Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

कृषकलाई प्रोत्साहन गर्न दूधमा रु १० अनुदान

खबरडबली संवाददाता

तनहुँ । म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाले दूग्ध व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि सारेको जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार स्थानीय दुग्ध उत्पादक किसानको उत्पादन लागत बढ्दै गएको र बजार मूल्य अपेक्षाअनुसार नबढेकाले किसान समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै अनुदान कार्यक्रम ल्याइएको हो । यस कार्यक्रमले किसानको आम्दानी वृद्धि गर्न, दुग्ध उत्पादनलाई निरन्तरता दिन र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको अधिकारीले बताए ।

गाउँपालिकाले अनुदान प्राप्त गर्न चाहने दुग्ध उत्पादक समूह वा सहकारीलाई निवेदन दिन आग्रह गरेको छ । अधिकारीका अनुसार निवेदनसँगै गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्म सङ्कलन र बिक्री भएको दूधको प्रमाणित अभिलेख, सहकारी वा समूह दर्ताको प्रमाणपत्र संलग्न गर्न अनुरोध गरिएको छ ।

गाउँपालिकाले दुग्ध उत्पादन क्षेत्रलाई प्राथमिकतामा राख्दै यसअघि पशुपालन प्रवर्द्धन, उन्नत जातका गाईभैँसी वितरण, पशु स्वास्थ्य सेवा तथा तालिम कार्यक्रम सञ्चालन गर्दै आएको अधिकारीले बताए । अनुदान कार्यक्रमले स्थानीय किसानलाई व्यवसायप्रति थप आकर्षित गर्ने र दुग्ध क्षेत्रमा लगानी बढाउने विश्वास व्यक्त गरिएको छ ।

स्थानीय दुग्ध उत्पादक किसानले गाउँपालिकाको यो निर्णयलाई सकारात्मक रूपमा लिँदै यसले उत्पादन लागतको केही भार कम गर्ने र व्यवसाय टिकाइराख्न सहयोग पुग्ने भन्दै खुसी भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको सुलावेसी टापूको मानाडो शहरमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । स्थानीय दम...

अन्तरिक्ष अनुसन्धानमा इरानको नयाँ कदम

तेहरान । इरानले कृषि तथा वातावरणीय अध्ययनका लागि स्वदेशमै निर्माण गरिएका तीन उपग्रहलाई रुसबाट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यस प्रक्ष...

मेक्सिकोमा यात्रु बहाक रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु, ९८ जना घाइते

मेक्सिको । मेक्सिकोको सेलिना क्रुज–कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १३ ज...

नेकपासहित नाै दलले बुझाए समानुपातिक उम्मेदवारको सूची

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज (सोमबार) साँझ ५ बजेसम्म ९ दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । निर्वाचन आयोगले समानुप...

रूसद्वारा ५२ उपग्रहको सफल प्रक्षेपण

भ्लाडिभोस्टक । रूसको अन्तरिक्ष निकाय रोस्कोसमोसका अनुसार सोमबार सोयुज रकेटमार्फत ५२ वटा उपग्रह सफलतापूर्वक आफ्नो निर्धारित कक्षमा प्रक्षेपित भएका छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending