काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अनुहारहरू उत्साहित छन्, र पार्टीभित्र आफ्नो प्रभाव सृजना गर्ने अवसर पाएका छन्।
केन्द्रीय कमिटीमा प्रवेश गर्ने युवा नेतामध्ये प्रमुख हुन् काठमाडौँ महानगरकी उपमेयर सुनिता डङ्गोल। स्पष्ट वक्ता तथा मोटिभेसन स्पिकरका रूपमा परिचित डङ्गोल महानगरमा मेयर बालेनसँगको द्वन्द्वमा कहिले पार्टीको पक्षमा, कहिले सहकार्य गर्दै आफ्नो स्थान बनाइरहेकी छिन्। प्रतिनिधि मनोनयनपछि उनको केन्द्रीय सदस्य बन्ने बाटो खुलेको छ।
त्यसैगरी ललितपुर उपमहानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य पनि केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउँदैछिन्। मनोनयनसँगै उनको बाटो पनि खुला भएको छ।
यसपटक केन्द्रीय सदस्यमा प्रवेश गर्ने अर्को चर्चित युवा नेता हुन् सुहाङ नेम्वाङ, जो १०औँ महाधिवेशनमा उपाध्यक्ष रहिसकेका सुवास नेम्वाङका छोरा हुन्। २०८० मा बाबुको निधनपछि इलाम–२ बाट सांसद बनेका सुहाङ महाधिवेशन स्थलमा धेरैको ध्यान केन्द्रित गर्दै एमालेको केन्द्रीय कमिटीमा जाने निश्चित जस्तो देखिन्छ।
त्यस्तै अब्दुस मियाँ पनि पार्टीभित्रका सेलिब्रेटी नेता हुन्, जो २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनाव लडेका थिए।
यस्तै, बागलुङका अध्यक्ष हिराबहादुर केसी दोस्रो कार्यकालपछि यसपटक केन्द्रीय सदस्यमा प्रवेश गर्ने तयारीमा छन्। एमालेभित्र सशक्त दाबीदारका रूपमा चिनिने केसीका साथै नौ जिल्लाका अध्यक्षहरू पनि केन्द्रीय सदस्य बन्ने चाहना राखेका छन्।
महाधिवेशनले पार्टीमा युवा नेतृत्वको थप मजबुती र नयाँ अनुहारहरूको सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: