काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अनुहारहरू उत्साहित छन्, र पार्टीभित्र आफ्नो प्रभाव सृजना गर्ने अवसर पाएका छन्।
केन्द्रीय कमिटीमा प्रवेश गर्ने युवा नेतामध्ये प्रमुख हुन् काठमाडौँ महानगरकी उपमेयर सुनिता डङ्गोल। स्पष्ट वक्ता तथा मोटिभेसन स्पिकरका रूपमा परिचित डङ्गोल महानगरमा मेयर बालेनसँगको द्वन्द्वमा कहिले पार्टीको पक्षमा, कहिले सहकार्य गर्दै आफ्नो स्थान बनाइरहेकी छिन्। प्रतिनिधि मनोनयनपछि उनको केन्द्रीय सदस्य बन्ने बाटो खुलेको छ।
त्यसैगरी ललितपुर उपमहानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्य पनि केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउँदैछिन्। मनोनयनसँगै उनको बाटो पनि खुला भएको छ।
यसपटक केन्द्रीय सदस्यमा प्रवेश गर्ने अर्को चर्चित युवा नेता हुन् सुहाङ नेम्वाङ, जो १०औँ महाधिवेशनमा उपाध्यक्ष रहिसकेका सुवास नेम्वाङका छोरा हुन्। २०८० मा बाबुको निधनपछि इलाम–२ बाट सांसद बनेका सुहाङ महाधिवेशन स्थलमा धेरैको ध्यान केन्द्रित गर्दै एमालेको केन्द्रीय कमिटीमा जाने निश्चित जस्तो देखिन्छ।
त्यस्तै अब्दुस मियाँ पनि पार्टीभित्रका सेलिब्रेटी नेता हुन्, जो २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनाव लडेका थिए।
यस्तै, बागलुङका अध्यक्ष हिराबहादुर केसी दोस्रो कार्यकालपछि यसपटक केन्द्रीय सदस्यमा प्रवेश गर्ने तयारीमा छन्। एमालेभित्र सशक्त दाबीदारका रूपमा चिनिने केसीका साथै नौ जिल्लाका अध्यक्षहरू पनि केन्द्रीय सदस्य बन्ने चाहना राखेका छन्।
महाधिवेशनले पार्टीमा युवा नेतृत्वको थप मजबुती र नयाँ अनुहारहरूको सहभागिता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: