काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग नहोस् भन्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारिएको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगसम्बन्धी कडाइ गरिएको हो।
आयोगका अनुसार राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा अधिकतम १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउनेछन्। आवश्यकताभन्दा बढी झण्डा प्रयोग भई दुरुपयोग नहोस् भन्ने आयोगको मनसाय रहेको छ।
प्रस्तावित आचारसंहितामा दल वा उम्मेदवारको कार्यालयमा तीन×चार फिटको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइने उल्लेख छ। तर प्रचारप्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य तथा श्रव्यदृश्य सामग्री प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
यस्तै, दल वा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइनेछ। घरदैलो अभियानमा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस निकाल्न नपाइने तथा बाजागाजा र झाँकीसहित प्रचार गर्न निषेध गरिने प्रस्ताव छ।
अनलाइन, वेबपेज, टिभी, स्क्रोलिङ, सपिङ मल, कल सेन्टर, बैंकका एटिएम, सडक नाटकलगायत माध्यमबाट प्रचार गर्न नपाइने व्यवस्था गरिएको छ। यद्यपि, राजनीतिक दल वा उम्मेदवारले एउटा निजी तथा आधिकारिक वेबपेजमा मात्रै प्रचार सामग्री राख्न सक्नेछन्।
दलको झण्डा वा चुनाव चिन्हको तोरण सार्वजनिक रूपमा प्रदर्शन गर्न, भित्तेलेखन गर्न तथा विभिन्न सवारी साधन प्रयोग गरी र्याली वा प्रचार गर्न पनि निषेध गरिने प्रस्ताव गरिएको छ।
आयोगले यी व्यवस्थाले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।चुनावी प्रचारमा झण्डा प्रयोग सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
काठमाडौँ — निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा अत्यधिक झण्डा प्रयोग नहोस् भन्ने उद्देश्यसहित नयाँ व्यवस्था प्रस्ताव गरेको छ। आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारिएको प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगसम्बन्धी कडाइ गरिएको हो।
आयोगका अनुसार राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस, कोणसभा वा घरदैलो कार्यक्रममा अधिकतम १० वटा मात्रै झण्डा प्रयोग गर्न पाउनेछन्। आवश्यकताभन्दा बढी झण्डा प्रयोग भई दुरुपयोग नहोस् भन्ने आयोगको मनसाय रहेको छ।
प्रस्तावित आचारसंहितामा दल वा उम्मेदवारको कार्यालयमा तीन×चार फिटको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न पाइने उल्लेख छ। तर प्रचारप्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य तथा श्रव्यदृश्य सामग्री प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।
यस्तै, दल वा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइनेछ। घरदैलो अभियानमा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस निकाल्न नपाइने तथा बाजागाजा र झाँकीसहित प्रचार गर्न निषेध गरिने प्रस्ताव छ।
अनलाइन, वेबपेज, टिभी, स्क्रोलिङ, सपिङ मल, कल सेन्टर, बैंकका एटिएम, सडक नाटकलगायत माध्यमबाट प्रचार गर्न नपाइने व्यवस्था गरिएको छ। यद्यपि, राजनीतिक दल वा उम्मेदवारले एउटा निजी तथा आधिकारिक वेबपेजमा मात्रै प्रचार सामग्री राख्न सक्नेछन्।
दलको झण्डा वा चुनाव चिन्हको तोरण सार्वजनिक रूपमा प्रदर्शन गर्न, भित्तेलेखन गर्न तथा विभिन्न सवारी साधन प्रयोग गरी र्याली वा प्रचार गर्न पनि निषेध गरिने प्रस्ताव गरिएको छ।
आयोगले यी व्यवस्थाले निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
प्रतिकृया लेख्नुहोस्: