काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक हुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालबहाक सवारी टिपर सञ्चालनमा नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले टिपरको ओभरलोड लगायतका विषयमा नियमन गर्ने चार बुँदे निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको नदीजन्य पदार्थ ढुवानी तथा ट्राफिक व्यवस्थापनमासम्बन्धी सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले काभ्रेपलाञ्चोकको विभिन्न स्थानीय तहभित्र सञ्चालित नदीजन्य पदार्थ खानी तथा क्रसर उद्योग एवं हाल सञ्चालित आयोजनाका लागि निर्माण सामग्री (ढुङ्गा, गिट्टी, बालुवा) लोड गर्दा ओभरलोड गरेको र सिधैँ खोलाबाट पानी सहितको निर्माण सामग्री लोड गरी पक्की सडकमा पानी चुहाउँदै गुडेका कारणले सडक, सुरक्षा, ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएकाले अब उप्रान्त खानी सञ्चालक र टिपर व्यवसायीबाट ओभरलोड नगरी पानीसहितको निर्माण सामग्री ढुवानी नगर्ने/नगराउने व्यवस्था गर्ने निर्णय गरेको छ ।
यस्तै निर्माण सामग्री ओसारपसार गर्ने सवारी पासअनुमति लिएका केही टिपरले पासको दुरुपयोग गरी सम्बन्धित आयोजना/योजनामा निर्माण सामग्री नलगी अन्यत्रसमेत लैजाने गरेका पाइएकाले सम्बन्धित आयोजना/योजना प्रमुखले त्यस्तो दुरुपयोग नहुने व्यवस्था कडाइकासाथ मिलाउने निर्णयमा उल्लेख गरिएको छ ।
यसैगरी निर्णय कार्यान्वयनार्थ निर्माण सामग्री ढुवानी पास नलिएका टिपरका सम्बन्धमा टिपर व्यवसायी सङ्घमार्फत सम्बन्धित टिपर धनीलाई जानकारी गराउने र खानी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिद्वारा प्रभावकारी अनुगमन गर्ने/गराउने निर्णय भएको हो ।
बैठकमा आनी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख तथा सूर्यविनायक–साँगा, धुलिखेल–साँगा खण्ड निर्माण कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । चार बुँदे निर्णयमा निर्णयानुसारको व्यवस्था नगरेमा प्रचलीत कानुन बमोजिम कारबाहीसमेत हुने भनिएको छ ।
टिपरलाई तोकिएका आयोजना बाहेकका निर्माण सामग्री ढुवानीका लागि काभ्रेमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन अनुमति दिइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: