Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

संसद भंग गरेर संविधानलाई जबरजस्ती लिकबाहिर पुर्‍याइयो, विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्छः सभामुख घिमिरे

खबरडबली संवाददाता

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनले अदालतको फैसलाबाट प्रतिनिधि सभा पुनःस्थापना हुन सक्ने संकेत दिएका हुन् ।

मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद विघटनको निर्णय संविधानको मर्म र भावनाविपरीत रहेको टिप्पणी गरे । उनले संसद भंग गरेर संविधानलाई जबरजस्ती निर्धारित लिक बाहिर पुर्‍याउने प्रयास गरिएको दोहो¥याउँदै यसले लोकतान्त्रिक अभ्यासमै गम्भीर प्रश्न उठाएको बताए ।

सभामुख घिमिरेले आफू संविधान र कानुनअनुसार फागुन ५ गतेसम्म सभामुखको हैसियतमा पदीय जिम्मेवारी निर्वाह गर्न बाध्य रहेको जिकिर गरे । ‘मेरो भूमिका संविधानले तोकेको सीमाभित्र रहेर पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले म हाल सोही दायित्वअनुसार अघि बढिरहेको छु।’

उनले अदालतमा विचाराधीन मुद्दाका कारण मुलुकको राजनीतिक भविष्य अनिश्चित बनेको उल्लेख गर्दै, सर्वोच्च अदालतको निर्णयले नै आगामी मार्गचित्र तय गर्ने स्पष्ट पारे । संसद पुनर्स्थापना भएमा राजनीतिक घटनाक्रमले अर्कै मोड लिन सक्ने संकेतसमेत उनको भनाइमा झल्किएको छ ।

आगामी निर्वाचनमा आफू सहभागी हुने वा नहुने विषयमा समेत सभामुख घिमिरेले हाल कुनै निष्कर्षमा पुग्न नसक्ने बताए । पदीय जिम्मेवारीकै कारण व्यक्तिगत राजनीतिक निर्णय गर्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।

‘म सभामुखको हैसियतमा रहेकाले अहिले चुनाव लड्ने वा नलड्ने विषयमा बोल्न मिल्दैन,’ उनले स्पष्ट पारे, ‘पहिला संवैधानिक दायित्व पूरा गर्नुपर्छ, त्यसपछि मात्रै अन्य निर्णयको कुरा आउँछ।’

सभामुख घिमिरेको यो अभिव्यक्तिलाई संसद विघटनविरुद्धको संवैधानिक बहस थप चर्किने संकेतका रूपमा हेरिएको छ भने सर्वोच्च अदालतको आगामी फैसलाप्रति राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माघी पर्वको अवसरमा सुदूरपश्चिममा बुधबार सार्वजनिक बिदा, थारु समुदायको ‘जिता पर्व’लाई औपचारिक मान्यता

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको प्रमुख सांस्कृतिक पर्व माघी (माघ) को अवसरमा बुधबार पुस ३० गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरे...

संसद भंग गरेर संविधानलाई जबरजस्ती लिकबाहिर पुर्‍याइयो, विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्छः सभामुख घिमिरे

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा...

चुप लागेर बस्ने अवस्था छैन, आगामी निर्वाचन हाम्रो पार्टीका लागि अग्निपरीक्षा हाेः माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले आगामी निर्वाचन आफ्नो पार्टीका लागि निर्णायक र अग्निपरीक्षा हुने बताएका छन् । उनले निर्वाचन...

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारी दर्ताको समय साँझ साढे ७ बजेसम्म, समय थप नहुने स्पष्ट

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको समय आज साँझ साढे ७ बजेसम्म कायम रहने भएको छ । विशेष महाधिवे...

शङ्कास्पद कारोबार प्रतिवेदन ३० प्रतिशतले बढ्यो, वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआइयू–नेपाल) ले आर्थिक वर्ष २०८१/८२ (सन् २०२4/२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको ...

भ्रष्टाचारमुक्त समाजको परिकल्पना बनाएरै छाड्छु’ : प्रचण्ड

नेकपाका केन्द्रीय सदस्यले लिए सपथ

प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्चमा रिट, सम्पूर्ण निर्वाचन कार्यक्रम स्थगनको माग

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ...

भारतमा ग्यास सिलिण्डर विष्फोट हुँदा ९ जना नेपालीकाे मृत्यु

काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भए...

राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित नेताहरू नेकपा प्रवेश गर्दै

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष सुमन सायमिसहित केही शीर्ष नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित हुने भएका छन् । बुधब...

चीनबाट तस्करी हुँदै आएको २ करोड २४ लाखको भेप बरामद, चालक पक्राउ

मुस्ताङ । चीनबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको २ करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको विद्युतीय चुरोट (भेप) सशस्त्र प्रहरीले बरामद गरेको छ । घटन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending