Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन्। देश बन्नु नै सबैभन्दा ठूलो कुरा भएको उल्लेख गर्दै उनले देशका लागि आवश्यक परे व्यक्तिगत रूपमा सबै कुरा त्याग्न पनि आफू तयार रहेको दाबी गरे।

हिजोमात्रै कारागारबाट रिहा भएका तथा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले मिल्नुपर्ने शक्तिहरू अन्तिम समयमा मिलेर अघि बढ्ने विश्वास व्यक्त गरे।

भैरहवाबाट सिधै चितवन पुगेका लामिछानेले शनिबार चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफूले पार्टी वा पदका लागि कुनै लोभ नराखेको स्पष्ट पारे।

“म कारागारमा रहँदा पनि भनेको थिएँ, म जे त्याग गर्न पनि तयार छु,” उनले भने, “पार्टीले जे निर्णय गर्छ, त्यही मान्य छ। कसैलाई चुनाव चिह्न चाहियो भने लैजानुस्, झण्डा चाहियो भने लैजानुस्, पार्टी कार्यालय चाहियो भने पनि लैजानुस्। सभापति–उपसभापतिसहित सिंगो पार्टी चाहिन्छ भने पनि लैजानुस्। देश बन्नुपर्‍यो, व्यक्ति ठूलो कुरा होइन।”

उनले मिल्नुपर्ने राजनीतिक शक्तिहरूबीच संवाद जारी रहेको जानकारी दिँदै अन्तत: सहकार्य हुने दाबी गरे।“मिल्ने भन्ने कुरा जबर्जस्ती होइन,” उनले भने, “अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं। सबै साथीहरू संवादमै हुनुहुन्छ।”

लामिछानेले आफू एउटा चुनावका लागि मात्रै राजनीतिमा नआएको पनि स्पष्ट पारे।
“म एउटा चुनावका लागि राजनीतिमा आएको होइन,” उनले भने, “म एउटा पुस्ताका लागि राजनीतिमा आएको हुँ।”

उनले सरकारले जसरी पनि निर्वाचन गराउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।
“२४ गते जनआन्दोलन भएको हो,” उनले भने, “देश निर्वाचनतर्फ जानुपर्छ। जेनजीको रगतबाट बनेको यो सरकारले जेनजीका सपना पूरा गर्ने आँट देखाओस्।”

रास्वपा सरकारसँग मिलेर सुशासन कायम गर्ने र निर्वाचन सम्पन्न गराउने विषयमा दृढ रूपमा उभिने उनले बताए। “सरकार डराउनुपर्ने केही छैन,” लामिछानेले भने, “जनताको साथ सरकारसँग छ। जेनजीका माग र सुशासनका मुद्दामा सिधै अघि बढे हुन्छ। रास्वपा सरकारको साथमा छ।”

अन्त्यमा उनले आफू जेनजीकै साथमा रहेको उल्लेख गर्दै निराश नहुन आग्रह गरे।
“देशका संरचना जले, हाम्रा सपना झन् धेरै जलेका छन्,” उनले भने, “सिंहदरबार र न्यायालय फेरि बनाउँला, तर खरानी भएका सपनाहरू हामी आफैंले ब्युँताउनुपर्छ। जेनजी भाइबहिनी हो, रवि दाइ तपाईंहरूको साथमै छन्।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन्। पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौत...

सरकारलाई ३३ बुँदे सुझाव : हप्ताको तीन दिन किताब, चार दिन श्रम र सिर्जना

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिएको छन् । मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत उनले परराष्ट्र नीति, ...

जबरजस्ती करणीका फरार प्रतिवादी १४ वर्षपछि पक्राउ

सल्यान। जबरजस्ती कसुरमा १४ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले छत्रेश्वरी गाउँपालिकाबाट ए...

प्रधानमन्त्रीसँग अर्थमन्त्री र योजना अयोगका पदाधिकारीको छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्दै छन्।  प्रधानमन्त्रीको नि...

लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र रास्वपाका सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। गृहमन्त्री गुरुङ लामिछानेलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेक...

स्मार्ट लाइसेन्स छपाइ सुरु, आफूले ट्रायल पास गरेकै कार्यालयबाटै लिन सकिने

काठमाडौं । यातायात व्यवस्था विभाग ले लामो समयदेखि छपाइको पर्खाइमा रहेका सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित याताया...

गृहमन्त्रीलाई राजीनामा दिन हर्क साम्पाङको सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङ लाई राजीनामा दिन सुझाव दिएका छन्। मंगलबार सिंहदरबार मा सञ्च...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सू...

बजारमा केरा हाहाकार, अवैध आयात रोकिएपछि मूल्य वृद्धि

काठमाडौँ। नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैधरूपमा भित्रिने केरालाई व्यवसायीले नै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार मच्च...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending