काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया सुरु भए पनि संस्थापन पक्षले पदाधिकारीको अन्तिम टुंगो लगाउन सकेको छैन। आइतबार रातभर नेताहरु भित्री छलफलमा व्यस्त रहेका भएपनि अझै पदाधिकारीको अन्तिम टुंगो लाग्न नसकेकेा हाे ।
महासचिव पदमा अध्यक्ष केपी शर्मा ओलीले शंकर पोखरेललाई अघि सार्ने चाहना राख्दा पनि प्रदीप ज्ञवालीले ‘महासचिवको उम्मेदवार नबने केन्द्रीय सदस्य मात्र बन्ने’ अडान कायमै राखेका छन् । यसले ओली–पोखरेल र ज्ञवालीबीच आन्तरिक टकराव बढाएको छ।
महासचिवका अर्का दाबेदार पृथ्वीसुब्बा गुरुङ उपाध्यक्ष बन्ने तयारीमा छन्, तर शंकर पोखरेलको विकल्प खोज्नुपर्ने अडान उनी पनि राखेका छन्। संस्थापन पक्षबाट उपाध्यक्षमा बिष्णु पौडेल र रामबहादुर थापा ‘बादल’को उम्मेदवारी पक्का भएको छ।
हाल उपाध्यक्ष गुरु बराललाई अनुशासन आयोगको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत हुँदा उपाध्यक्ष पदमा टुंगो लाग्न सकेको छैन। उपमहासचिवमा बिष्णु रिमाल, रघुवीर महासेठ, छबिलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्यालमध्ये ३ जनाको चयनमा छलफल जारी छ।
सचिव पदका लागि कोशी प्रदेशबाट शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल; बागमतीबाट महेश बस्नेत, शेरबहादुर तामाङ, माधव ढुंगेल; गण्डकीबाट खगराज अधिकारी; कर्णालीबाट यमलाल कडेल र गोरखबहादुर बोगटी; सुदूरपश्चिमबाट गणेश ठगुन्ना; र घरफर्क अभियानबाट रामकुमारी झाँक्रीलगायतको नाममा अझै अन्तिम टुंगो लाग्न सकेको छैन।
नेताहरुबीच टुंगो लाग्न नसक्दा ओलीपक्षभित्रै भित्री तिनचाडमछाड र असहमति जारी छ, जसले आगामी महाधिवेशनको नेतृत्व चयनमा ठूलो अनिश्चितता सिर्जना गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: