काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।
पेरिसडाँडामा बसेको पार्टीको परामर्श बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपाका नेता प्रकाश ज्वालाले मतभार र राजनीतिक सन्तुलनको आधारमा सम्मानजनक सहकार्यको मोडालिटी तय गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार गठबन्धनमा सहभागी दलहरूको प्रदेशगत मतभार, अघिल्लो निर्वाचनको परिणाम र राष्ट्रिय राजनीतिक आवश्यकता हेरेर तालमेल गरिनेछ।
ज्वालाले राष्ट्रिय सभा निर्वाचनमा सिट संख्या बाँडफाँड र उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई दिने निर्णय भएको पनि बताए। “समग्र राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै नेतृत्व तहले आवश्यक निर्णय गर्नेछ,” उनले भने।
बैठकमा राष्ट्रिय सभा निर्वाचनमा एक्लै जाने कि सहकार्य गर्ने भन्ने विषयमा विस्तृत छलफल भएको बताइएको छ। वर्तमान राजनीतिक अंकगणित र संघीय संसदको सन्तुलनलाई ध्यानमा राख्दा सहकार्य अपरिहार्य रहेको निष्कर्षमा पार्टी पुगेको नेताहरूले बताएका छन्।
नेकपाले लोकतान्त्रिक व्यवस्था, संघीयता र समावेशी प्रतिनिधित्वलाई मजबुत बनाउने उद्देश्यका साथ अन्य दलहरूसँग संवाद र सहकार्यलाई अघि बढाउने नीति लिएको जनाएको छ। आगामी दिनमा दलहरूबीच औपचारिक छलफल र सहमति प्रक्रियालाई तीव्रता दिइने पनि पार्टीले स्पष्ट पारेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: