस्य, २०७० सालमा समानुपातिक सांसद तथा एक पटक मन्त्री बनेका थिए ।
एमालेका केन्द्रीय सदस्य भूपेन्द्र थापा र पोलिटब्युरो सदस्य दलबहादुर रानाले पनि चुनाव नलड्ने घोषणा गरिसकेका छन् । थापा २०७४ सालमा म्याग्दीबाट निर्वाचित सांसद हुनुहुन्थ्यो भने राना पाल्पाबाट २०५१, २०७० र २०७४ सालमा निर्वाचन जितेका पूर्वमन्त्री हुन् । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अरू नेतालाई अवसर दिन चुनाव नलड्ने घोषणा सकारात्मक पक्ष भएको प्रतिक्रिया दिएका छन् ।
नेकपाका नेता हरिबोल गजुरेलले एउटै व्यक्ति लामो समय प्रधानमन्त्री, मन्त्री र सांसद बन्न नहुने धारणा व्यक्त गरे । जेनजी आन्दोलनको भावनाअनुसार मन्त्री र सांसद बनेका व्यक्तिहरूले आगामी निर्वाचन नलडी युवालाई अवसर दिनुपर्ने उनको भनाइ छ।
कांग्रेस नेता बद्री पाण्डेले एउटै क्षेत्रमा एउटै नेता सधैँ चुनाव लड्ने परम्परा तोड्न आफूले चुनाव नलड्ने निर्णय गरेको बताए। निर्वाचनमा उम्मेदवारी पार्टीले दिने र नेतृत्व पुस्तान्तरण हुनुपर्ने मान्यता स्थापित गर्न खोजिएको उनको भनाइ छ।
यस्तै, राजन केसीले निरन्तर सांसद र मन्त्री हुँदा नेतृत्व विकास अवरुद्ध हुने र युवाले अवसर नपाउने भएकाले चुनाव नलड्ने निर्णय गरेको बताए। केसी काठमाडौँ क्षेत्र नम्बर १० बाट तीन पटक सांसद निर्वाचित भएका थिए ।
पूर्वमन्त्री रामनाथ अधिकारीले पनि जेनजी आन्दोलनको भावना आत्मसात गर्दै अब चुनाव नलड्ने घोषणा गरे । पटक–पटक निर्वाचन लडेका र एक पटक मन्त्री बनेका आफूजस्तै नेताहरूले अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने उनको धारणा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: