कालीकोट । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकोट निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
मंगलबार कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुमा बसेको पार्टी जिल्ला समितिको विशेष बैठकले विश्वकर्मालाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले कर्णाली प्रदेशमा माओवादी आन्दोलनको विकास, संगठन विस्तार र राजनीतिक स्थायित्वका लागि विश्वकर्माको उम्मेदवारी आवश्यक रहेको निष्कर्ष निकालेको पार्टीले जनाएको छ।
पार्टी जिल्ला इन्चार्ज विवेक कुमालका अनुसार विश्वकर्मा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका नेता, सहिद परिवारका सदस्य तथा कर्णालीमा जनयुद्ध र माओवादी आन्दोलन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका अनुभवी नेता भएकाले प्रत्यक्षतर्फ एकल सिफारिस गरिएको हो। “विश्वकर्माको राजनीतिक यात्रा कर्णालीको पीडा, संघर्ष र परिवर्तनसँग गाँसिएको छ,” कुमालले भने, “त्यसैले पार्टीले कुनै वैकल्पिक नाम अघि नबढाई एकल सिफारिस गरेको हो।”
विश्वकर्मा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कालीकोटबाट २७ हजार मत प्राप्त गरी विजयी भएका थिए। त्यसयता उनी पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय रहँदै प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन्। संविधान निर्माण, गणतन्त्र स्थापना र सामाजिक न्यायका मुद्दामा उनी निरन्तर आवाज उठाउँदै आएका नेता मानिन्छन्।
पार्टी स्रोतका अनुसार कालीकोटमा माओवादी केन्द्रको संगठनलाई थप सुदृढ बनाउने, जनताको दैनिक जीवनसँग जोडिएका विकास, रोजगारी र सामाजिक न्यायका मुद्दालाई संसदमा प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित विश्वकर्मालाई उम्मेदवार सिफारिस गरिएको हो। विशेषगरी कर्णाली क्षेत्रको पिछडापन, पूर्वाधार अभाव र बेरोजगारी जस्ता समस्यालाई राष्ट्रिय एजेन्डा बनाउन सक्ने नेताको आवश्यकता रहेको निष्कर्ष बैठकले निकालेको छ।
जिल्ला समितिको निर्णय अब प्रदेश र केन्द्रीय तहमा पठाइनेछ। अन्तिम उम्मेदवारको टुंगो भने पार्टीको केन्द्रीय समितिले लगाउने माओवादी केन्द्रले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २३ गते, २०८२ - २०:०५
नेपाली कांग्रेस आज कुनै बाह्य शत्रुका कारण कमजोर बनेको होइन। न त विचार सकिएको हो, न इतिहास मरेको हो । कांग्रेसलाई कमजोर बनाएको छ । आफ्नै नेतृत्वको भय,...
पौष २३ गते, २०८२ - १९:५३
काठमाडौं । भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेकबेशी नगरपालिका-९ सिम दमार बस्ने ३८ वर्षीय धनबहादुर रावत रहेका छन्। ...
पौष २३ गते, २०८२ - १९:५२
काठमाडौं । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, समावे...
पौष २३ गते, २०८२ - १९:४७
काठमाडौँ । लामो समय सशस्त्र संघर्ष, भूमिगत राजनीति र राज्यसँगको टकरावको मार्ग रोजेको नेत्रविक्रम चन्द ‘विप्लव’ अब प्रत्यक्ष चुनावी राजनीतिमा उत्रिने भ...
पौष २३ गते, २०८२ - १९:४३
ललितपुर । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्ष खुला टकरावतर्फ उन्मुख हुँदै गएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर...
पौष २३ गते, २०८२ - १९:४०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को राजनीति ओरालो लाग्दै जाँदा नेपाली कांग्रेस प्रवेश गरेका सुनिल थापाको राजनीतिक यात्रामा अर्को महत्...
पौष २३ गते, २०८२ - १९:३६
काठमाडौँ । पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ दुर्घटना भएको छ । जर्सिङपौवाबाट साँखुतर्फ वनभाेज गए...
पौष २३ गते, २०८२ - १९:३३
काठमाडाैं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा मनोनयन प्रक्रिया सम्पन्न भएसँगै राजनीतिक शक्ति सन्तुलन स्पष्ट देखिन थालेको छ ।...
पौष २३ गते, २०८२ - १९:१८
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस औपचारिक विभाजनको संघारमा पुगेको संकेत देखिएको छ । पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्...
पौष २३ गते, २०८२ - १९:०४
काठमाडौं । राष्ट्रिय सभाका रिक्त १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसा...




प्रतिकृया लेख्नुहोस्: