Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

खबरडबली संवाददाता

सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन समस्या भएको छ ।

पर्याप्त बजेट स्रोतको अभावका साथै भएको सीमित बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा क्षति भएका भवन संरचनालाई मर्मत सम्भार गरेर पुरानै अवस्थामा फर्काउन समस्या भएको हो ।

कम क्षति पुगेका भवनका कोठाको मर्मत र रङ्गरोगनको काम गरेर मन्त्रालय तथा अन्य कार्यालयले नियमित काम भने पहिले नै सुरु गरिसकेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नवराज ओझाले प्रचलित नियम र प्रक्रियाभित्र रहेर मर्मतसम्भारको काम गर्नुपर्ने र बजेट पनि पर्याप्त नभएकोले क्षति पुगेका संरचनाको मर्मत सम्भार गर्न सकस भइरहेको बताए ।

“बस्न मिल्ने कोठाको सरसफाई र समान्य मर्मत गरेर जसोतसो काम चलाइरहेका छौँ” उनले भने, “चालु वर्षको बजेटमा मर्मत सम्भार शीर्षकमा छुट्याइएको बजेट निकै कम छ, तर आन्दोलनमा पुगेको क्षतिको मूल्याङ्कन निकै बढी भएकोले पर्याप्त बजेट अभावमा समयमै मर्मत गर्न ढिलाइ भएको छ ।”

भवन संरचनाको मर्मत सम्भारका लागि प्रदेशका मन्त्रालय तथा कार्यालयले चालु वर्षको बजेट रकमलाई रकमान्तर गर्नका लागि आर्थिक मामिला मन्त्रालयमा पत्राचार गरेको बताइएको छ । जेनजी घटनापछिको परिस्थितिमा खर्च कटौती गरेर मितव्ययी ढङ्गले जानुपर्ने परिपत्र नेपाल सरकारले प्रदेश सरकारलाई गरेको थियो ।

घटना लगत्तै प्रदेश सरकारले पनि रु १० लाखभन्दा कम रकम विनियोजन भएका आयोजना कार्यान्वयन नगर्ने, प्रदेश सरकार मातहतका निकायबाट सञ्चालन हुने कुनै पनि आयोजना उपभोक्त समितिमार्फत् कार्यान्वयन नगर्ने नगराउने, बैठक भत्ता, भ्रमण भत्ता, अनुगमन तथा मूल्याङ्कन खर्च, तालिम, गोष्ठितर्फ विनियोजित बजेटको ५० प्रतिशत कटौति गर्नेलगायतका निर्णय गरेको थियो ।

आगजनी र तोडफोडका कारण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालय, मातहतका विभिन्न कार्यालय, प्रदेशसभा सचिवालयलगायतका भवनका धेरै कोठा बस्न नमिल्ने गरी क्षति पुगेको छ ।

सुदूरपश्चिम प्रदेशसभाको भवनमा क्षतिपुगेपछि लामो समयदेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । प्रदेशसभा सचिवालय, विधायन शाखाका प्रमुख भूरीप्रकाश जोशीले मर्मतका लागि पर्याप्त बजेट स्रोतको अभाव रहेको र भएको बजेटबाट पनि खर्च गर्ने प्रक्रिया लामो हुँदा मर्मत सम्भारमा ढिलाइ भइरहेको बताए ।

यद्यपि प्रदेशसभाको भवनलाई बस्न मिल्नेगरी मर्मत गरेर प्रदेशसभाको बैठक यही पुस महिनाभित्र सुचारु गर्न पहल भइरहेको छ ।आगजनी र तोडफोडबाट क्षति पुगेको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालय अर्को भवनमा सारिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा क्षति पुगेका कोठाको मर्मत एवं रङ्गरोगन गरेर काम चलाइएको छ ।

सङ्घीय सरकार मातहतका जिल्ला प्रशासन कार्यालय, भन्सार, आन्तरिक राजश्व, लगायतका कार्यालयले क्षति पुगेका कोठाको समान्य मर्मत गरेर सेवा प्रवाह सुरु गरिसकेका थिए । ठूलो क्षति पुगेका भवन संरचनाको मर्मत सम्भारमा भने अझैँ हुन सकेको छैन ।

जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडबाट कैलाली जिल्लामा सङ्घीय सरकार मातहतका २१ भवनमा क्षति पुगेको थियो । क्षतिपुगेर प्रयोग गर्न नमिल्ने अवस्थाका कतिपय भवनका कोठामा रातो स्टिकर टाँस गरिएको छ ।

सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका वरिष्ठ इन्जिनीयर झङ्कर थापाले भने, “सङ्घीय सरकार मातहतका २१ भवनमा क्षति पुगेको छ, क्षति पुगेका कतिपय भवनका कोठा प्रयोग गर्न नमिल्ने देखिएकोले ‘आंशिक रेड स्टिकर’ टाँस गरेका छौँ ।”

जेनजी प्रदर्शनका क्रममा कैलाली जिल्लामा सरकारी कार्यालय, राजनैतिक दलका कार्यालय, निजी घरसमेत १३७ भवनमा आगजनी र तोडफोड भएको थियो । ६६४ सवारी साधन नष्ट भएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending