काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको सम्भावना अझै जीवित रहेको बताएका छन् । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला उनले अदालतको फैसलाबाट प्रतिनिधि सभा पुनःस्थापना हुन सक्ने संकेत दिएका हुन् ।
मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद विघटनको निर्णय संविधानको मर्म र भावनाविपरीत रहेको टिप्पणी गरे । उनले संसद भंग गरेर संविधानलाई जबरजस्ती निर्धारित लिक बाहिर पुर्याउने प्रयास गरिएको दोहो¥याउँदै यसले लोकतान्त्रिक अभ्यासमै गम्भीर प्रश्न उठाएको बताए ।
सभामुख घिमिरेले आफू संविधान र कानुनअनुसार फागुन ५ गतेसम्म सभामुखको हैसियतमा पदीय जिम्मेवारी निर्वाह गर्न बाध्य रहेको जिकिर गरे । ‘मेरो भूमिका संविधानले तोकेको सीमाभित्र रहेर पूरा गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसैले म हाल सोही दायित्वअनुसार अघि बढिरहेको छु।’
उनले अदालतमा विचाराधीन मुद्दाका कारण मुलुकको राजनीतिक भविष्य अनिश्चित बनेको उल्लेख गर्दै, सर्वोच्च अदालतको निर्णयले नै आगामी मार्गचित्र तय गर्ने स्पष्ट पारे । संसद पुनर्स्थापना भएमा राजनीतिक घटनाक्रमले अर्कै मोड लिन सक्ने संकेतसमेत उनको भनाइमा झल्किएको छ ।
आगामी निर्वाचनमा आफू सहभागी हुने वा नहुने विषयमा समेत सभामुख घिमिरेले हाल कुनै निष्कर्षमा पुग्न नसक्ने बताए । पदीय जिम्मेवारीकै कारण व्यक्तिगत राजनीतिक निर्णय गर्न नसक्ने अवस्था रहेको उनको भनाइ थियो ।
‘म सभामुखको हैसियतमा रहेकाले अहिले चुनाव लड्ने वा नलड्ने विषयमा बोल्न मिल्दैन,’ उनले स्पष्ट पारे, ‘पहिला संवैधानिक दायित्व पूरा गर्नुपर्छ, त्यसपछि मात्रै अन्य निर्णयको कुरा आउँछ।’
सभामुख घिमिरेको यो अभिव्यक्तिलाई संसद विघटनविरुद्धको संवैधानिक बहस थप चर्किने संकेतका रूपमा हेरिएको छ भने सर्वोच्च अदालतको आगामी फैसलाप्रति राजनीतिक वृत्तको ध्यान केन्द्रित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १५ गते, २०८२ - २०:४५
काठमाडौं। उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिन...
चैत्र १५ गते, २०८२ - २०:४२
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद...
चैत्र १५ गते, २०८२ - २०:३६
काठमाडौं । महेश बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउ गर्न खोजेको तथा उनी मोबाइल स्वीच अफ गरेर भूमिगत भएको चर्चा सामाजिक सञ्जालमा फैलिएको छ। तर, प्रह...
चैत्र १५ गते, २०८२ - २०:१५
काठमाडौं । सरकारले नवनियुक्त मन्त्रीहरूलाई ललितपुरको पुल्चोकस्थित सरकारी क्वाटरमा व्यवस्थापन गर्ने तयारी थालेपछि त्यहाँ बसोबास गरिरहेका केही न्यायाधीश...
चैत्र १५ गते, २०८२ - २०:११
काठमाडौं । बालेन साह नेतृत्वको सरकारले विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने योजना सार्वजनिक गरेपछि विद्यार्थी नेताहरूले आपत्ति ज...
चैत्र १५ गते, २०८२ - २०:०७
काठमाडौँ । नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त...
चैत्र १५ गते, २०८२ - १९:५५
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङ...
चैत्र १५ गते, २०८२ - १९:५२
काठमाडौँ । बबरमहलस्थित सरकारी कार्यालय परिसरमा प्रहरीसँगको झडपका क्रममा भएको भागदौडपछि भित्र छिर्न खोज्ने एमाले कार्यकर्ताको आक्रमणबाट एक गेटपाले घाइत...
चैत्र १५ गते, २०८२ - १९:४३
काठमाडौं । कांग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार बिहान सम्पत्ति शुद्धीकरण विभागको पत्रका ...
चैत्र १५ गते, २०८२ - १९:३९
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न निर्देशन दिएको छ । विद्यालय तहका विभिन्न कक्षा ...



प्रतिकृया लेख्नुहोस्: