Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

जनता र संविधानको रक्षा गर्न समाजवादी शक्तिबीच एकता: प्रचण्ड

खबरडबली संवाददाता

सङ्खुवासभा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधानको रक्षा गर्न बामपन्थी तथा समाजवादी शक्तिबीच एकता अपरिहार्य रहेको स्पष्ट पारेका छन् । 

सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आज आयोजित नेकपा सङ्खुवासभाको एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले वर्तमान राष्ट्रिय संकटको निकास समाजवादी एकतामार्फत मात्र सम्भव हुने धारणा राखे । 

संयोजक प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धीहरू, जनताको अधिकार र संविधानको संरक्षण गर्न बामपन्थी तथा समाजवादी शक्तिहरू एक ठाउँमा उभिनु समयको माग भएको बताए । उनले राजनीतिक अस्थिरता, लोकतान्त्रिक मूल्यको कमजोर अवस्था र राष्ट्रिय स्वाधीनतामाथि देखिएको चुनौतीका कारण एकताको आवश्यकता अझ गहिरिएको उल्लेख गरे । 

“देश आज गम्भीर संकटको मोडमा उभिएको छ । यस्तो अवस्थामा राष्ट्र, जनता र संविधानलाई जोगाउने जिम्मेवारी बामपन्थी र समाजवादी शक्तिको काँधमा आएको छ,” संयोजक दाहालले भने “यो एकता कुनै सत्ता केन्द्रित उद्देश्यका लागि होइन, जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्नका लागि हो ।”

उनले हालै देखिएको जेन–जी पुस्ताको आन्दोलनले नेपाली समाजमा नयाँ चेतनाको उदय भएको संकेत गरेको बताए । युवापुस्ताले शासन प्रणाली, राजनीतिक अभ्यास र समग्र राष्ट्रिय अवस्थाप्रति गम्भीर प्रश्न उठाउँदै जिम्मेवार ढङ्गले आन्दोलित हुन खोजेको स्पष्ट भएको उनको भनाइ थियो । “जेन–जी आन्दोलनले युवापुस्तालाई राजनीतिक रूपमा निष्क्रिय ठान्ने भ्रम चिर्दै नयाँ सम्भावनाको ढोका खोलेको छ,” उनले भने । 

संयोजक दाहालले जेन–जी आन्दोलनपछिको परिस्थितिमा देशलाई सही निकासतर्फ लैजाने उत्तम लोकतान्त्रिक विकल्प निर्वाचन नै भएको उल्लेख गरे । साथै, आन्दोलनबाट प्राप्त उपलब्धीहरू कमजोर हुन नदिन नेकपा आत्मसमीक्षा गर्दै अघि बढेको जानकारी दिए । “हामीले विगतका कमजोरी स्वीकार गरेका छौँ, आत्मसमीक्षा गरेका छौँ र जनताको भरोसा पुनः आर्जन गर्न सच्चिएर अघि बढिरहेका छौँ,” उनको भनाइ थियो ।

उहाँले जनताको अधिकार र लोकतन्त्र क्रमशः कमजोर बन्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै त्यसलाई सुदृढ बनाउन समाजवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने आवश्यकता औँल्याए । साथै, नेपालको भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै दुवै छिमेकी मुलुकसँग सन्तुलित र सम्मानजनक सम्बन्ध कायम गर्दै अघि बढ्नु जरुरी रहेको बताए । 

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पनि सम्बोधन गर्दै देशलाई अराजकताबाट जोगाएर स्थायित्व र लोकतान्त्रिक दिशामा अघि बढाउने ऐतिहासिक जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताए । “नयाँ पुस्ता राजनीतिप्रति उदासीन छ भन्ने धारणा गलत सावित भएको छ,” उनले भने, “जेन–जी आन्दोलनले युवाहरू सचेत, जिम्मेवार र परिवर्तनका संवाहक हुन् भन्ने प्रमाणित गरिदिएको छ ।”

सहसंयोजक नेपालले सचेत र शान्तिपूर्ण ढङ्गले आन्दोलित भएका युवापुस्तालाई धन्यवाद दिँदै अब देशलाई लोकतान्त्रिक र संविधानसम्मत तरिकाले निकास दिन सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । कार्यक्रममा सहभागी नेताहरूले वर्तमान राजनीतिक अवस्थाको गम्भीर समीक्षा गर्दै समाजवादी एकतामार्फत देशलाई स्थिरता, सुशासन र समृद्धिको बाटोमा लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE