Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

बागमती प्रदेशमा धान उत्पादन वृद्धि

खबरडबली संवाददाता

हेटाैँडा । बागमती प्रदेशका जिल्लाहरूमा यस वर्ष धानबाली उत्पादनमा सामान्य वृद्धि भएको छ । बागमती प्रदेश कृषि विकास निर्देशनालयका अनुसार बागमती प्रदेशका जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा शून्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष बाढी पहिरोको प्रभाव कम परेको र रोग किराको प्रकोप पनि कम भएकाले धान उत्पादनमा वृद्धि भएको बागमती प्रदेशको कृषि विकास निर्देशानलयका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ नवीन कुँवरले जानकारी दिए ।

सूचना अधिकारी कुँवरका अनुसार बागमती प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ मा कूल एक लाख आठ हजार ८२० हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर ४ दशमलव १५ मेट्रिक टनका दरले चार लाख ५१ हजार ७८ मेट्रिक टन धान उत्पादन भएको छ ।

अघिल्लो आव २०८१/८२ मा कूल एक लाख पाँच हजार ४१५ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ८७ मेट्रिक टनका दरले चार लाख आठ हजार ३१६ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै आव २०८०/८१ मा एक लाख नौ हजार हेक्टर १५१ क्षेत्रफलमा धानबाली लगाइएकामा चार लाख १३ हजार ९८८ मेट्रिक टन धान उत्पादन भएको थियो ।

सूचना अधिकारी कुँवरका अनुसार बागमती प्रदेशको सबैभन्दा बढी धानखेती हुने चितवनमा यस वर्ष २७ हजार ३२५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९६ मेट्रिक टनका दरले एक लाख ३५ हजार ५३२ मेट्रिक टन धान उत्पादन भएको छ ।

यस्तै नुवाकोटमा ११ हजार ६१५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव १३ प्रतिशतका दरले ४७ हजार ९७८ मेट्रिक टन र धादिङमा ११ हजार १५९ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २३ प्रतिशतका दरले ४७ हजार २०३ मेट्रिक टन धान यस वर्ष उत्पादन भएको उनले बताए ।

उपत्यकाको काठमाडौँमा यस वर्ष तीन हजार ६०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ९८ प्रतिशतका दरले १७ हजार ९२८ मेट्रिक टन, ललितपुरमा चार हजार १२८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ७८ प्रतिशतका दरले १९ हजार सात सय ३२ मेट्रिक टन र भक्तपुरमा दुई हजार ६९७ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर पाँच दशमलव ५३ प्रतिशतका दरले १४ हजार ९१४ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी कुँवरले बताए ।

यसवर्ष मकवानपुरमा आठ हजार ४९३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ८८ प्रतिशतका दरले ३२ हजार नौ सय ५१ मेट्रिक टन, सिन्धुलीमा १२ हजार ३८५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ७६ प्रतिशतका दरले ४६ हजार ५६८ मेट्रिक टन, काभ्रेमा आठ हजार १९८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव २१ प्रतिशतका दरले ३४ हजार ५१४ मेट्रिक टन, रामेछापमा सात हजार ४६६ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६९ प्रतिशतका दरले २० हजार ८४ मेट्रिक टन र सिन्धुपाल्चोकमा सात हजार ९०० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ०३ प्रतिशतका दरले २३ हजार ९३७ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ ।

यस्तै बागमती प्रदेशको दोलखामा दुई हजार ७५८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ६५ प्रतिशतका दरले सात हजार ३०८ मेट्रिक टन र रसुवा जिल्लामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव २२ प्रतिशतका दरले दुई हजार ४३१ मेट्रिक टन धान उत्पादन भएको उनले जानकारी दिए । 

समयमा वर्षा र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादन दर बढेको सूचना अधिकारी कुँवरको भनाइ छ । अघिल्लो वर्ष २०८१ असोज ११ र १२ को वर्षा र बाढीपहिरोका कारण धानबालीमा क्षति पुगेकाले अघिल्लो वर्ष धान उत्पादनमा एक दशमलव ३७ प्रतिशतले ह्रास आएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE