Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

राष्ट्रिय सभा निर्वाचनमा सबै दलसँग सहकार्य गर्ने नेकपाको निर्णय

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।

पेरिसडाँडामा बसेको पार्टीको परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका नेता प्रकाश ज्वालाले मतभार र राजनीतिक सन्तुलनको आधारमा सम्मानजनक सहकार्यको मोडालिटी तय गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार गठबन्धनमा सहभागी दलहरूको प्रदेशगत मतभार, अघिल्लो निर्वाचनको परिणाम र राष्ट्रिय राजनीतिक आवश्यकता हेरेर तालमेल गरिनेछ।

ज्वालाले राष्ट्रिय सभा निर्वाचनमा सिट संख्या बाँडफाँड र उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई दिने निर्णय भएको पनि बताए। “समग्र राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै नेतृत्व तहले आवश्यक निर्णय गर्नेछ,” उनले भने।

बैठकमा राष्ट्रिय सभा निर्वाचनमा एक्लै जाने कि सहकार्य गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ। वर्तमान राजनीतिक अंकगणित र संघीय संसदको सन्तुलनलाई ध्यानमा राख्दा सहकार्य अपरिहार्य रहेको निष्कर्षमा पार्टी पुगेको नेताहरूले बताएका छन्।

नेकपाले लोकतान्त्रिक व्यवस्था, संघीयता र समावेशी प्रतिनिधित्वलाई मजबुत बनाउने उद्देश्यका साथ अन्य दलहरूसँग संवाद र सहकार्यलाई अघि बढाउने नीति लिएको जनाएको छ। आगामी दिनमा दलहरूबीच औपचारिक छलफल र सहमति प्रक्रियालाई तीव्रता दिइने पनि पार्टीले स्पष्ट पारेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस विधानमा देउवाको ताला, पार्टी संस्था कि निजी कम्पनी ?

नेपाली कांग्रेस आज कुनै बाह्य शत्रुका कारण कमजोर बनेको होइन। न त विचार सकिएको हो, न इतिहास मरेको हो । कांग्रेसलाई कमजोर बनाएको छ । आफ्नै नेतृत्वको भय,...

सुर्खेतमा भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाडौं । भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका-९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका छन्। ...

लोकतन्त्रको मूल आधारनै निर्वाचन हो, तयारी अन्तिम चरणमा पुगिसकेकाे छः आयुक्त डा. तुलाधर

काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावे...

बुलेटबाट ब्यालेटतर्फ विप्लव: रोल्पाबाट संसदीय राजनीतिमा प्रवेश

काठमाडौँ । लामो समय सशस्त्र संघर्ष, भूमिगत राजनीति र राज्यसँगको टकरावको मार्ग रोजेको नेत्रविक्रम चन्द ‘विप्लव’ अब प्रत्यक्ष चुनावी राजनीतिमा उत्रिने भ...

कांग्रेसभित्र खुला टकरावः महामन्त्रीहरूको ‘विशेष महाधिवेशन’ अमान्य भन्दै पार्टीको कडा चेतावनी

ललितपुर । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्ष खुला टकरावतर्फ उन्मुख हुँदै गएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर...

राजावादी छायाँबाट राज्यसत्ताको मूलधारमा सुनिल थापा, निर्विरोध भए राष्ट्रिय सभा सदस्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लाग्दै जाँदा नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापाको राजनीतिक यात्रामा अर्को महत्...

वनभाेजबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुरमा दुर्घटना

काठमाडौँ । पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ दुर्घटना भएको छ ।  जर्सिङपौवाबाट साँखुतर्फ वनभाेज गए...

कोशीमा राष्ट्रियसभा लडाइँ: दुई ठूला दलको गठबन्धन अगाडि नेकपाकाे अस्तित्व नै संकटमा

काठमाडाैं  । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा मनोनयन प्रक्रिया सम्पन्न भएसँगै राजनीतिक शक्ति सन्तुलन स्पष्ट देखिन थालेको छ ।...

विभाजनको संघारमा कांग्रेसः महामन्त्रीद्वयद्वारा विशेष महाधिवेशनको औपचारिक आह्वान

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्...

राष्ट्रिय सभा निर्वाचनः १८ पदका लागि ४४ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending