सिरहा । सिरहाको लहान नगरपालिका– २३ गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोप्य सूचनाको आधारमा स्थानीय दुई युवकलाई खैरो हेरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा लहान– २३ का करिब ३६ वर्षीय विजयकुमार साह र ३१ वर्षीय सुरेन्द्रकुमार दास रहेका सिरहा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए।
इलाका प्रहरी कार्यालय लहान र लागुऔषध नियन्त्रण ब्यूरो गोलबजारबाट खटिएको संयुक्त टोलीले लागुऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा दुवैजनालाई पक्राउ गरिएकोे उनले बताए। उनका अनुसार साहले पाइन्टको गोजीमा लुकाएको प्लाष्टिकबाहेक १५ ग्राम र दासले मुखभित्र लुकाएको प्लाष्टिकबाहेक १.५ ग्राम खैरो हेरोइन बरामद भएको छ। पक्राउ परेका दुवैजनालाई लहान प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सिरहा प्रहरीले पछिल्लो मंसिर महिनामा जिल्ला प्रहरी र मातहतका प्रहरी युनिटहरुबाट खटिएका प्रहरीले विभिन्न खालका प्रतिबन्धित लागुऔषधसहित १९ जना पक्राउ गरिएको जनाएको छ। प्रहरीको तथ्यांकअनुसार एक महिनाको अवधिमा १० क्विन्टल १९ किलो ९३० ग्राम गाँजा, २४ ग्राम ६५५ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ। त्यस्तै, एक सय एमएलको १५ बोतल कोडिबेल, २१÷२१ एम्पुल फेनार्गन र डाइजेपाम इन्जेक्सन तथा बुप्रेनोर्फिन बरामद भएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: