रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।
गौर भन्सार अगाडि खटिएको प्रहरी चेकिङ टोलीले आइतबार दिउँसो पैदल नेपाल आउँदै गरेकी भारत बिहार राज्यको सितामढी जिल्ला बैरगनिया निवासी ४५ वर्षीया रामकली देवीलाई पक्राउ गरेको हो। शङ्कास्पद देखिएपछि गरिएको जाँचका क्रममा उनको साथबाट ठुलो परिमाणमा नेपाली र भारतीय नगद फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार भन्सार सुरक्षा गार्डका प्रहरी हवल्दार बुधराम महतोको नेतृत्वमा खटिएको टोलीले ती महिलाको साथबाट कुल २ लाख ५० हजार ३ सय ६० नेपाली रुपैयाँ बराबरको नगद बरामद गरेको छ। बरामद रकममा नेपाली १ हजार दरका १८० थान, ५ सय दरका १३३ थान, १ सय दरका ३७ थान र भारतीय १ सय दरको एक थान नोट रहेको छ।
नगदको वैधानिक स्रोत खुलाउन नसकेपछि ती महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सीमा क्षेत्रमा पछिल्लो समय अवैध आर्थिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - २१:४७
काठमाडौं । तराई र मधेशका केही जिल्लामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने घटनाहरू बढिरहेका परिस्थितिमा, गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्...
पौष २२ गते, २०८२ - २१:४१
काठमाडौं। नाबालक हत्या प्रकरणका प्रतिवादीहरूलाई आर्थिक लेनदेनका आधारमा अभियोगबाट सफाइ दिएको दाबी गर्दै अछाम जिल्ला अदालतका न्यायाधीश रोशनकुमार भट्टराई...
पौष २२ गते, २०८२ - २१:३७
कालीकोट । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोट निर्वाचन क्षेत्...
पौष २२ गते, २०८२ - २१:३४
दुध, तरकारीलगायत दैनिक उपभोग्य खाद्यवस्तुमा प्रयोग भइरहेका रसायन र विषादीको अवस्था अब “लापरबाही” को दायरामा अटाउने विषय रहेन। यो त खुला रूपमा भइरहेको ...
पौष २२ गते, २०८२ - २०:४९
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कुनै औपचारिक सहमति न...
पौष २२ गते, २०८२ - १८:२६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भारत भ्रमणबारे छलफल भएको छ। पार्टीले उक्त भ्रमण सरकारको...
पौष २२ गते, २०८२ - १८:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर अघ...
पौष २२ गते, २०८२ - १८:१६
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसलामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्...
पौष २२ गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक...
पौष २२ गते, २०८२ - १८:०४
विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमाले र नेपाली कांग्र...




प्रतिकृया लेख्नुहोस्: