बझाङ । विशेष अदालतले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा अदालतले उनीहरूलाई कैद र जरिवानाको सजाय सुनाएको हो।
न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच राय बाझिएपछि आइतबार विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेश भएको थियो।
सिंहले दिएको दोषी ठहरको रायमा न्यायाधीश श्रेष्ठले समर्थन गरेसँगै खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष भिम बहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार रावल, इन्जिनियर सुरेन्द्र बहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा मगर तथा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकाया दोषी ठहर भएका हुन्।
अदालतले दोषी ठहर भएका सबैलाई जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम गाउँपालिका अध्यक्षसहित ५ जनालाई र सोही ऐनको दफा २२ बमोजिम मतियारको रूपमा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकायालाई समान सजाय सुनाइएको हो।
बहसका क्रममा प्रतिवादीहरूले कागजात “भुलवश” तयार भएको र पछि सच्याइएकाले भ्रष्टाचारको नियत नरहेको दाबी गरेका थिए। तर, विशेष अदालतले योजना नै नभएको स्थानमा सम्झौता गर्ने, अनुगमन प्रतिवेदन बनाउने र चेक काट्नेसम्मको कार्यलाई भुलवश भन्न नसकिने ठहर गरेको छ।
फैसलामा अदालतले भनेको छ, “विभिन्न तहगत प्रक्रियाबाट योजना नै नभएको ठाउँमा सम्झौता, अनुगमन र भुक्तानी प्रक्रिया अघि बढाइनु भुलवश भएको मान्न मिल्दैन। बहु व्यक्तिहरूको संलग्नतामा भएको यस्तो कार्य योजनाबद्ध देखिन्छ।”
यस मुद्दामा अर्का प्रतिवादी मदनराज जोशी भने सफाइ पाएका छन्।
जिल्ला बझाङ, खप्तडछान्ना गाउँपालिका वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणको काम आर्थिक वर्ष २०७६/०७७ मै सम्पन्न भइसकेको थियो। तर सोही कार्यलाई आर्थिक वर्ष २०७७/०७८ को नयाँ योजना भन्दै नक्कली उपभोक्ता समिति गठन, लागत अनुमान, सम्झौता तथा कार्य सम्पन्न प्रतिवेदनसमेतका झुटा कागजात तयार गरिएको थियो।
ती कागजातका आधारमा १४ लाख ८ हजार ८१७ रुपैयाँ भुक्तानीका लागि चेकसमेत जारी गरिएको थियो। तर अनियमितताको विषय बाहिर आएपछि भुक्तानी हुनु अघि नै बैंकलाई पत्राचार गरी चेक रद्द गरिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: