Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

एमाले महाधिवेशनमा शक्ति संघर्ष उत्कर्षमा

३०१ सिटका लागि ६०३ भिडन्त: एमाले नेतृत्वमा खुला युद्ध, ओली–पोखरेल दुई प्यानल आमनेसामने

खबरडबली संवाददाता

 

३०१ पदका लागि ६०३ उम्मेदवारी, 

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा आगामी नेतृत्व चयनका लागि तीव्र प्रतिस्पर्धा सुरु भएको छ। ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६०३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

भृकुटीमण्डपमा जारी बन्दसत्रमा सोमबार पदाधिकारीसहित केन्द्रीय कमिटीका विभिन्न पदमा उम्मेदवारी दर्ता भएको हो। आज पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय कमिटीको निर्वाचन हुँदैछ।

दुई पटक अध्यक्ष भइसकेका ओली तेस्रो कार्यकालका लागि पुनः प्रतिस्पर्धामा छन्। उनले आफ्नो प्यानलको महासचिवमा शंकर पोखरेललाई निरन्तरता दिएका छन्। पोखरेललाई महासचिव बनाइएपछि उपमहासचिव प्रदीप ज्ञवाली असन्तुष्ट बनेका छन्। ज्ञवालीले उपाध्यक्षको उम्मेदवारी अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन्।

ओली प्यानलबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ उम्मेदवार बनेका छन्। पौडेल, थापा र बराल यसअघि पनि उपाध्यक्ष थिए भने महासचिवका आकांक्षी गुरुङलाई उपाध्यक्षमा सीमित गरिएको छ।

उपमहासचिवमा ओली प्यानलबाट रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल उम्मेदवार छन्। यसअघि सचिव रहेका महासेठ र भट्टलाई उपमहासचिवमा ल्याइएको हो। भट्टले सचिवमा उम्मेदवारी अस्वीकार गरेपछि अन्तिम समयमा समीकरण फेरिएको थियो।

महाधिवेशन निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार पदाधिकारी र केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ उम्मेदवारी परेको हो। अध्यक्ष (१) मा २, उपाध्यक्ष (५) मा ११, महासचिव (१) मा २, उपमहासचिव (३) मा ७ र सचिव (९) मा २० जनाले उम्मेदवारी दिएका छन्। पदाधिकारीका अधिकांश उम्मेदवारले केन्द्रीय सदस्यमा पनि मनोनयन दर्ता गराएका छन्।

यसैबीच केही पदमा निर्विरोध चयन भएका छन्। मुस्लिम महिला कोटाबाट खाजिदा खातुन सिद्धिकी, प्रवास दक्षिण एसियाबाट हरिप्रसाद घिमिरे, अनुशासन आयोगको अध्यक्षमा प्राडा भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा राजेश घिमिरे निर्विरोध भएका छन्। लेखा आयोगका अध्यक्ष पुष्पराज कँडेल, उपाध्यक्ष धनेन्द्रराज घिमिरे र सचिव ईश्वरीप्रसाद खरेल पनि निर्विरोध चयन भएका छन्। ४० वर्षमुनिका केन्द्रीय सदस्यतर्फ नरेश रोकाया र सुशीलकुमार थापा निर्विरोध भएका छन्।

महाधिवेशन निर्वाचन आयोगका अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी ‘क्लस्टर प्रणाली’ अनुसार चयन हुनेछ। ४० वर्ष ननाघेका युवाका लागि ५ प्रतिशत अर्थात् १५ सिट छुट्याइएको छ। केन्द्रीय कमिटीमा १९ पदाधिकारी रहनेछन् भने पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ३३ सदस्यीय हुनेछ।

एमालेको नेतृत्व चयन प्रक्रियाले पार्टीभित्रको शक्ति सन्तुलन, पुस्तान्तरण र आन्तरिक संघर्षको दिशा तय गर्ने भएकाले महाधिवेशनलाई निर्णायक रूपमा हेरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending