Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खबरडबली संवाददाता

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको रु तीन करोड लगानीमा केन्द्र सञ्चालन गर्न लागिएको हो ।

प्राकृतिक रूपमा उत्पादन हुने बहुमूल्य जडीबुटीको वैज्ञानिक ढङ्गले सङ्कलन, भण्डारण तथा प्रशोधन गर्न यो केन्द्र स्थापना गर्न लागिएको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जानकारी दिएका छन् । खोटाङ उद्योग वाणिज्य सङ्घको समन्वयमा बुधबार दिक्तेलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो जानकारी दिएका हुन् ।

उनले खोटाङमा स्थापना गर्न लागिएको यो केन्द्र कोशी प्रदेशकै एकमात्र जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र हुने जानकारी दिएका छन् । प्रदेश सरकार र निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालन हुने यो केन्द्रले जडीबुटीको अव्यवस्थित सङ्कलन र निर्यातलाई व्यवस्थित गर्दै स्थानीयस्तरमै मूल्य निर्धारण गर्ने गर्नेछ ।

दश स्थानीय तह रहेको खोटाङमा प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारीको अवसर सिर्जना हुने, जडीबुटी खेतीप्रति आकर्षण बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

जिल्लामा स्थापना गर्न लागिएको जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय र खोटाङ उद्योग वाणिज्य सङ्घसँग सम्बद्ध कार्यदलले तयार पारेको विस्तृत योजना अनुसार सञ्चालनको तयारी गरिएको छ । प्रशोधन केन्द्र स्थापना भएपछि जडीबुटीको गुणस्तर परीक्षण, प्रशोधन, प्याकेजिङ तथा बजार व्यवस्थापन जिल्लामै गरिने जनाइएको छ ।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा स्थानीय सरोकारवाला निकायले जडीबुटी क्षेत्रको सम्भावना र चुनौतीबारे आ–आफ्नो धारणा राखेका थिए । उनीहरुले प्रदेश सरकारको यो योजनाले जिल्लाको दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

जिल्लामा उत्पादित जडीबुटी अहिलेसम्म व्यवसायीले आफूखुशी सङ्कलन गरेर लाने गरेका छन् । बहुमुल्य जडीबुटीको उचित मूल्य निर्धारण नहुँदा जिल्लाका किसान समस्यामा पर्दै आएका छन् ।

सडक सञ्जाल जोडिएसँगै जिल्लामा उत्पादित जडीबुटी निर्यात हुन थालेपछि व्यवसायिक खेती गर्ने किसानको सङ्ख्यासमेत बढ्दै गएको छ । जिल्लाका किसानले चिराइतो, पाखनभेद, तेजपात, टिमुर, तुलसी, लोठसल्ला, लेमनग्रास र मजिटोलगायतका जडीबुटीको व्यवसायिक खेती गर्दै आएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

बझाङबाट एमालेका ४ केन्द्रीय सदस्य निर्वाचित

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending