तीन वटा ब्लकमा विभाजन गरेर गरिने यस गणनाका लागि २ हजार ३ सय स्वचालित क्यामरा प्रयोग गरिँदैछन्। करिब ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाघको बासस्थान, संख्या र आहार प्रजातिबारे अध्ययन तथा अनुगमन गरिनेछ।
यसअघि सन् २०२२ मा सम्पन्न चौथो गणनामा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो। यसपटक क्यामराको संख्या बढाइएकाले तथ्यांक अझै यथार्थपरक हुने अपेक्षा गरिएको छ। बाघ गणना चैत महिनासम्म सञ्चालन हुनेछ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ (WWF) र जेडएसएल (ZSL) लगायतका संस्थाको सहकार्यमा गणना हुँदैछ। देशभर करिब २ सय ५० जना दक्ष जनशक्ति गणनामा खटिनेछन्।
नेपालमा सन् २००९ देखि स्वचालित क्यामरा ट्र्यापिङ विधिबाट बाघको संख्या यकिन गरिँदै आएको छ। पाँचौँ राष्ट्रिय बाघ गणनाको नतिजा सन् २०२६ जुलाई २९ मा पर्ने विश्व बाघ दिवसका अवसरमा सार्वजनिक गरिनेछ।
सन् २०२२ मा गरिएको पछिल्लो गणनाअनुसार नेपालमा ३ सय ५५ वटा बाघ रहेका थिए। यसपटकको गणनाले संरक्षण प्रयासको प्रभावकारिता मूल्याङ्कन गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १६ गते, २०८२ - २१:४४
काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...
चैत्र १६ गते, २०८२ - २१:२१
सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...
चैत्र १६ गते, २०८२ - २१:२०
झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...
चैत्र १६ गते, २०८२ - २१:१७
धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...
चैत्र १६ गते, २०८२ - २१:१४
काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...
चैत्र १६ गते, २०८२ - २१:०४
काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...
चैत्र १६ गते, २०८२ - २०:३३
काठमाडाेैं । सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...
चैत्र १६ गते, २०८२ - २०:३०
काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...
चैत्र १६ गते, २०८२ - २०:२८
काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...
चैत्र १६ गते, २०८२ - १८:५१
काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...


प्रतिकृया लेख्नुहोस्: