३०१ पदका लागि ६०३ उम्मेदवारी,
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा आगामी नेतृत्व चयनका लागि तीव्र प्रतिस्पर्धा सुरु भएको छ। ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६०३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।
भृकुटीमण्डपमा जारी बन्दसत्रमा सोमबार पदाधिकारीसहित केन्द्रीय कमिटीका विभिन्न पदमा उम्मेदवारी दर्ता भएको हो। आज पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय कमिटीको निर्वाचन हुँदैछ।
दुई पटक अध्यक्ष भइसकेका ओली तेस्रो कार्यकालका लागि पुनः प्रतिस्पर्धामा छन्। उनले आफ्नो प्यानलको महासचिवमा शंकर पोखरेललाई निरन्तरता दिएका छन्। पोखरेललाई महासचिव बनाइएपछि उपमहासचिव प्रदीप ज्ञवाली असन्तुष्ट बनेका छन्। ज्ञवालीले उपाध्यक्षको उम्मेदवारी अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन्।
ओली प्यानलबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बनेका छन्। पौडेल, थापा र बराल यसअघि पनि उपाध्यक्ष थिए भने महासचिवका आकांक्षी गुरुङलाई उपाध्यक्षमा सीमित गरिएको छ।
उपमहासचिवमा ओली प्यानलबाट रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल उम्मेदवार छन्। यसअघि सचिव रहेका महासेठ र भट्टलाई उपमहासचिवमा ल्याइएको हो। भट्टले सचिवमा उम्मेदवारी अस्वीकार गरेपछि अन्तिम समयमा समीकरण फेरिएको थियो।
महाधिवेशन निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार पदाधिकारी र केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेको हो। अध्यक्ष (१) मा २, उपाध्यक्ष (५) मा ११, महासचिव (१) मा २, उपमहासचिव (३) मा ७ र सचिव (९) मा २० जनाले उम्मेदवारी दिएका छन्। पदाधिकारीका अधिकांश उम्मेदवारले केन्द्रीय सदस्यमा पनि मनोनयन दर्ता गराएका छन्।
यसैबीच केही पदमा निर्विरोध चयन भएका छन्। मुस्लिम महिला कोटाबाट खाजिदा खातुन सिद्धिकी, प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे, अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा राजेश घिमिरे निर्विरोध भएका छन्। लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल, उपाध्यक्ष धनेन्द्रराज घिमिरे र सचिव ईश्वरीप्रसाद खरेल पनि निर्विरोध चयन भएका छन्। ४० वर्षमुनिका केन्द्रीय सदस्यतर्फ नरेश रोकाया र सुशीलकुमार थापा निर्विरोध भएका छन्।
महाधिवेशन निर्वाचन आयोगका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी ‘क्लस्टर प्रणाली’ अनुसार चयन हुनेछ। ४० वर्ष ननाघेका युवाका लागि ५ प्रतिशत अर्थात् १५ सिट छुट्याइएको छ। केन्द्रीय कमिटीमा १९ पदाधिकारी रहनेछन् भने पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ३३ सदस्यीय हुनेछ।
एमालेको नेतृत्व चयन प्रक्रियाले पार्टीभित्रको शक्ति सन्तुलन, पुस्तान्तरण र आन्तरिक संघर्षको दिशा तय गर्ने भएकाले महाधिवेशनलाई निर्णायक रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १०:२४
तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...
पौष १ गते, २०८२ - १०:२२
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...
पौष १ गते, २०८२ - १०:१९
मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...
पौष १ गते, २०८२ - १०:१४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...
पौष १ गते, २०८२ - १०:०५
चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...
पौष १ गते, २०८२ - १०:०५
म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...
पौष १ गते, २०८२ - १०:०४
काठमाडौँ । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...
पौष १ गते, २०८२ - ०९:५९
घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन
पौष १ गते, २०८२ - ०९:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...
पौष १ गते, २०८२ - ०९:४७
काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...




प्रतिकृया लेख्नुहोस्: