विराटनगर । नेकपा (एमाले) का नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन्।
एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा केपी शर्मा ओली निकट मानिने पुरीले बिहीबार पार्टी छोडेको घोषणा गरेका हुन्। सोही दिन ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका थिए।
२०३९ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय पुरी पछिल्लो समय पार्टी नेतृत्वको आलोचना गर्दै आएका थिए। नेताहरूले राजनीतिलाई पेसा बनाएका कारण भ्रष्टाचार मौलाएको दाबी गर्दै उनले राजनीतिमा लागेकाहरू उत्पादनमूलक पेसा–व्यवसायमा जोडिनुपर्ने बहस चलाउँदै आएका थिए।
विराटनगर–५ का निवासी पुरीले एमाले कोशी प्रदेश कमिटी अध्यक्षलाई सम्बोधन गरी राजीनामा बुझाएका छन्। २०३९ मा तत्कालीन मालेमा जोडिएका उनी २०४७ मा एमालेको सक्रिय सदस्य बनेका थिए।
‘पार्टीमा धेरै वर्ष योगदान गरेँ, तर अहिलेको शैली र ढंगले देशमा परिवर्तन गर्न सक्दैन भन्ने लाग्यो,’ उनले भने, ‘गुम्सिएर बस्न सकिनँ, परित्याग गरेँ। अब नयाँ ढंगले अगाडि बढ्छु।’
पुरी निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष हुन्। राजधानीबाहिरबाट पहिलो पटक केन्द्रीय अध्यक्ष बनेका उनी विराटनगरस्थित एभरेष्ट स्कुलका सञ्चालक हुन्। उनको ‘खाली खुट्टा’ नामक पुस्तक पनि प्रकाशित छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: