काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट रञ्जित तामाङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का पूर्व अध्यक्षसमेत रहेका तामाङ पछिल्लो समय पार्टीभित्र उदाउँदै गरेका युवा नेताका रूपमा चिनिँदै आएका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट चुनावी अनुमति प्राप्त गरेको भिडियो सार्वजनिक गर्दै तामाङले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन् । भिडियोमा उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पार्टी नेतृत्वबाट शुभकामनासहित अनुमति पाएको उल्लेख गर्दै झापा–५ का मतदातालाई चुनाव चिन्ह ‘तारा’ मा मतदान गर्न आग्रह गरेका छन् ।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्म
रञ्जित तामाङको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । अखिल (क्रान्तिकारी) को नेतृत्व सम्हाल्दा उनी संगठन विस्तार, आन्दोलन तथा वैचारिक प्रशिक्षणमा सक्रिय देखिएका थिए । विद्यार्थी राजनीतिमा रहँदा तामाङले शैक्षिक सुधार, समान पहुँच र राज्य संरचनामा युवाको भूमिकालाई प्राथमिक मुद्दा बनाउँदै आएका थिए ।
नेकपाको रणनीतिक उम्मेदवार
झापा–५ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्रका रूपमा चिनिन्छ । यस क्षेत्रबाट ओली पुनः उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला नेकपाले तामाङलाई मैदानमा उतार्नु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । विश्लेषकहरूका अनुसार तामाङको उम्मेदवारीले युवामाझ सन्देश दिने र वैकल्पिक राजनीतिक धार प्रस्तुत गर्ने नेकपाको रणनीतिलाई संकेत गर्छ ।
के भन्छन् तामाङ ?
उम्मेदवारी घोषणा गर्दै तामाङले झापा–५ लाई परिवर्तन र वैकल्पिक राजनीतिको केन्द्र बनाउने दाबी गरेका छन् । उनले जनजीविका, रोजगारी, सुशासन र युवाको भविष्य आफ्नो प्रमुख एजेन्डा हुने बताएका छन् । “झापा–५ मा परम्परागत राजनीतिभन्दा फरक, जनताको पक्षमा बोल्ने र लड्ने प्रतिनिधित्व आवश्यक छ,” तामाङको भनाइ छ ।
आगामी निर्वाचनमा सशक्त प्रतिस्पर्धा हुने अनुमान गरिएको झापा–५ मा रञ्जित तामाङको उम्मेदवारीले राजनीतिक समीकरण कति परिवर्तन गर्छ, त्यो भने मत परिणामले नै स्पष्ट गर्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १४ गते, २०८२ - २०:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरेपछि देशभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रधान ...
चैत्र १४ गते, २०८२ - २०:३०
काठमाडौं। काठमाडौंको ढुङ्गेअड्डामा बसको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ। चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डास्थित सडकमा लु प्र ०१–००१ ख...
चैत्र १४ गते, २०८२ - २०:२४
काठमाडौं । सुरक्षा जोखिम हेरेर सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा रा...
चैत्र १४ गते, २०८२ - २०:१९
काठमाडौं । राजनीतिक विश्लेषक हर्क साम्पाङले २४ फागुनमा सिंहदरबार, सर्वोच्च न्यायालय र संसद भवनमा भएको आगजनीका घटनाका लागि मात्र व्यक्तिगत नेताहरूमा का...
चैत्र १४ गते, २०८२ - १९:४०
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेपाल विद्यार्थी संघ (नेव...
चैत्र १४ गते, २०८२ - १९:३६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) साहलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ। फागुन २१ गते सम्पन...
चैत्र १४ गते, २०८२ - १९:३३
सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको...
चैत्र १४ गते, २०८२ - १९:१९
म्याग्दी । ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ म...
चैत्र १४ गते, २०८२ - १९:१७
हेटाैँडा । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लिङ्कर उत्पादन सुरु गरेको छ । गत भदौ २४ गतेदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले क्लि...
चैत्र १४ गते, २०८२ - १९:११
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । शनिबार...



प्रतिकृया लेख्नुहोस्: