काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । बसभित्र भीडभाडको मौका छोपी यात्रुको साथमा रहेको ठूलो रकम र गरगहना चोरी गर्ने उनीहरूको गतिविधि खुलेको हो ।
प्रहरीका अनुसार पुस २३ गते काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित गोल्डेनगेट अगाडिबाट बसमा चढेर मित्रपार्कतर्फ जाँदै गरेका एक युवकको साथमा रहेको २ लाख ७५ हजार रुपैयाँ नगद चोरी भएको थियो । घटनापछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।
त्यसैगरी पुस २४ गते सिनामंगलबाट बसमा यात्रा गर्ने क्रममा एक महिलाको सुनको सिक्री हराएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनाको गहिरो अनुसन्धान थालेको थियो । दुवै घटनाको शैली मिल्दोजुल्दो देखिएपछि प्रहरीले संगठित चोरी समूह सक्रिय रहेको आशंका गरेको थियो ।
अनुसन्धान तथा खोजतलासका क्रममा प्रहरीले पुस २२ गते काठमाडौं महानगरपालिका–८ तिलगंगाबाट चोरी कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका व्यक्तिहरू बसमा चढ्ने, झर्ने क्रममा भीडको फाइदा उठाएर यात्रुको खल्ती र घाँटीमा लगाएको गरगहना लक्षित गर्दै चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पक्राउ पर्नेमा काठमाडौं दक्षिणकाली नगरपालिका–२ निवासी ३७ वर्षीय सरोज खड्का, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–७ घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ४२ वर्षीय विकास लामा, तनहुँ म्याग्दे गाउँपालिका–५ घर भई हाल काठमाडौंको टोखा बस्ने ३३ वर्षीय राजु गुरुङ, ललितपुर महानगरपालिका–७ निवासी ३३ वर्षीय सुवास मगर रहेका छन् ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई हाल थप अनुसन्धान भइरहेको जनाएको छ । चोरीमा प्रयोग गरिएका अन्य विधि, सम्भावित थप संलग्न व्यक्ति र यसअघि भएका यस्तै प्रकृतिका घटनासँगको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीले सार्वजनिक सवारी साधन प्रयोग गर्दा यात्रुहरूलाई नगद, गरगहना र मोबाइल जस्ता मूल्यवान सामग्रीप्रति विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । भीडभाडमा यात्रा गर्दा झोला अगाडि राख्ने, अनावश्यक रूपमा धेरै नगद नबोक्ने र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८२ - १९:२७
काठमाडौं। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले पार्टीको दोस्रो विशेष महाधिवेशनको स्वागत गरेको छ। जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व भूमिका बल...
पौष २४ गते, २०८२ - १९:२१
विशेष महाधिवेशन चुनावअघि अनिवार्य, प्रक्रियाबाट भाग्नु पार्टीका लागि घातक
पौष २४ गते, २०८२ - १९:१३
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन औपचारिक ...
पौष २४ गते, २०८२ - १९:०४
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । बिहीबार बिहान ११ बजे पूर्वप्रधानमन्त्रीसमेत रहे...
पौष २४ गते, २०८२ - १८:११
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पार्टीका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेका छन् । ...
पौष २४ गते, २०८२ - १८:०८
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूलाई लक्षित गरी नगद तथा सुनको सिक्री चोरी गर्ने गिरोहका चार जनालाई काठमाडौं प्रहरीले पक्राउ गरे...
पौष २४ गते, २०८२ - १८:०६
जिल्ला कार्यसमितिद्वारा स्वागत, उपस्थित हुन औपचारिक आह्वान
पौष २४ गते, २०८२ - १७:५५
सुदूरपश्चिममा अझै ३५२ कैदीबन्दी फरार, खोजी अभियान जारी
पौष २४ गते, २०८२ - १७:५३
ताप्लेजुङ । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मग...
पौष २४ गते, २०८२ - १७:४९
काठमाडौंका ठमेल, नक्साल, सुन्धारा र एयरपोर्ट क्षेत्रका होटेलमा १५ सय कोठा बुक




प्रतिकृया लेख्नुहोस्: