काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जाडोमा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेकाले यस्तो आग्रह गरेको हो ।
जाडोमा हिटर वा मकलको प्रयोग गर्दा स्वास्थ्यका लागि हानिकारक हुने हुँदा सावधानी अपनाउन आग्रह गरेको हो । केन्द्रले हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ । कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न केन्द्रको अनुरोध छ ।
आगो ताप्दा वा हिटर बाल्दा कागज कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्णरुपमा निभाउन अनुरोध गरेको छ ।
हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न केन्द्रको सुझाव छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्।...
पौष ११ गते, २०८२ - १४:४५
अर्घाखाँची। भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइ...
पौष ११ गते, २०८२ - १४:३६
संयुक्त राज्य अमेरिका। राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिएको क...
पौष ११ गते, २०८२ - १४:०९
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्णायक भेटवार्ता तयारी अन्तिम चरणमा पुगेको छ। केह...
पौष ११ गते, २०८२ - १३:५६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबीच शुक्रबार भेटवार्ता भएको छ। सञ्चारमन्त्री खरेल प्रचण्डलाई भेट्न उनकै...
पौष ११ गते, २०८२ - १३:४८
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनस...
पौष ११ गते, २०८२ - १३:४१
काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएको छन् । उच्च शिक्षालय तथा माध्यमिक विद...
पौष ११ गते, २०८२ - १३:१४
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानको ४५ दिनअघि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगल...




प्रतिकृया लेख्नुहोस्: