ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्यालयबाट उद्धार गरिएको बीडी न्यूजले जनाएको छ ।
बिडी न्यूजका अनुसार आक्रोशित भीड शुक्रबार अखबारको कार्यालयमा आइ आगो लगाउनु अघि तोडफोड गरी नारा लगाएको र आगो लगाएको जनाइएको छ । भिडले उनीहरूको बाटो अवरुद्ध गरेको कारण केही समयका लागि अग्निशमन सेवा भवनमा पुग्न नसकेको पत्रकारलाई उद्धृत गर्दै बिडी न्यूजले जनाएको छ ।
फोन र सामाजिक सञ्जालमार्फत सहयोग र ज्यान बचाउन आग्रह गर्दै छतमा भागेको र दमकलकर्मी अन्ततः घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिइ उद्धार गरेको उनीहरुलाई उदृत गर्दै बिडी न्युजले जनाएको छ । बिडी न्यूजका अनुसार घटना स्थलमा सुरक्षाको लागि सेना तैनाथ गरिएको छ । पछि न्यु एजका सम्पादक नुरुल कबिरसँगै पत्रकारलाई बाहिर निकाल्दै सैनिक देखिएको जनाइएको छ ।
बङ्गलादेशका अन्तरिम सरका प्रमुख मुहम्मद युनुसले राष्ट्रमा शान्ति कायम राख्न र कानून प्रवर्तनलाई व्यावसायिकरूपमा अनुसन्धान गर्न अनुमति दिन नागरिकलाई अपिल गर्दै सरकार विधिको शासन कायम राख्न र लोकतान्त्रिक प्रगतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । राष्ट्रलाई सम्बोधन गर्दै युनुसले भन्नुभयो, “म देशका सबै नागरिकलाई धैर्य र संयमता कायम राख्न आग्रह गर्दछु ।” रासस/एएनआई
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: