संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार हल व्यवस्थापनको काम करिब ९० प्रतिशत पूरा भइसकेको छ। बाँकी तयारी पनि आगामी माघ ४ गतेअघि नै सम्पन्न हुने उनले बताए। ‘राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भौतिक संरचना र प्राविधिक तयारी अन्तिम चरणमा छ,’ प्रवक्ता गिरीले भने।
सरकारले आगामी माघ ४ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने निर्णय यसअघि नै गरिसकेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो। संविधानअनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।
जेनजी आन्दोलनपछिको अस्थिर राजनीतिक परिस्थितिमा राष्ट्रिय सभाको बैठक बस्न लागेको यो पहिलो अवसर हो। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन गरिएको थियो भने अन्तरिम सरकारको सिफारिसमा गत भदौ ३१ गते राष्ट्रपतिले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी थिइन्।
संसद् सचिवालयका अनुसार यसपटकको अधिवेशनमा छलफलका लागि महत्वपूर्ण कार्यसूचीहरू तय छन्। विभिन्न विधेयक, सरकारले ल्याएका अध्यादेश, संसदीय समितिहरूका अध्ययन प्रतिवेदन तथा वार्षिक प्रतिवेदनहरू सभामा पेश हुनेछन्।
अधिवेशन सुरु भएपछि सांसदहरूले संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्ताव र जरुरी सार्वजनिक महत्वका प्रस्तावहरू दर्ता गर्न सक्नेछन्। साथै राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था पनि रहनेछ।
संसद् भवन जलेपछि उत्पन्न भौतिक चुनौतीका बीच सिंहदरबारबाटै राष्ट्रिय सभा सञ्चालन गर्ने तयारीलाई संसदीय अभ्यास निरन्तर राख्ने प्रयासका रूपमा हेरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २८ गते, २०८२ - १९:३६
‘विशेष महाधिवेशनको प्रस्ताव र आन्तरिक विवादको समाधान खोज्ने कदम’
पौष २८ गते, २०८२ - १९:३५
‘मेरो गोरुको बाह्रै टक्का जस्तो पार्टीलाई सुरक्षित राखौं’
पौष २८ गते, २०८२ - १९:१६
देउवा पक्ष भन्छ– ‘विशेष महाधिवेशन वैधानिक छैन, नयाँ नेतृत्व चयन असंवैधानिक’
पौष २८ गते, २०८२ - १९:०२
पोखरा । पोखराको फोहोरमैला व्यवस्थापनलाई लिएर पोखरा–३३ मा विवाद उग्र भएको छ। स्थानीयबासीले महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माण तथा निजी कम्पनी...
पौष २८ गते, २०८२ - १८:५७
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन दुई दिन थप लम्बिने भएको छ। मंगलबारसम्म चल्ने तय भएको महाधिवेशनमा दुई महामन्त्री गगनकुमार थापा र वि...
पौष २८ गते, २०८२ - १८:४९
काभ्रेमा निर्माणाधीन सीडीओ कार्यालयभित्र जलेको अवस्थामा पुरुषको शव फेला
पौष २८ गते, २०८२ - १८:४६
काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनको बीचमा पार्टी एकता र नेतृत्वको विषयमा जारी असमझदारीको बीचमा सभापति शेरबहादुर देउवा महामन्त्रीद्वय गगनकुमा...
पौष २८ गते, २०८२ - १८:३२
काठमाडौँ। इरानमा दुई हप्ताभन्दा बढी समयदेखि जारी सरकारविरोधी आन्दोलनले देशलाई पूर्ण रूपमा तनावग्रस्त बनाएको छ। प्रारम्भमा महँगी र आर्थिक असमानताको विर...
पौष २८ गते, २०८२ - १६:३४
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेसनल लिग २०८२ माघ ३० गते बुधबारदेखि सुरु हुँदैछ। यस लिगमा ए डिभिजनका १३ टोली र एन्फा प्रेसिडेन्ट लि...
पौष २८ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली दर्शकको मन जित्दै आएको लोकप्रिय हास्य सिरियल ‘गाह्रो छ हो’ को भाग ९ मा नयाँ ट्विस्ट आएको छ। यस भागमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रिल...




प्रतिकृया लेख्नुहोस्: