Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

खबरडबली संवाददाता

झापा । झापाको राजनीतिक इतिहासमा २०२८–२०२९ सालको कालखण्ड अत्यन्तै रक्तरञ्जित, भयावह र पीडादायी मानिन्छ । यही कालखण्डमा प्रजातान्त्रिक विचारधाराका पक्षधर तथा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता उद्रकान्त राजवंशीको आफ्नै घरभित्र निर्ममतापूर्वक हत्या गरिएको थियो ।

झापा विद्रोहको नाममा सञ्चालन गरिएको हिंसात्मक कम्युनिष्ट आन्दोलनका क्रममा उनी सिकार बनेका थिए । बिर्तामोड नगरपालिका–९ (साविक गरामनी–६) निवासी, बुबा बुधकोष राजवंशीका साइला सुपुत्रका रूपमा २०१५ सालमा जन्मिएका उद्रकान्तको हत्या २०२९ साल मंसिर २३ गते साँझ करिब ७ बजे भएको हो ।

परिवारका अनुसार हुक्का तानेर घरमै बसिरहेका उद्रकान्तमाथि चिनी माग्ने बहानामा घरभित्र प्रवेश गरेको २५–३० जनाको हतियारधारी समूहले एक्कासि आक्रमण गरेको थियो । घरेलु हतियार प्रयोग गरी ९० भन्दा बढी ठाउँमा काटेर उनलाई अत्यन्तै क्रुर र अमानवीय ढंगले हत्या गरिएको थियो ।

घटनाका प्रत्यक्षदर्शी तथा उद्रकान्तका नातिनी ज्वाइँ चण्डौल राजवंशीका अनुसार आक्रमणको दृश्य अत्यन्तै भयावह थियो ।
“उनीहरू चिनी माग्ने बहानामा घरभित्र पसे,” उनले भने, “म काखमा नानी लिएर बसिरहेको थिएँ । त्यही बेला उद्रकान्तलाई टुक्रा–टुक्रा हुने गरी काटे । म नानी लिएर बाहिर निस्कन खोज्दा मलाई पनि खुकुरी प्रहार भयो । गालामा लागेको चोट देखाउँदै भने—म भागेर मात्र बाँच्न सकेँ ।”

उनका अनुसार डकैती शैलीमा घर पसेका हतियारधारी समूहले अन्धाधुन्ध आक्रमण गर्दा आफू र पनातिनी सन्तवाला गम्भीर घाइते भएका थिए । आक्रमणको क्रममा छिमेकी मंगलसिंह राजवंशीकी श्रीमती तारामनीको पनि घटनास्थलमै मृत्यु भएको थियो ।

उद्रकान्त राजवंशी स्मृति प्रतिष्ठानका अध्यक्ष खगेन्द्र मैनालीले यो घटना झापाको इतिहासकै सबैभन्दा हृदयविदारक घटनामध्ये एक भएको बताए । “यो केवल हत्या होइन, लोकतान्त्रिक आवाज दबाउने आतंक थियो,” उनले भने ।

इतिहासकारहरूका अनुसार भारतको नक्सलवादी आन्दोलनका अगुवा चारु मजुमदारको विचारबाट प्रभावित तत्कालीन नेकपा (माले)  हालको नेकपा एमाले का कार्यकर्ताले व्यक्ति हत्या अभियान सञ्चालन गरेका थिए । त्यतिबेला मुख्य रूपमा प्रजातान्त्रिक विचारधारा बोकेका नेपाली कांग्रेसका नेता–कार्यकर्तालाई छानीछानी हत्या गर्ने आतंक फैलाइएको थियो ।

यही क्रममा झापामा बुटन चौधरी, ईश्वरीप्रसाद चुडाल, धर्मप्रसाद ढकाल, विष्णुप्रसाद विमलीलगायतको हत्या गरिएको इतिहासमा उल्लेख छ । २०१५ सालको आम निर्वाचनपछि नेपाली कांग्रेसको संगठन विस्तारमा आदिवासी राजवंशी समुदायबाट सक्रिय भूमिका खेलेका कारण उद्रकान्त राजवंशीलाई लक्षित गरी हत्या गरिएको स्थानीयहरू बताउँछन् ।

उद्रकान्त नेपाली कांग्रेस झापाका अग्रज नेता हरिविलास पट्वारी, फतेबहादुर बुढाथोकी, दलबहादुर बुढाथोकी, तुर्सा हेमरम, हरिशंकर मुन्सीलगायतसँग काँधमा काँध मिलाएर पार्टी काममा सक्रिय थिए । उनी प्रजातान्त्रिक समाजवादी विचारधाराका निष्ठावान् र राजनीतिक चेतनामा अब्बल कार्यकर्ता मानिन्थे ।

झापामा २०२८ साल जेठ २ गते कर्णबहादुर गौतमको हत्याबाट झापा विद्रोह सुरु भएको मानिन्छ । चीनको सर्वहारा सांस्कृतिक क्रान्ति र भारतको नक्सलवादी आन्दोलनबाट प्रभावित भई जनवादी क्रान्तिको नाममा सशस्त्र हिंसा सुरु गरिएको थियो । विद्रोहको नेतृत्व सीपी मैनाली, आरके मैनाली, मोहनचन्द्र अधिकारी, केपी ओलीलगायतले गरेको इतिहासमा उल्लेख छ ।

झापा विद्रोहका क्रममा विद्रोही पक्षबाट उद्रकान्त राजवंशीसहित ८ जना र सरकारी पक्षबाट ७ जना गरी कुल १५ जनाको ज्यान गएको थियो । पुण्य शर्मा भने आजसम्म बेपत्ता छन् ।

उद्रकान्त राजवंशीको हत्या केवल एक व्यक्तिको मृत्यु मात्र थिएन । त्यो झापाको राजनीतिक इतिहासमा प्रजातान्त्रिक आवाज दबाउने एउटा भयावह अध्याय थियो । आज पनि उनी झापाली राजनीतिमा सहिदका रूपमा स्मरण गरिन्छन् । सत्य, विचार र लोकतन्त्रका लागि ज्यान अर्पण गरेका उद्रकान्त राजवंशीको योगदान झापाको राजनीतिक इतिहासमा अग्र स्थानमा रहेको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

६३ उपसचिवको सरूवा, अधिकांश प्रशासकीय अधिकृतको जिम्मेवारीमा

काठमाडौं । सरकारले ६३ जन उपसचिवको सरूवा गरेको छ  । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा गरेको हो । सरूवा भएका मध्ये निमित्तको भरमा चल...

भानुआटुमा शक्तिशाली भूकम्प

सिड्नी । प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटु नजिक शक्तिशाली भूकम्प गए पनि ठूलो क्षतिको जोखिम कम देखिएको छ । युएसजिएसका अनुसार सोमबार ७.३ म्याग्नि...

महासङ्घद्वारा १३ जना ज्येष्ठ पत्रकारलाई वार्षिक पेन्सन

झापा । नेपाल पत्रकार महासङ्घ झापा शाखाले आज १३ जना ज्येष्ठ पत्रकारलाई पेन्सनस्वरुप वार्षिक भत्ता वितरण गरेको छ । महासङ्घको ७१औँ स्थापना दिवसका अवसरमा ...

तमोर करिडोर सडक कालोपत्रे भएपननि पुल निर्माणमा ढिलासुस्तीले यात्रुललाई सास्ती

धनकुटा । पूर्वी पहाडलाई चीन र भारतसँग जोड्ने लक्ष्यसहित निर्माणाधीन तमोर करिडोरमा सडक कालोपत्रे भए पनि मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा यात्रुहर...

वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त सेवाअ...

चैते धानको समर्थन मूल्य सिफारिस

काठमाडौँ । कृषि विभागले चैते धानको समर्थन मूल्य सिफारिस गरेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययनसहितको प...

प्रतिवेदनहरूको कार्यान्वयन र कानूनी प्रक्रियामा सरकारी अडान

काठमाडाेैं ।  सरकारले विभिन्न समयमा गठन गरेका छानबिन समिति र आयोगका प्रतिवेदनहरूलाई दराजमा थन्क्याउने नभई कार्यान्वयन गर्ने दिशामा अगाडि बढेको सरकारका...

एसईई परीक्षा र ब्रिज कोर्स सञ्चालनमा कडाइ

काठमाडाैं । शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको मानसिक स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले केही महत्वपूर्ण कदमहरू चालेको छ । सरकारका प्रवक्ता ...

सहकारी ठगीमा परेका साना बचतकर्ताहरुको रकम फिर्ता गर्ने गृहकार्यमा सरकार

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले प्रदेश र संघीय सरकारबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जो...

कार्की आयोगको प्रतिवेदन: उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस

काठमाडौं । जेन्जी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न गठित कार्की आयोगले नेपाल सरकारका उपसचिव सुवास पौडेललाई पुरस्कृत गर्न सिफारिस गरेको छ। ग...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending