मनाङ । मनाङ जिल्लाको चामे गाउँपालिका–४ अन्तर्गत पर्ने सिङ्गारखर्क क्षेत्रमा हालै पहिचान भएको ‘काजिनसारा ताल’ वैज्ञानिक अध्ययन र औपचारिक प्रमाणीकरणको चरणमा प्रवेश गरेको छ । प्रारम्भिक विवरणअनुसार उच्च हिमाली भूभागमा अवस्थित यस तालले नेपालका हिमतालहरूको सूचीमा नयाँ अध्याय थप्ने देखिएको छ ।
स्थानीय गोठालाहरूले वर्षौंदेखि टाढाबाट देख्ने गरेको निलो जलराशिको जानकारी दिएपछि चामे गाउँपालिका, स्थानीय प्रशासन र सुरक्षाकर्मीको संयुक्त टोलीले तीन वर्षअघि तालको प्रारम्भिक अन्वेषण थालेको थियो । सो क्रममा ताल समुद्र सतहबाट करिब ५,२०० मिटर उचाइमा रहेको अनुमान गरिएको छ । यद्यपि, तालको वास्तविक उचाइ, क्षेत्रफल र गहिराइको औपचारिक वैज्ञानिक मापन भने हालसम्म सम्पन्न भएको छैन ।
दुर्गम, जोखिमपूर्ण र अछुतो हिमाली भू–भागमा अवस्थित काजिनसारा तालसम्म पुग्न कठिन भए पनि यस क्षेत्रको भौगोलिक र प्राकृतिक महत्व उच्च रहेको बताइएको छ । प्रारम्भिक प्रतिवेदनले ताललाई हिमनदीबाट बनेको उच्च हिमाली ग्लेसियर तालका रूपमा चिनाएको छ । तालको लम्बाइ झन्डै एक किलोमिटर र चौडाइ करिब ६ सय मिटर रहेको अनुमान गरिएको भए पनि गहिराइसम्बन्धी विवरण अझै प्राप्त हुन सकेको छैन ।
नर्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाका अनुसार नापी विभाग वा सम्बन्धित प्राविधिक निकायबाट औपचारिक सर्वेक्षण नभएसम्म तालको विश्वस्तरको स्थानबारे निष्कर्ष निकाल्न मिल्दैन । उनले भने, “वैज्ञानिक मापनबिनाको दाबीभन्दा पनि अहिले आवश्यक कुरा तथ्यमा आधारित अध्ययन र संरक्षण हो ।”
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले काजिनसारा ताल प्राकृतिक सम्पदाको रूपमा महत्वपूर्ण भएकाले हतारमा पर्यटकीय गतिविधि विस्तार गर्नु भन्दा दीर्घकालीन संरक्षण नीति आवश्यक रहेको बताए । उनका अनुसार ताल वरपरको क्षेत्र जैविक तथा भौगोलिक रूपमा संवेदनशील भएकाले भविष्यमा गरिने कुनै पनि पूर्वाधार विकासअघि वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य गरिनेछ ।
ताल अवस्थित क्षेत्र चारैतिर हिमालहरूले घेरिएको छ । पूर्वतर्फ मनास्लु, दक्षिणतर्फ अन्नपूर्ण र लमजुङ हिमाल, पश्चिममा दामोदर हिमाल र उत्तरतर्फ तिब्बतको पेरी हिमाल देखिने भएकाले यो क्षेत्र प्राकृतिक अध्ययन र दृश्यावलोकनका दृष्टिले महत्वपूर्ण मानिन्छ । विज्ञहरूका अनुसार हिमनदीको विस्तार, जलवायु परिवर्तन र भौगोलिक उत्थानका कारण यस्ता नयाँ उच्च हिमतालहरू पहिचान हुनु अस्वाभाविक होइन ।
चामे गाउँपालिकाले आगामी अनुकूल मौसममा दोस्रो चरणको विस्तृत वैज्ञानिक सर्वेक्षण गर्ने तयारी गरेको छ । उक्त सर्वेक्षणमा उपग्रह प्रविधि, जलविज्ञान परीक्षण, सम्भावित हिमताल विस्फोट जोखिम मूल्यांकन तथा बहु–निकायको सहभागिता रहने बताइएको छ । सर्वेक्षणपछि संरक्षण, विपद् व्यवस्थापन र स्थानीय समुदायको सहभागितामा आधारित दीर्घकालीन व्यवस्थापन योजना लागू गरिने गाउँपालिकाले जनाएको छ ।
काजिनसारा तालको औपचारिक पहिचान र वैज्ञानिक प्रमाणीकरणसँगै यसले नेपालको हिमाली भूगोल, जलस्रोत अध्ययन र वातावरण संरक्षण क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - २०:२३
काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...
पौष ६ गते, २०८२ - २०:२१
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...
पौष ६ गते, २०८२ - १९:५१
विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...
पौष ६ गते, २०८२ - १९:४३
काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...
पौष ६ गते, २०८२ - १९:३९
धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...
पौष ६ गते, २०८२ - १९:२८
काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...
पौष ६ गते, २०८२ - १९:२३
काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...
पौष ६ गते, २०८२ - १९:१७
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...
पौष ६ गते, २०८२ - १९:०९
काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...
पौष ६ गते, २०८२ - १८:१२
सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...




प्रतिकृया लेख्नुहोस्: