Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

खबरडबली संवाददाता

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नपरेको दाबी गरेको छ । बुधबार काराकासले सार्वजनिक प्रतिक्रिया दिँदै तेल व्यापार सामान्य रूपमा जारी रहेको स्पष्ट पारेको हो ।

मङ्गलबार ट्रम्पले भेनेजुएलाबाट भित्र–बाहिर हुने सबै तेल ट्याङ्करहरूलाई लक्षित गर्दै ‘पूर्ण र सम्पूर्ण अवरोध’ लगाएको घोषणा गरेको थियो । यो कदमलाई अधिनायकवादी वामपन्थी राष्ट्रपति निकोलस मदुरोविरुद्ध महिनौँदेखि चलिरहेको सैन्य तथा आर्थिक दबाब अभियानको पछिल्लो कडीका रूपमा हेरिएको छ ।

विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डार रहेको भेनेजुएलाले भने यस्तो घोषणाले आफूलाई नछोएको बताएको छ । राज्य स्वामित्वको तेल कम्पनी पेट्रोलिओस डे भेनेजुएला (पिडिभिएसए) ले विज्ञप्ति जारी गर्दै ‘कच्चा तेल तथा उप–उत्पादनको निर्यात सञ्चालन पूर्ण रूपमा सामान्य अवस्थामा छ र कम्पनीसँग सम्बन्धित ट्याङ्करहरू सुरक्षित रूपमा यात्रा गरिरहेका छन्’ भनी जानकारी दिएको छ ।

ट्रम्पले क्यारिबियन क्षेत्रमा रहेको भारी अमेरिकी सैन्य उपस्थितिको उल्लेख गर्दै भेनेजुएला ‘दक्षिण अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो नौसैनिक घेराबन्दीमा परेको’ चेतावनी दिएको थियो । बुधबार पुनः उनले अमेरिकी सेनाले कसैलाई पनि भेनेजुएलाभित्र पस्न नदिने दोहोर्‍याए र भेनेजुएलाले ‘हाम्रो सबै तेल लिएको’ आरोप लगाए । उनले भेनेजुएलाको तेल उद्योग राष्ट्रियकरणप्रति सङ्केत गर्दै अमेरिका आफ्नो ऊर्जा अधिकार फिर्ता चाहने धारणा व्यक्त गरेको हो ।

यसैबीच राष्ट्रपति मदुरोले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग टेलिफोन वार्ता गरी वासिङ्टनबाट आएका ‘खतराहरूको वृद्धि’ र त्यसले क्षेत्रीय शान्तिमा पार्न सक्ने प्रभावबारे छलफल गरेको छ । महासचिव गुटेरेसले दुवै पक्षलाई संयम अपनाउन र तनाव कम गर्न आग्रह गरेको छ ।

भेनेजुएलाको अर्थतन्त्र मुख्यतः पेट्रोलियम निर्यातमा निर्भर छ । ट्रम्पको दबाब अभियानको उद्देश्य मदुरोको आन्तरिक समर्थन कमजोर पार्नु रहेको विश्लेषकहरू बताउँछन् । तर भेनेजुएलाको सेनाले आफूहरू यस्तो धम्कीबाट ‘डराएका छैनौँ’ भन्ने प्रतिक्रिया दिएको छ ।

भेनेजुएलाको तेलको प्रमुख बजार चीनले पनि काराकासलाई समर्थन जनाएको छ । चिनियाँ विदेशमन्त्रीले आफ्ना भेनेजुएलाली समकक्ष यवन गिलसँग फोनवार्ता गर्दै सबै एकपक्षीय धम्कीको विरोध गर्ने र सबै देशको सार्वभौमिकताको रक्षा गर्न समर्थन जनाउने बताएको छ ।

गत हप्ता एम÷टी स्किपर नामक जहाज अमेरिकी कारबाहीमा कब्जा भएपछि मदुरोविरुद्धको दबाब झनै तीव्र भएको मानिन्छ । अगस्टमा ट्रम्पले क्यारिबियन क्षेत्रमा सन् १९८९ पछि सबैभन्दा ठूलो अमेरिकी सैन्य तैनाथीको आदेश दिएको थियो, जसलाई औपचारिक रूपमा लागुऔषध तस्करीविरुद्धको कदम भनिए पनि भेनेजुएलालाई लक्षित गरिएको आरोप काराकासले लगाउँदै आएको छ ।

क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा भएका यस्ता अमेरिकी कारबाहीमा कम्तीमा ९९ जनाको ज्यान गइसकेको छ, पछिल्लो आक्रमणमा मात्र चार जनाको मृत्यु भएको बताइएको छ । काराकासले यी अपरेसनहरू मदुरोलाई हटाउने र भेनेजुएलाको तेल नियन्त्रणमा लिने प्रयासको आवरण भएको दाबी गरेको छ ।

बढ्दो तनावका बीच सम्भावित अमेरिकी हस्तक्षेपको डर पनि चुलिँदै गएको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले संयुक्त राष्ट्रसङ्घको भूमिका कमजोर देखिएको टिप्पणी गर्दै ‘कुनै पनि रक्तपात रोक्न’ अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताएको छ ।

अमेरिकी नाकाबन्दीले भेनेजुएलाको कमजोर अर्थतन्त्रलाई गहिरो असर पारेको इतिहास छ । सन् २०१९ देखि अमेरिकी तेल प्रतिबन्ध झेल्दै आएको भेनेजुएलाले आफ्नो तेल कालो बजारमा निकै सस्तो मूल्यमा, मुख्यतः एसियाली मुलुकहरूमा बेच्नुपरेको छ । हाल देशले प्रतिदिन करिब १० लाख ब्यारेल तेल उत्पादन गर्छ । यो उत्पादन सन् २००० को सुरुआततिरको उत्पादनभन्दा धेरै कम हो ।

विश्लेषकहरूका अनुसार यो नयाँ नाकाबन्दीले छोटो अवधिमा भेनेजुएलाको अर्थतन्त्रको ‘मुख्य जीवनरेखा काट्न सक्ने’ खतरा बोकेको छ र मध्यम अवधिको प्रभाव अमेरिका–भेनेजुएला सम्बन्ध कतातर्फ जान्छ भन्नेमा निर्भर रहनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

बझाङबाट एमालेका ४ केन्द्रीय सदस्य निर्वाचित

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending