Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

पोखरा–३३ मा फोहोर प्रशोधन केन्द्र विवाद उग्र, वडाध्यक्ष पक्राउपछि स्थिति तनावग्रस्त

खबरडबली संवाददाता

पोखरा। पोखरा महानगरपालिका–३३ मा फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढेसँगै स्थानीयवासीको विरोध चर्किँदा क्षेत्र तनावग्रस्त बनेको छ। समन्वय र सहमतिबिनै निर्माण प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै स्थानीयले प्रदर्शन थालेपछि स्थिति नियन्त्रण बाहिर जान पुगेको हो।

पोखरा महानगरपालिकाले झाँक्रीबगर क्षेत्रमा फोहोर प्रशोधन केन्द्र निर्माणका लागि निजी कम्पनी टेरासोल्भ रिन्युएबल प्रालि छनोट गरी सार्वजनिक–निजी साझेदारी कार्यक्रमअन्तर्गत गत मंसिर २ गते सम्झौता गरेपछि विवाद चुलिएको हो। स्थानीयका अनुसार प्रभावित क्षेत्रका बासिन्दाको सहमति नलिई प्रक्रिया अघि बढाइएको छ।

निर्माण स्थलसँग जोडिएको ९६ रोपनी जग्गा विवाद अझै समाधान हुन सकेको छैन। महानगरले रोक्का राखेको उक्त जग्गाको मूल्यांकन, वातावरणीय असर र धार्मिक तथा जलस्रोतमा पर्न सक्ने प्रभावबारे स्थानीयले गम्भीर आपत्ति जनाउँदै आएका छन्।

शुक्रबार स्थानीयले वडा कार्यालयमा तालाबन्दी, टायर बालेर नाराबाजी र तोडफोड गरेपछि स्थिति थप तनावग्रस्त बन्यो। प्रदर्शनकै क्रममा वडाध्यक्ष रामचन्द्र अधिकारीको गाडी तोडफोड भएपछि उनी खुकुरी बोकेर बाहिर निस्किएको आरोप लागेपछि अवस्था झन् उग्र बनेको थियो। घटनापछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

स्थिति नियन्त्रणमा लिन पोखरामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। स्थानीयले सहमति बिना फोहोर प्रशोधन केन्द्र निर्माण हुन नदिने चेतावनी दिँदै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको ध्यानाकर्षण गराएका छन्।

स्थानीयका अनुसार प्रस्तावित स्थल खेतीयोग्य जमिन, धार्मिक मठमन्दिर र पानीको स्रोत नजिक रहेको छ भने सेती नदीमा समेत प्रदूषणको जोखिम हुन सक्छ। यसअघि पनि जग्गा रोक्का, बैना वितरण र मूल्यांकनमा चलखेल भएको आरोप लाग्दै आएको छ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले असमझदारीका कारण समस्या देखिएको भन्दै संवादबाट समाधान खोजिने बताएका छन्। “पोखराको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि प्रशोधन केन्द्र आवश्यक छ। बलजफ्ती होइन, सहमतिमै अघि बढ्छौँ,” मेयर आचार्यले भने।

सम्झौता अनुसार २६ महिनाभित्र निर्माण सम्पन्न गरी २१ वर्षसम्म निजी कम्पनीले सञ्चालन गर्ने र त्यसपछि महानगरलाई हस्तान्तरण गर्ने व्यवस्था छ। तर जग्गा व्यवस्थापन र स्थानीय विरोध कायमै रहेकाले पोखराको फोहोर व्यवस्थापन झन् जटिल बन्दै गएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाद्वारा अमेरिकासम्म पुग्ने मिसाइलको तयारी तीव्र

काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...

रवि लामिछानेको मुद्दा पूर्ण इजलासमा पठाउन आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...

महेश बस्नेतको मोबाइल स्वीच अफ, पक्राउको चर्चा अस्वीकार

काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...

मन्त्रीहरू पुल्चोक क्वाटरमा सर्ने तयारीपछि न्यायाधीशहरू नैतिक संकटमा

काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...

संगठन हटाउने योजनाप्रति विद्यार्थी नेताहरूको आपत्ति

काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...

भित्र छिर्न नदिएको आक्रोशमा एमाले कार्यकर्ताले कुटे गेटपाले

काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...

कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...

इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending