काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कुनै औपचारिक सहमति नभएको स्पष्ट पारेका छन्।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीन सिट लिने गरी अन्य दलसँग सहमति भएको भन्ने समाचारको खण्डन गरेका हुन् । उनले पार्टीको मतभारका आधारमा पाउनुपर्ने सिट लिने अधिकार नेकपाको भएको बताए।
संयोजक प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग कुनै पनि प्रकारको गठबन्धन नहुने स्पष्ट गरे। साथै, रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको सम्भावित सहकार्यबाट डराउनुपर्ने अवस्था नरहेको उल्लेख गरे। उनले रवि लामिछानेलाई कठिन अवस्थामा पनि साथ दिएको र आफ्नै नेतृत्वको मन्त्रिपरिषद्मा दुई पटक गृहमन्त्री बनाएको स्मरण गराए।
पार्टी एकतापछि प्रवासस्तरीय एकता सभाका लागि भारत गएको उल्लेख गर्दै प्रचण्डले भारतमा भएका भेटघाटहरू औपचारिक नभएको स्पष्ट पारे।
यसैबीच, नेकपाले राष्ट्रियसभा निर्वाचनमा तालमेलबारे आवश्यक निर्णय गर्ने अधिकार पार्टी संयोजक र सह–संयोजकलाई दिने निर्णय गरेको छ । पार्टीसँग एकतामा सहभागी सबै घटकका नेताहरूको उपस्थितिमा मंगलबार पेरिसडाँडामा बसेको परामर्श बैठकले परिस्थितिअनुसार निर्णय गर्ने जिम्मेवारी नेतृत्वलाई दिने निष्कर्ष निकालेको नेकपा नेता प्रकाश ज्वालाले जानकारी दिए।
उनका अनुसार सम्मानजनक सहमति हुने अवस्था आए कांग्रेस, एमाले तथा मधेश केन्द्रित दलहरूसँग राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्न सकिने निष्कर्ष बैठकले निकालेको हो। राष्ट्रियसभामा पार्टीको मतभारअनुसार पाउनुपर्ने सिट सुनिश्चित हुने गरी सहमति खोज्न नेतृत्वलाई सुझाव दिइएको उनले बताए।
प्रतिनिधिसभा निर्वाचनका लागि भने पार्टी आफ्नै पहिचानमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको पनि ज्वालाले बताए। बैठकले पुस २९ गतेसम्म संगठनात्मक संरचना टुंग्याउने र सोही दिन केन्द्रीय समितिको सपथ ग्रहणसहित पहिलो बैठक बस्ने निर्णय गरेको उनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: