काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कुनै औपचारिक सहमति नभएको स्पष्ट पारेका छन्।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले राष्ट्रियसभामा तीन सिट लिने गरी अन्य दलसँग सहमति भएको भन्ने समाचारको खण्डन गरेका हुन् । उनले पार्टीको मतभारका आधारमा पाउनुपर्ने सिट लिने अधिकार नेकपाको भएको बताए।
संयोजक प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेसँग कुनै पनि प्रकारको गठबन्धन नहुने स्पष्ट गरे। साथै, रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको सम्भावित सहकार्यबाट डराउनुपर्ने अवस्था नरहेको उल्लेख गरे। उनले रवि लामिछानेलाई कठिन अवस्थामा पनि साथ दिएको र आफ्नै नेतृत्वको मन्त्रिपरिषद्मा दुई पटक गृहमन्त्री बनाएको स्मरण गराए।
पार्टी एकतापछि प्रवासस्तरीय एकता सभाका लागि भारत गएको उल्लेख गर्दै प्रचण्डले भारतमा भएका भेटघाटहरू औपचारिक नभएको स्पष्ट पारे।
यसैबीच, नेकपाले राष्ट्रियसभा निर्वाचनमा तालमेलबारे आवश्यक निर्णय गर्ने अधिकार पार्टी संयोजक र सह–संयोजकलाई दिने निर्णय गरेको छ । पार्टीसँग एकतामा सहभागी सबै घटकका नेताहरूको उपस्थितिमा मंगलबार पेरिसडाँडामा बसेको परामर्श बैठकले परिस्थितिअनुसार निर्णय गर्ने जिम्मेवारी नेतृत्वलाई दिने निष्कर्ष निकालेको नेकपा नेता प्रकाश ज्वालाले जानकारी दिए।
उनका अनुसार सम्मानजनक सहमति हुने अवस्था आए कांग्रेस, एमाले तथा मधेश केन्द्रित दलहरूसँग राष्ट्रियसभा निर्वाचनमा सहकार्य गर्न सकिने निष्कर्ष बैठकले निकालेको हो। राष्ट्रियसभामा पार्टीको मतभारअनुसार पाउनुपर्ने सिट सुनिश्चित हुने गरी सहमति खोज्न नेतृत्वलाई सुझाव दिइएको उनले बताए।
प्रतिनिधिसभा निर्वाचनका लागि भने पार्टी आफ्नै पहिचानमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको पनि ज्वालाले बताए। बैठकले पुस २९ गतेसम्म संगठनात्मक संरचना टुंग्याउने र सोही दिन केन्द्रीय समितिको सपथ ग्रहणसहित पहिलो बैठक बस्ने निर्णय गरेको उनले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८२ - २०:०५
नेपाली कांग्रेस आज कुनै बाह्य शत्रुका कारण कमजोर बनेको होइन। न त विचार सकिएको हो, न इतिहास मरेको हो । कांग्रेसलाई कमजोर बनाएको छ । आफ्नै नेतृत्वको भय,...
पौष २३ गते, २०८२ - १९:५३
काठमाडौं । भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका-९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका छन्। ...
पौष २३ गते, २०८२ - १९:५२
काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावे...
पौष २३ गते, २०८२ - १९:४७
काठमाडौँ । लामो समय सशस्त्र संघर्ष, भूमिगत राजनीति र राज्यसँगको टकरावको मार्ग रोजेको नेत्रविक्रम चन्द ‘विप्लव’ अब प्रत्यक्ष चुनावी राजनीतिमा उत्रिने भ...
पौष २३ गते, २०८२ - १९:४३
ललितपुर । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्ष खुला टकरावतर्फ उन्मुख हुँदै गएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर...
पौष २३ गते, २०८२ - १९:४०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लाग्दै जाँदा नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापाको राजनीतिक यात्रामा अर्को महत्...
पौष २३ गते, २०८२ - १९:३६
काठमाडौँ । पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ दुर्घटना भएको छ । जर्सिङपौवाबाट साँखुतर्फ वनभाेज गए...
पौष २३ गते, २०८२ - १९:३३
काठमाडाैं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा मनोनयन प्रक्रिया सम्पन्न भएसँगै राजनीतिक शक्ति सन्तुलन स्पष्ट देखिन थालेको छ ।...
पौष २३ गते, २०८२ - १९:१८
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्...
पौष २३ गते, २०८२ - १९:०४
काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसा...




प्रतिकृया लेख्नुहोस्: