काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका नदी तथा खोलाहरूको किनारामा २० मिटर खाली छाड्नुपर्ने भनी गरेको फैसलाको पुनरावलोकन रिटमा आज सुनुवाइका लागि पेसी तोकिएको छ।
उपत्यकाको बागमती, विष्णुमतीलगायतका नदी किनारामा दायाँ–बायाँ २०–२० मिटर खाली छाडेर मात्र संरचना निर्माण गर्नुपर्ने भनी सर्वोच्च अदालतले २०८० पुस २० गते फैसला गरेको थियो। तर उक्त फैसला कार्यान्वयन गर्न नसकिने भन्दै सरकारका तर्फबाट तत्कालीन कानुन सचिव फडिन्द्र गौतमले पुनरावलोकनको निवेदन दायर गरेका हुन्।
सरकारले काठमाडौँ उपत्यकामा खोला किनारामा २० मिटर मापदण्ड कायम गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दा विभिन्न जटिलता उत्पन्न हुने दाबी गरेको छ। सरकारका अनुसार उपत्यकामा रहेका १९ वटा खोलाको दायाँ–बायाँ ८ हजार ३०४ घरटहरा पर्ने र करिब ४२ हजार नागरिक विस्थापित हुने अवस्था आउनेछ।
सर्वोच्चको फैसला कार्यान्वयन गर्दा ती घरहरू क्षतिपूर्ति दिएर भत्काउनुपर्ने भए पनि त्यसका लागि आवश्यक पर्ने ठूलो रकम सरकारले व्यहोर्न नसक्ने सरकारको तर्क छ। साथै, यस्तो निर्णय सामाजिक रूपमा पनि अस्वीकार्य हुने सरकारको जिकिर छ।
सरकारले निवेदनमा संवैधानिक, कानुनी तथा व्यावहारिक समस्या सिर्जना हुने तथ्यसमेत उल्लेख गरेको छ। संवैधानिक सीमाभित्र रही नागरिकको हित र मुलुकको विकासलाई ध्यानमा राख्दै स्रोत र साधनको समुचित व्यवस्थापनसहित क्रमश: कार्यान्वयन गर्नुपर्ने सरकारको तर्क छ।
फैसला कार्यान्वयन गर्दा कति घर तथा जग्गा अधिग्रहण गर्नुपर्ने, त्यसका लागि कति क्षतिपूर्ति आवश्यक पर्छ भन्ने विषयसमेत यकिन नगरी निर्णय कार्यान्वयन गर्नु व्यावहारिक नहुने सरकारको भनाइ छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १३ गते, २०८३ - १७:०७
काठमाडौं। संघीय सरकार र काठमाडौं महानगरपालिका ले सुकुमबासी बस्ती हटाउन थालेपछि प्रभावित तथा अन्य व्यक्तिहरू दशरथ रंगशालामा नाम दर्ता गराउन पुगेका छन्।...
बैशाख १३ गते, २०८३ - १६:५१
काठमाडौँ। सरकारले मुलुकको समग्र शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्...
बैशाख १३ गते, २०८३ - १६:४३
नवलपरासी। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा व्यावसायिक केराखेती गर्दै आएका किसानले उत्पादनअनुसार उचित मूल्य नपाएको गुनासो गरेका छन् । बजारमा उपभोक्...
बैशाख १३ गते, २०८३ - १६:१८
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुल...
बैशाख १३ गते, २०८३ - १६:०८
भोजपुर। भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आए...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:५०
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप...
बैशाख १३ गते, २०८३ - १५:४२
सर्लाही। मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ अन्तर्गत सर्लाहीको चुरेभेगस्थित बाहुनी–परवानीपुर–घारिबथान सडक कालोपत्रे भएको छ । चुरेपा...
बैशाख १३ गते, २०८३ - १५:१७
अर्थपूर्ण संवाद गर्न मानवअधिकार एलायन्सको आग्रह


प्रतिकृया लेख्नुहोस्: