Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

खबरडबली संवाददाता

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गर्दै बिहीबार गम्भीर चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार सन् २०२३ देखि सुडानको नियमित सेनासँग लडाइँमा संलग्न आरएसएफले गरेको उक्त आक्रमण अत्यन्तै क्रूर र अमानवीय रहेको छ । कार्यालयले आक्रमणका क्रममा व्यापक हत्या, यौन हिंसा, यातना तथा अपहरणका घटनाहरू भएको विस्तृत रूपमा दस्तावेज गरेको जनाएको छ ।

अप्रिल ११ देखि १३ तारिखको बीचमा भएको उक्त आक्रमणमा ‘कम्तीमा एक हजार १३ जना सर्वसाधारणको हत्या भएको पुष्टि गरिएको’ संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ । यसका साथै ‘कम्तीमा ३१९ जनालाई संक्षिप्त रूपमा मृत्युदण्ड दिइएको’ तथ्यसमेत प्रमाणित भएको बताइएको छ ।

मानव अधिकार कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केही व्यक्तिलाई आरएसएफले घर–घरमा खोजी गर्दै उनीहरूकै घरभित्र हत्या गरियो भने अरूलाई मुख्य बजार, विद्यालय, स्वास्थ्य केन्द्र तथा मस्जिदजस्ता सार्वजनिक स्थलहरूमा मारियो ।” यसले आक्रमणको भयावहता र योजनाबद्ध प्रकृतिलाई उजागर गरेको छ ।

आक्रमणका कारण जामजाम आइडिपी शिविरका चार लाखभन्दा बढी बासिन्दा पुनः विस्थापित हुन बाध्य भएका छन् । पहिले नै द्वन्द्वका कारण विस्थापनको पीडा भोगिरहेका नागरिकहरू फेरि घरबारविहीन बन्नुपरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

यो आक्रमण पश्चिमी डार्फर क्षेत्रमा रहेको सुडानी सेनाको अन्तिम गढ मानिने एल–फासेर सहर कब्जा गर्न अर्धसैनिक बलले बढाएको दबाबको एक अंश थियो । आरएसएफले उक्त सहर अक्टोबरको अन्त्यतिर नियन्त्रणमा लिएको थियो, जसका क्रममा थप सामूहिक हत्या, यौन हिंसा, अपहरण र लुटपाटका घटनाहरू भएको रिपोर्ट गरिएको थियो ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले विज्ञप्तिमा भनेका छन्, “नागरिक वा लडाइँ बाहिर रहेका व्यक्तिहरूको यसरी जानाजानी हत्या गर्नु हत्यासम्बन्धी युद्ध अपराध हुन सक्छ ।” उनले जामजाम आइडिपी शिविरमा भएको आक्रमणको निष्पक्ष, गहन र प्रभावकारी अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् ।

टर्कले भने, “अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घनमा संलग्न व्यक्तिहरूलाई निष्पक्ष कानूनी प्रक्रियाभित्र ल्याई जिम्मेवार ठहर गरिनुपर्छ र सजाय दिनुपर्छ ।” उनले पीडितहरूका लागि न्याय सुनिश्चित गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा दायित्व भएको उल्लेख गरे ।

यो प्रतिवेदन येल विश्वविद्यालयले सार्वजनिक गरेको एक अध्ययनको दुई दिनपछि आएको हो, जसमा आरएसएफले एल–फासेरमाथि नियन्त्रण लिएपछि उनीहरूले गरेको सामूहिक हत्याका प्रमाणहरू नष्ट र लुकाउने प्रयास गरेको पाइएको थियो । उक्त अध्ययनले यौन हिंसाको सुनियोजित ढाँचासमेत उजागर गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार अप्रिल ११ देखि मे २० को बीचमा कम्तीमा १०४ जना पीडितमाथि यौन आक्रमण भएको पुष्टि गरिएको छ । तीमध्ये ७५ जना महिला, २६ जना किशोरी र तीन जना किशोर रहेका छन् । उनीहरू प्रायः जाघावा जातीय समुदायका थिए ।

कार्यालयका अनुसार ती पीडितहरू बलात्कार, सामूहिक बलात्कार तथा यौन दासत्वजस्ता भीषण यौन हिंसाको सिकार बनेका थिए । यी घटनाहरू शिविरमाथि आक्रमण भइरहँदा मात्र नभई, सुरक्षित स्थानतर्फ भाग्ने क्रममा प्रयोग गरिएका बाहिरिने मार्गहरूमा पनि भएका थिए ।

टर्कले भने , “यस प्रतिवेदनका निष्कर्षहरूले सुडानमा चलिरहेको अत्याचार र हिंसाको चक्र अन्त्य गर्न द्रुत र निर्णायक कारबाही आवश्यक रहेको कुरा फेरि एकपटक स्पष्ट रूपमा सम्झाएका छन् ।” उनले अन्तर्राष्ट्रिय समुदायको उदासीनताप्रति चिन्ता व्यक्त गरे ।

उनले भने , “संसारले पछाडि बसेर सुडानमा यस्ता क्रुरता दिनप्रतिदिन सामान्य घटनाजस्तै हुँदै गएको दृश्य हेरेर बस्न मिल्दैन ।” रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending