काठमाडौं । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुई वटा फर्म छनौट गरेको हो ।
आयोगका अनुसार, यसरी छनोट भएका व्यवसायीक फर्ममा साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेशनल लजिष्टिक प्रालि रहेका छन् । आयोगले हेलिकोप्टर सेवातर्फ पनि फर्म वा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको भए पनि कुनै पनि फर्मले दर्ता गराएका छैनन् ।
यस्तै, ट्रक तथा कन्टेनर सेवा उपलब्ध गराउनका लागि ११ वटा फर्म सूचीकरण भएका छन् । आयोगका अनुसार यसरी दर्ता भएका सेवा प्रदायकमा हिमालयन कार्गो लजिष्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यू भैरव ट्रान्सपोर्ट, अदिति ट्रान्सपोर्ट छन् ।
यस्तै, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स र एयर मनकामना कुरियर एण्ड कार्गो प्रालि सूचीकृत भएका छन् ।
आयोगले गत पुस १७ गतेको सार्वजनिक सूचनाका आधारमा प्राप्त भएका निवेदनलाई तोकिएको सर्त र वार्षिक औसत कारोबारको आधारमा मूल्याङ्कन गरी ती सेवाप्रदायक फर्मलाई सूचीकृत गरिएको जानकारी दिएको छ । ती सेवाप्रदायक संस्थालाई आयोगले निर्वाचन सामग्री आपूर्तिका लागि परिचालन गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८२ - १२:१६
काठमाडौं । १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको चरणतर्फ अघि बढेको छ । यस आयोजनाको लगानीको ढाँचामा अर्थ मन्त्रालय र राष्ट्रिय यो...
माघ ४ गते, २०८२ - १२:१३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र त्यसपछि निर्वाचन आयोगले दिएको आधिकारिकतासँगै शेरबहादुर देउवा झन् एक्लिँदै जान थालेका छन् । आफैंले कार्य...
माघ ४ गते, २०८२ - १२:१०
काठमाडौं । बाजुराको बडीमालिका नगरपालिका–९ गैरीबजारमा आफ्नै घरको छतबाट खस्दा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक...
माघ ४ गते, २०८२ - १२:०८
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट रञ्जित तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरे...
माघ ४ गते, २०८२ - १०:१९
झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्व...
माघ ४ गते, २०८२ - १०:१५
काठमाडौँ । नेपाली कांग्रेसबाट विभाजित बनेको देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइरालाको समूह अनुपस्थित हुने भएको छ । सानेपास्थित पार्टी कार्...
माघ ४ गते, २०८२ - १०:१३
काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई बेरोजगार युवायुवतीलाई क्यानडा पठाइदिने भन्दै ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्। रोजगारीका लागि क...
माघ ४ गते, २०८२ - १०:११
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठ...
माघ ४ गते, २०८२ - १०:१०
काठमाडौं । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगाम...
माघ ३ गते, २०८२ - २१:३५
काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका सबै धार र मतलाई समेटेर अघि बढ्ने स्पष्ट प्रतिबद्धता जनाएका छन्...




प्रतिकृया लेख्नुहोस्: