रसुवा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले पार्टीको विशेष महाधिवेशनको स्वागत गर्दै त्यसको पक्षमा औपचारिक समर्थन जनाएको छ । जिल्ला सभापति पेम्बा छिरिङ तामाङले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन पार्टी जीवनका लागि अपरिहार्य रहेको उल्लेख गर्दै सबै तहका नेता–कार्यकर्तालाई सहभागिताका लागि आह्वान गरेका छन् ।
जारी विज्ञप्तिमा विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई थप एकताबद्ध बनाउँदै नयाँ ऊर्जा र स्पष्ट दिशाबोध प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । पार्टीभित्र देखिएको अन्योल, मतभेद र संगठनात्मक जडता अन्त्य गर्न विशेष महाधिवेशन महत्वपूर्ण अवसर भएको जिल्ला कार्यसमितिको ठहर छ ।
सभापति तामाङले महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यदेखि आम कांग्रेसजनसम्मलाई विशेष महाधिवेशनमा उपस्थित भई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ,
‘जनताको आवाज र वर्तमानको आवश्यकतालाई मध्यनजर गर्दै अझ बढी एकताबद्ध, तर नवीन ऊर्जासहितको नेपाली कांग्रेस निर्माण गर्नु नै यो कार्यक्रमको लक्ष्य हो । त्यसैले महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि तथा नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण कांग्रेसजनहरूलाई विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई यसलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपील गर्दछु ।’
जिल्ला कार्यसमिति रसुवाले विशेष महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको पनि विज्ञप्तिमा उल्लेख छ । समयमै महाधिवेशन सम्पन्न हुँदा पार्टीको सांगठनिक सुदृढीकरण, नीति–दिशा स्पष्टता र नेतृत्वप्रतिको विश्वास पुनःस्थापित हुने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् । सो महाधिवेशनलाई लिएर देशभर कांग्रेसका जिल्ला कार्यसमितिहरूले समर्थन जनाउने क्रम बढ्दै गएको छ ।
यसअघि कास्की, काभ्रे, सिन्धुपाल्चोक, लमजुङलगायतका जिल्लाका कांग्रेस जिल्ला कार्यसमितिहरूले विशेष महाधिवेशनको पक्षमा औपचारिक समर्थन जनाइसकेका छन् । रसुवा कांग्रेसको समर्थनसँगै विशेष महाधिवेशनको पक्षमा पार्टीभित्र संस्थागत समर्थन विस्तार हुँदै गएको देखिएको छ ।
विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र बहस र गतिविधि तीव्र बन्दै गएको अवस्थामा रसुवा कांग्रेसको यो निर्णयलाई महाधिवेशन पक्षधर समूहका लागि थप बलका रूपमा हेरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १९:२७
काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...
पौष २४ गते, २०८२ - १९:२१
विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक
पौष २४ गते, २०८२ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...
पौष २४ गते, २०८२ - १९:०४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...
पौष २४ गते, २०८२ - १८:११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...
पौष २४ गते, २०८२ - १८:०८
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...
पौष २४ गते, २०८२ - १८:०६
जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान
पौष २४ गते, २०८२ - १७:५५
सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी
पौष २४ गते, २०८२ - १७:५३
ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...
पौष २४ गते, २०८२ - १७:४९
काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक




प्रतिकृया लेख्नुहोस्: