Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

विश्वप्रकाश शर्माको सन्देश : छुटेका सबैलाई जोडेर नयाँ कांग्रेस बनाउँछौँ

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि जारी भिडियो सन्देशमार्फत उनले विशेष महाधिवेशनमा सहभागी नभएका नेता–कार्यकर्तालाई समेत समावेश गर्दै अघि बढ्ने बताएका हुन् ।

शर्माले अब नेपाली कांग्रेस पुरानै ढर्रामा होइन, नयाँ सोच र नवीन कार्यशैलीका साथ अगाडि बढ्ने उल्लेख गरे । उनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ बाट उठेका आवाजलाई आत्मसात् गर्दै पार्टीलाई समयअनुकूल रूपान्तरण गर्ने बताए । कांग्रेसले अघि सारेको उदारवादी अर्थतन्त्रको मार्गलाई अझ स्पष्ट र व्यवहारिक बनाउँदै जनतासँग जोडिने उनको भनाइ थियो ।

उनका अनुसार अब कांग्रेस केवल संगठन विस्तारमा सीमित नरही विचार, नीति र व्यवहारमा समेत परिवर्तनको दिशामा अघि बढ्नेछ । “छुटेका, असन्तुष्ट र फरक मत राख्ने सबैलाई जोडेर पार्टीलाई साझा घर बनाउने हाम्रो प्रयास हुनेछ,” शर्माको सन्देशको सार थियो ।

यता, शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई एकपटक पनि नबोलाई गरिएको निर्णय अस्वीकार्य भएको प्रतिक्रिया दिएका छन् । उनले निर्वाचन आयोगको निर्णयलाई षड्यन्त्रपूर्ण भएको आरोप लगाउँदै संस्थापन पक्ष कानुनी र राजनीतिक दुवै मोर्चाबाट संघर्ष गर्ने चेतावनी दिएका छन् ।

कांग्रेसभित्र आधिकारिकता टुंगिएसँगै एकातर्फ नयाँ नेतृत्व समेट्ने सन्देशमा देखिएको छ भने अर्कातर्फ असन्तुष्ट पक्षले प्रतिवादको बाटो रोज्ने संकेत देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभर उच्च सुरक्षा सतर्कता, बिदा रोक्ने सर्कुलर जारी

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...

काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...

गौरीबहादुर कार्कीको घरमा बाक्लो सुरक्षा, सेनाको ब्यारेकमा राख्नेबारे छलफल

काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...

२४ गतेको हिंसाका अगुवाहरूलाई पनि कारवाही हुनु पर्छः हर्क साम्पाङ

काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...

ओली र लेखक पक्राउविरुद्ध प्रतिवाद गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...

सरकारको निर्णयप्रति नेकपाको ध्यानाकर्षण, प्रधानमन्त्री साहलाई बधाई

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी ।  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...

हेटौँडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...

कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन- अपेक्षा धेरै छन्, जनताले अनुभूति गर्नेगरी काम गर्नुस्

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending