Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

खबरडबली संवाददाता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार्तापछि सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

नेपाल सरकारका तर्फबाट वार्ता समितिका संयोजक तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र महाअभियानका तर्फबाट अभियानका संयोजक दुर्गा प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

महाअभियानले गत कात्तिक २६ गते गृह मन्त्रालयमा २७ बुँदे मागपत्र दर्ता गराएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको छलफलमा प्रसाईं समूहका तर्फबाट माधवप्रसाद खतिवडाले मागपत्र बुझाएका थिए । त्यसयता विभिन्न चरणमा वार्ता भएपछि सहमतिमा पुगेको बताइएको छ ।

महाअभियानले बुझाएको मागपत्रमा संविधान खारेजदेखि राजसंस्था पुनर्स्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहा लगायतका विषय समेटिएका छन् ।

मागपत्रको पहिलो बुँदामा ‘नेपाल नेपालीले नै बनाउने र नेपालभित्रको व्यापार व्यवसाय नेपालीले नै गर्न पाउने वातावरण सिर्जना गरिनुपर्ने’ उल्लेख छ । त्यसैगरी संविधान खारेज गरी बौद्ध–किराँतसहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य स्थापना तथा संवैधानिक राजसंस्थाको पुनर्स्थापना गर्नुपर्ने माग गरिएको छ । यी विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने उल्लेख गरिएको छ ।

त्यस्तै हालको संघीय संरचना खारेज गरी पुरानै ५ विकास क्षेत्र, १४ अञ्चल र ७५ जिल्ला कायम गर्नुपर्ने माग राखिएको छ । बैंक तथा वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिममा परेको रकम छुट्याएर बैंक र व्यवसायीलाई अलग–अलग व्यवस्थापन गर्नुपर्ने प्रस्ताव पनि मागपत्रमा समेटिएको छ ।

सम्झौतामा २७ बुँदे मागका विषयमा चरणबद्ध छलफल, अध्ययन र आवश्यक कानुनी प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ । यद्यपि सम्झौतामा सबै माग तत्काल कार्यान्वयन हुने वा नहुने विषयमा स्पष्ट विवरण सार्वजनिक गरिएको छैन ।

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच भएको यो सम्झौतापछि केही समयदेखि जारी आन्दोलन र दबाबका कार्यक्रम स्थगित हुने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...

अब कांग्रेसमा गठबन्धन, गुट र भागबन्डाको राजनीति हुँदैनः गगन थापा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिँदै आएको गुटगत राजनीति अन्त्य गरेर एकताबद्ध कांग्रेस निर्माणमा लाग्ने स्पष्ट संकेत...

आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं: पूर्णबहादुर खड्का

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि देउवा पक्षले त्यसलाई अस्वीकार गरेको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्क...

आयोगले नियम-कानून र विधिको धज्जी उँडायाेः प्रकाशशरण महत

काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेस कार्यसमितिलाई मान्यता दिएपछि देउवा पक्ष आक्रोशित बनेको छ । साबिक कांग्रेसका प्रवक्ता डा. प्रकाश...

कालीकोटमा जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । कालिकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सेरी पान्तडी सडक खण्डअन्तर्गत शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे ...

निर्वाचन आयोगले देउवा पक्षलाई नयाँ दल दर्ताको अवसर दिने

काठमाडौं । निर्वाचन आयोगले शेरबहादुर देउवा पक्षले गगन थापा नेतृत्वको नेपाली कांग्रेसमा बस्न नचाहेमा नयाँ दल दर्ता गर्ने अवसर उपलब्ध गराउने भएको छ । ...

२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईं समूहबीच सम्झौता

काठमाडौँ । सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपालबीच २७ बुँदे मागका विषयमा सहमति भएको छ । दुवै पक्षबीच भएको वार...

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दियो

काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक दलको मान्यता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले विशेष महाधिवेशनबाट ...

गगन थापाको विधान क्रान्ति : नेतृत्वदेखि उम्मेदवारसम्म प्रत्यक्ष चुनाव

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी संरचनामा व्यापक सुधार गर्ने उद्देश्यसहित विद्यमान विधानमा महत्वपूर्ण संशोधन गर्ने तयारी गरेको छ...

कांग्रेस विवाद थप पेचिलो, निर्वाचन आयोगको निर्णय कुर्दै गगन समूह सडकमै

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद अझै समाधान नहुँदा महामन्त्री गगन थापा नेतृत्वको समूह निर्वाचन आयोगको निर्णय कुर्दै ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending